arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीभर चुनाव लागि सुरक्षा सतर्कता बढाइयो, सेना, प्रहरी र म्यादीद्वारा सुरक्षा गस्तीtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ३१, आइतवार)

सन्धिखर्कमा सुरक्षा गस्ती ।

वीरेन्द्र केसी

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय तह चुनाव दोस्रो चरणमा हुने भएको छ । तर, भयरहित वातावरणमा चुनाव गराउन जिल्लाभर अहिल्यैदेखि सुरक्षा सतर्कता बढाइएको छ । सेना, प्रहरी र म्यादीले सुरक्षा गस्ती थालेका हुन् ।

मतदान केन्द्र, मतदाता र कर्मचारीका लागि रणनीतिका साथ शान्ति सुरक्षाको अवस्था चुस्त पारिएको सुरक्षा निकायले जनाएको छ । पहिलो चरणमा चुनाव भइरहेका क्षेत्रमा यहाँका प्रहरी पनि खटिएपछि यता खटिनेमा धेरै संख्या म्यादीको छ ।

प्रहरीको सहयोगी नै अहिले म्यादी बनेका छन् । बजारमा दिनरात गस्ती र सवारीसाधन चेकजाँचको काम सीमित संख्याका प्रहरीसँगै म्यादीले सघाएका छन् । जिल्लाका सबै प्रहरी चौकीमार्फत प्रहरी जवानलाई जस्तै म्यादीलाई डयुटीमा खटाइएको छ । 

'भर्ना भइसकेका म्यादीलाई दोस्रो चरणमा चुनाव हुने भए पनि हामीकहाँ डयुटीमा खटाएका छौं,' प्रहरी प्रमुख एकनारायण कोइरालाले भने, 'हाम्रा सबै पुलिस युनिटमार्फत ५ सय ४८ म्यादी परिचालित छन् ।' अहिलेदेखि नै उम्मेदवार र मतदातालाई सुरक्षा दिन रणनीति अपनाएको उनले बताए । 

'भरसक यहाँ शान्तिपूर्ण नै चुनाव सम्पन्न गराउँछौं,' उनले भने, 'घटना हुन नदिन, मतदाता डरत्रासबाट जोगाउन पहिल्यै संवेदनशील छौं । 

अर्घाखाँचीबाट सयभन्दा बढी प्रहरी पहिलो चरणको चुनाव भइरहेका क्षेत्रमा खटिएका छन् । ५५ दिनका लागि नियुक्त म्यादीको समयावधि थपिएको छ । दोस्रो चरणको चुनाव सकिएपछि असारको पहिलो साता बिदा हुनेछ । २० दिनको अवधि थपिएको छ । सडकमा खटिएका म्यादीले ट्राफिक नियम पालना गर्न यात्रु र सवारीचालकलाई सिकाउने गरेका छन् । 

म्यादी प्रहरी दोस्रो चरणमा हुने चुनावका लागि जेठ १५ पछि खटिनेछन् । मनोनयन दर्ताका लागि जेठ १९ को मिति तोकिएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
मालारानी गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न, ४३ करोड भन्दाबढीको बजेट प्रस्तुत् ( गाउँसभाका निर्णय सहित)
ठाडामा भन्सार छली गरी ल्याउने यात्रुको लाखौं बराबर सामान बरामद, यात्रुलाई ओराल्दै सवारीसाधन चेकजाँच (तस्बिर सहित)
चुत्राबेशीको भक्तिटाेलमा सरसफाई कार्यक्रम सम्पन्न
सन्धिखर्कमा सम्पन्न स्थानीय स्तरीय भलिवल प्रतियोगितामा शितगंगा नगरपालिका प्रथम
जिप्रका अर्घाखाँची एवं कर्मचारी मिलन केन्द्रको आयोजनमा दशै, तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
डिभर्नामा पालिएका उन्नत खसी-बोकामा तेब्बर तौल
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट एक महिनामा ४२५ जनाले नागरिकता प्रमाण-पत्र लिए
अर्घाखाँचीमा टोप बहादुर रायमाझीद्वारा चुनावी तालमेलको लागि एमालेलाई प्राथमिकता
सिद्धारामा कृषि तथा पशु बिकास महिला सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न (तस्बिर सहित)
विबेकशिल साझा पार्टीको सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वरोजगार लद्युवित्त विकास बैंकको शाखा अर्घाखाँचीमा पनि
चुत्राबेशीका स्थानीयबासीका कारण विगत ७ बर्षदेखि ढोरपाटन सडक निर्माण ठप्प
सन्धिखर्कमा स्थानीय तह स्तरीय भलिवल प्रतियोगिता सुरु (तस्बिर सहित)
भूमिकास्थान नगर, पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकामा अझै बैंक पुगेन्
सन्धिखर्कमा शनिवार सरकारी सेतो प्लेटका मोटरसाईकल चलाऊने प्रहरी नियन्त्रणमा
सन्धिखर्ककाे शान्ती बगैचामा सरसफाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा प्रहरी हाम्रो टोलमा अभियान सुरु
शितगंगा नगरपालिकाको प्रथम नगर सभा ! सडक ग्राभेल, ठाडा स्वाथ्य चौकीलाई १५ शैयाको बनाइने (तस्बिर सहित)
एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सि.आइ.जि. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रबेश
भारतको दिल्ली - नोएडामा अर्घाखाँचीबासी युवाको गोली हानी हत्या