arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा सम्बन्ध बिच्छेद गर्नेको संख्या बढ्यो, अदालतमा एक तिहाइ मुद्दाtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३०, शुक्रवार)


प्रेम नारायण आचार्य 

सन्धिखर्क, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीमा दर्ता भएका मुद्दाको एक तिहाइ सम्बन्ध बिच्छेदका मुद्दा रहेका छन् । गएका वर्षमा जस्तै सम्बन्धबिच्छेद गर्ने दम्पतीको संख्यामा यस वर्ष पनि बृद्धि भएको छ ।

०७३ सालको साउनदेखि ०७४ को असार २९ सम्ममा कुल २ सय ६९ मुद्दा दर्ता भएकोमा ९१ मुद्दा सम्बन्ध बिच्छेदका रहेको जिल्ला अदालतका न्यायाधीश केशव प्रसाद बास्तोलाले बताउनु भयो । यसवर्ष ९१ जोडीले सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएकोमा ८५ जोडीको सम्बन्ध बिच्छेद भएको र ८ मुद्दाको फैसला हुन बाँकी रहेको छ । 

सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेरका छन् । जसमा झण्डै ८० प्रतिशत त्यही उमेर समूहका छन् । बाँकी २० प्रतिशत ३० वर्ष माथिका छन् । 

श्रीमान विदेशिएको समयमा श्रीमतीको बारेमा घर परिवार तथा श्रीमानले अनावश्यक शंका, उपशंका गर्नु जसका कारण घर परिवारमा मेलमिलाप नहुनु, दिनहु झगडा हुनु सम्बन्धबिच्छेदको प्रमुख कारण बन्न पुगेको हो । 

त्यसै गरि सूचना प्रविधिको बढी प्रयोग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध, छोरी छोराको चाहना बिपरित घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको र आफूले माया गरेको मानिससँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु, घरपरिवार र श्रीमानले श्रीमती तथा बुहारीको ख्याल नगर्नु जस्ता कारणले पनि सम्बन्ध बिच्छेदका घटनामा बृद्धि भएको छ । 

वहुविवाह, पारिवारिक अनमेल, साना तिना झैझगडा लगायतका कारणले सम्बन्ध बिच्छेदका घटना भए पनि पछिल्लो समयमा वैदेशिक रोजगारीका कारण पनि सम्बन्ध बिच्छेद गर्नेको सख्या बढेको नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष केवी भुसालले बताउनु भयो । 

सम्बन्ध बिच्छेद पछि सबैभन्दा बढी मुद्दा अंश मुद्दा रहेको छ । अंशका ४३ मुधा दर्ता भएका मध्ये ३५ मुधा फर्छयौट भएका छन् । माना चामलो मुद्दा ३१ परेका छन् । सबै मुद्दा मध्ये ८५ प्रतिशत मुद्दा फैसला भएको जिल्ला अदालतका नायब सुब्बा टेकराज गैरेले बताउनु भयो । सबै गरि एक वर्षको समयमा २ सय ६९ मद्दद्धा परेकोमा २ सय २९ मुद्दा फैसला भएको छ । 

कुल ८५ प्रतिशत मुद्दा फैसला गरि मुद्दा फैसलामा अर्घाखाँची जिल्ला अदालत लुम्विनी अञ्चलमा पहिलो भएको जिल्ला न्यायाधीश केसब बास्तोलाले जानकारी दिनु भएको छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन
सन्धिखर्कमा सुबिधाजन्य मासु पसल संचालन
छत्रदेव गाँउपालिकामा खरको छाना हटाई टिन लगाइने, एक करोड २० लाख रुपैया विनियोजन
चर्पी दिवस मनाइयो, २०२० मा अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाइने
सितगंगा १४ सिमलपानीमा ढाव र अगेरेपानी सामुदायीक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कसँगै सुवर्णखाल, धरापानी, धनचौर , धातिवाङ, सिद्दारा लगायतका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरि विश्व चर्पी दिवस मनाइयो
ढाकावाङ्ग, सितापुरमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
मालारानी गाउँपालिका वार्ड नम्बर १ मा प्रकाश दहालको निधनप्रति बाम गठबन्दनको शोक सभा (तस्बिर सहित)
टाेप बहादुर रायमाझीलाई आफ्नै गाउँ अर्घाका जनताले भोट् नदिने, रायमाझीले दुई सय घर परिवार खानेपानीबाट बन्चित गराएको आरोप
सन्धिखर्कमा पतञ्जली योग समिति अर्घाखाँचीको देउसी भैलोको समापन तथा सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा वाम गठबन्धनद्वारा प्रचार प्रसार तिव्र
कांग्रेस अर्घाखाँचीको गोखुंगा, हंसपुर, वागी, बल्कोट र मैदानमा चुनावी कार्यक्रम सम्पन्न, आगामी ५ बर्षमा देशकै नमुना जिल्ला बनाउने डा. विसी प्रतिबद्दता (तस्बिर सहित)
भुमिकास्थानको नुवाकोटमा र मालारानीको बांगी, गोखुङ्गामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कको गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूलमा अभिभावकहरुका लागि एक दिने अभिमुखीकरण तालिम सम्पन्न
भूमिकास्थान नगरपालिकाको हिले राईखन्नेमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा साना दलका सबै उम्मेदवारको धरौटी जफत हुने (धरौटी जफत हुने दलको सम्पूर्ण विवरण, निर्वाचन तालिका सहित)
श्री भगवती मावि कुर शंखेटारीमा शुभकामना आदान - प्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
कांग्रेसको चिदिका, पटौटीका विभिन्न ठाउँमा चुनावी सभा-भेला सम्पन्न, कांग्रेसले अर्घाखाँचीलाई पाँच बर्षमा देशकै नमुना जिल्ला बनाउने मान बहादुर बिश्वककर्माको भनाई (तस्बिर सहित)
धातिवाङ्गमा पुर्ण सरसफाइ सम्बन्धि ७ बुँदे प्रतिबद्धता जाहेर
सन्धिखर्कको फुदवाङमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला-सभा सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736