arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा सडक निर्माण धमाधम text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २२, विहीवार)


वीरेन्द्र केसी कान्तिपुर

सन्धिखर्क, अर्घाखाँची । तराई, पहाड हुँदै हिमाल जोड्ने सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माणको कामले तीव्रता पाएको छ । झन्डै दशकअघि सुरु सडकको ट्रयाक चार वर्ष अघि नै खुलेको थियो । तर, डबल कटिङ र पिच गर्न अझै केही वर्ष लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ । कपिलवस्तुको सालझन्डीबाट सुरु सडक पाल्पा, अर्घाखाँची गुल्मी हुँदै ढोरपाटन शिखर आरक्षसम्म पुगेर टुङ्गिन्छ । सडक निर्माणपछि लुम्बिनी आउने पर्यटकलाई पहाडी जिल्ला हुँदै सिकार खेल्न र घुम्नका लागि ढोरपाटनसम्म पुग्न सहज हुने स्थानीयको विश्वास छ । 

तराईबाटै ढोरपाटनसम्म एकै दिन पुगिन्छ । कुल एक सय ९० किमि रहेको सडकको एक सय ४० किमि डबल कटिङ गर्ने काम सम्पन्न भएको सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक डिभिजन कार्यालय प्रमुख होमबहादुर एसीले बताए । अब ५० किमि सडक खन्न बाँकी छ । २१ किमि पिच भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा २०६५ मा सालझन्डीबाट सुरु भएको सडक निर्माणका लागि अहिलेसम्म ७९ करोड ४५ लाख ६ हजार रुपैयाँ खर्च भएको छ । यो आर्थिक वर्ष २२ करोड रुपैयाँ विनियोजन भएर काम भइरहेको उनले बताए । लुम्बिनी आएका पर्यटकलाई पहाडी जिल्ला हुँदै ढोरपाटन पुर्‍याउने र त्यसपछि पोखरासम्म लैजाने मुख्य लक्ष्य राखी सडक निर्माण गरिएको हो । सडक निर्माणपछि सन्धिखर्कबाट बुटवल जाने समय आधा घट्छ । 

तराई, पहाड र हिमाल एकै दिन पुग्ने सडक रुपन्देहीमा ५, पाल्पामा १७, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बाग्लुङमा ५८ किमि छ । अहिले सालझन्डीबाट पिच सुरु भएको छ । अर्घाखाँचीको बेलाहादेखि फुदवाङसम्म ९ किमि ग्राभेल, हंसपुरको रतनमारेदेखि गुल्मीको पुर्काेदहसम्म १२ किमि ग्राभेल सम्पन्न भइसकेको र अहिले बागलुङको बुर्तीवाङदेखि ढोरपाटनसम्म डबल कटिङको काम धमाधम भएको छ । पाल्पाको सिमाना कञ्चनखोलामा पुल निर्माण भइरहेको छ । अहिलेसम्म सडक खण्डमा चार वटा मोटरेवल पुल निर्माण भएका र थप पाँच पुल आवश्यक रहेको उनले बताए । पाँच वर्षभित्रमा ग्राभेल गरेर पिच गरिसक्ने दाबी छ । 'यो पर्यटकीय सडक हो,' एसीले भने, 'दुर्गम गाउँवासीलाई पनि लाभ दिनेछ ।'

सडक निर्माण भइरहेका आसपासका बासिन्दा खुसी छन् । स्थानीय उत्पादन बजारसम्म पुर्‍याएर आम्दानी लिने आशामा उनीहरू छन् । मैदानका श्याम घिमिरेले सडक निर्माणपछि गाडी चल्दा गाउँमा उत्पादन भएको तरकारी, फलफूल बजारसम्म पुर्‍याएर बिक्री गर्न सजिलो हुने बताए । यही आशामा उनले यस वर्ष दुई सय सुन्तलाका बिरुवा लगाएका छन् । २०३० सालमा तत्कालीन कांग्रेस नेता काशिनाथ गौतमले रेखांकन गरेको सडकलाई मन्त्री भएपछि टोपबहादुर रायमाझीले निर्माण सुरु गरेका हुन् । राष्ट्रिय सडक नै घर अगाडिबाट आएपछि खुसी लागेको नियाली देउरालीकी लक्ष्मी घिमिरेले बताइन् । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कमा स्थानीय तह अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता शुरु
भूमिकास्थान नगर, पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकामा अझै बैंक पुगेन्
सन्धिखर्कमा शनिवार सरकारी सेतो प्लेटका मोटरसाईकल चलाऊने प्रहरी नियन्त्रणमा
सन्धिखर्ककाे शान्ती बगैचा सरसफाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा प्रहरी हाम्रो टोलमा अभियान सुरु
शितगंगा नगरपालिकाको प्रथम नगर सभा ! सडक ग्राभेल, ठाडा स्वाथ्य चौकीलाई १५ शैयाको बनाइने (तस्बिर सहित)
एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सि.आइ.जि. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रबेश
भारतको दिल्ली - नोएडामा अर्घाखाँचीबासी युवाको गोली हानी हत्या
अर्घाखाँचीमा चाडपर्वका बेला यात्रुलाई ठग्ने गाडी धनिलाई हदैसम्मको कार्वाही गरिने, राती दश बजेसम्म काउन्टर खुल्ला
भुमिकास्थान नगरपालिकाको आ.ब २०७४।०७५को कुल ३७ करोड ७३ लाख रुपैयाको नीति तथा कार्यक्रम सार्वजनिक
अर्घाखाँचीमा एनएमबि बैंकको एकघर एक खाता अभियान जारी
क्रिकेट खेलाडी बिक्रम कुमार भुसाललाई गृह जिल्ला अर्घाखाँचीमा भब्य स्वागत अभिनन्दन
पाणिनी गाँउपालिकामा प्रथम गाँउ सभाले बजेट विनियोजन, सबै घरधुरीमा यसै बर्ष विजुली बल्ने
छत्रदेव गाउँपालिकाको भगवतीमा ७७ बर्षीया बृद्धाको विभत्स हत्या
पैसा नहुँदा घरमा थला परेकी नुवाकोट पानडाँडाकी मृगौला पीडित महिलालाई आर्थिक सहयोग (सहयोगी दाताको नामावली सहित)
अर्घाखाँचीमा तेस्रो संबिधान दिवस ! संविधानको रक्षाको लागि सबैपक्ष बीच एकताको खाँचो
उत्साहजनक सहभागीता नभएपनी अर्घाखाँचीमा संबिधान दिबस मनाईयो
छत्रगञ्जका युवाहरु मिलि छत्रगञ्ज कल्याणकारी युवा बचत समुहको गठन गरे
अर्घाखाँचीभर अक्टोबर क्रान्तिको शतबार्षिकीमा अखिल छैठौंको बिशेष अभियान
राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिकाको नुवाकोटमा सम्पन्न