काठमाडौंबाट नुवाकोट जांदै गरेको बस एक जनाको मृत्यु, २० भन्दा बढी घाइते
(२०६९ ज्येष्ठ २२, आइतवार)
काठमाडौंबाट नुवाकोटको भद्रुटार जांदै गरेको बस नुवाकोटको थानपती गाविसमा पल्टिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा २० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुने स्थानीय सावित्री कंडेल हुन् । घाइतेलाई उपचारको लागि काठमाडौं ल्याइदै छ । |