arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

गैर आवासीय नेपाली संघ साउदीको संगठन बिस्तार text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १४, शनिवार)

world news

तेजबहादुर थापा
साउदी अरब (अर्घाखाँचीडट्कम) साउदी अरबको अबकिक स्थिति सिफा हस्पिटलको नजिकैको तामिमि क्याम्पमा अलहासा अव्किक स्थानिय समन्वय समितिको तेस्रो अधिबेसन आज सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब अन्तर्गत पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समिति मातहात रहेको अलहासा अव्किक स्थानिय समितिको तेस्रो अधिबेसन मार्फत रामेश्वर ठाकुरको अध्यक्षतमा ११ सदस्यिय समित निर्वाचित भएका हुन् । एक जना सदस्य पछि थप हुने गरी सम्पन्न तेस्रो अधिबेशनले २ बर्षे कार्यकालका लागि निम्न पदाधिकारीहरू चयन गरेको छ ।

रामेश्वर ठाकुर, अध्यक्ष रामचन्द्र घिमिरे, उपाध्यक्ष बिष्णु जि. सी., सचिव दधिराम पौडेल, सहसचिव प्रेम शंकर ठाकुर, कोषाध्यक्ष र सदस्यहरुमा  बिर बहादुर तामाङ, मनि कुमार तामाङ, दिपेन्द्र कुमार अधिकारी, चित्र बहादुर बुढाथोकी,  कमल गुरूङ रहेका छन् ।

दुइ चरणमा बिभाजित कार्यक्रमको पहिलो खण्ड आरसिसि पुर्वी क्षेत्रिय अध्यक्ष चन्द्रमणि भन्डारीको सभापतित्वमा सुरूवात भएको थियो । कार्यक्रममा एनआरएनए आइसिसि मध्यपुर्व भुतपुर्व सहसंयोजक राजु सैयद, आइसिसि FEMWWC संयोजक धरम के. सी. धरम के. सी., आइसिसि सदस्य यास्मिन बेगम, एनसिसि साउदि अरबका अध्यक्ष नारायण पासवान, महासचिव तेज थापा, महिला संयोजक उषा के.सी., यूवासंयोजक मो. जैनुल अव्दिन, केन्द्रिय सदस्यहरू उमेश भट्टराइ तथा दिपक शाही, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ, कोषाध्यक्ष चित्र कुमार राइ, सदस्यहरू घनश्याम अर्याल, चन्द्र बुढा, एलसिसि दम्मामका अध्यक्ष लोकेन्द्र शुव्वा, कोषाध्यक्ष शुक्र मोक्तान, सदस्य घनेन्द्र ईजाम, एलसिसि अलखोवरका सचिव अनुप गुरूङ, समाजशेवी जोन अर्याल तथा रबिना अर्याल, आरसिसि पुर्वी क्षेत्रका भुतपुर्व उपाध्यक्ष सन्दिप ओली लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । त्यसैगरि अलहासा अव्किक वरपरका नेपाली जनसमुदायहरूको समेत सहभागिता रहेको कार्यक्रममा आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।
निबर्तमान कार्यसमितिको बिगठनसँगै कार्यक्रम दोस्रो चरणमा प्रबेश गरेको थियो ।

अधिबेशन समिति संयोजको समेत भुमिका निर्भाह गर्नुभएका आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठले बन्दसत्र मार्फत तयार पारिएको नयाँ कार्यसमितिको सुचि घोषणा गर्नुभएको हो ।

सपथ ग्रहण अन्तर्गत नवनिर्वाचित अलहासाअव्किक एलसिसि अध्यक्षलाइ आरिसिसि पुर्वी क्षेत्र क्षेत्रिय अध्यक्ष तथा नवनिर्वाचित अध्यक्ष मार्फत बाकी कार्य समितिलाइ सपथ ग्रहण गराइएको थियो । सम्बन्धित क्षेत्रमा सदस्यता संख्या बृद्धि पहिलो प्रथामिकता रहेको कार्य योजना प्रस्तुत गर्दै नवनिर्वाचित एलसिसि अध्यक्ष रामेश्वर ठाकुरले अलहासा-अव्किकमा रहेका नेपाली कामदारहरूको क्याम्पमा भेटघाट गरि उनिहरूको राय, सल्लाह र सुझावहरू संकलन गरि अघि बढ्ने र समस्यामा परेका नेपाली श्रमिकहरूका लागी सहयोगि भुमिका निभाउने बताउनु दिनुभयो ।

कार्यक्रममा एलसिसि दम्मामका अध्यक्ष लोकेन्द्र शुव्वा, आरिसिसि पुर्वी क्षेत्रिय सदस्य घनश्याम अर्याल, एनसिसि साउदीका केन्द्रिय सदस्य दिपक शाही, उमेश भट्टराइ, महिला संयोजक उषा के. सी., व्यावसायी तथा समाज सेवी जोन अर्याल, एनसिसि साउदिका अध्यक्ष नारायण पासवान, आइसिसि सदस्य यास्मिन बेगम, पुर्व मध्यपुर्व सहसंयोजक राजु सैयद तथा एनआरएनए आइसिसि बैदेशिक रोजगार तथा आप्रवास नेपाली कल्याणकारी समिति संयोजक धरम के. सी.ज्यु लगायतका अतिथिहरूले नवनिर्वाचित एलसिसि अलहासा-अव्किक पदाधिकारीहरूलाइ बधाइ तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा संघको बिभिन्न समिति तथा निकायहरूमा आवद्ध आइसिसि, एनसिसि, आरसिसि, एलसिसि तथा उपस्थित जनसमुदाय बिच अन्तरकृया तथा छलफल समेत चलाइएको थियो भने नयाँ कार्य समितिलाइ कार्य सम्पादन गर्न आरसिसि पुर्वी क्षेत्रिय अध्यक्ष तथा कोषाध्यक्षबाट आर्थिक सहयोग रकम हस्तान्तण गर्नुभएको थियो ।
          

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
केवाईसी इजरायल क्लबको आयोजना हुन् गहिरहेको बलिहाङ कप फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न ( खेलका सम्पूर्ण विवरण सहित)
एनआरएनए एनसीसी इजरायलको कार्यसमितिको धन्यवाद ज्ञापन तथा विदाई कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
इजरायलमा दशैँ गोल्ड कप फुटबल प्रतियोगितामा इस्ट स्पोर्टिंग क्लबको सानदार जित (तस्बिर सहित)
इजरायलमा बडा दशैँको अवसर पारेर दशैँ गोल्ड कप-२०१७ को आयोजना हुने
नेपाल आईडलका चर्चीत गायक सुरज थापा कोरिया आऊँदै
वाढि पिडितको वस्ति निर्माणार्थ सहयोग रकम हस्तान्तरण
बाढि पीडितका लागि राहतस्वरूप ओमानबाट रकम संकलन
इजरयालमा बाढी पीडितहरुको सहयोगार्थमा सामुहिक तिज कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
एनआरएनए-एनसिसी इजरायलको निर्वाचनमा छिरिङ लामा शेर्पाको प्यानलै अत्याधिक वहुमतले विजयी
बाढि पिडितहरूका लागि एनआरएनए साउदीले ४०६,२०५ रूपैया बराबरको सहयोग जुटायो
एनआरएनए इजरायलका अध्यक्ष उम्मेदवार छिरीङ लामा शेर्पाको प्यानलद्वारा १६ बुंदे घोषणापत्र सार्वजनिक
एनसीसी कतारको प्रथम उपाध्यक्षमा अर्घाखाँचीका ठाकुर कुमार परियारको उम्मेद्वारी
दिल्लीमा नेपाली प्रेरणा समितिको कार्यक्रममा गायक पुष्कल शर्मा रोएपछि ( तस्बिर)
डेनमार्कमा "अर्गानिक तीज साँझ २०१७" अायोजना
विश्व नेपाली साहित्य महासंघ साउदी अरवद्वारा बगालेका गजल कृती बिमोचन कार्यक्रम सम्पन्न
इजरायलमा प्रवासी नेपालीहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न KYC ISRAEL को सानदार जित (तस्बिर)
मृगौला पिडितलीई सहयोग रकम हस्तान्तरण
रोजगारीको लागि आकर्षक गन्तब्य मुलुक दक्षिण कोरियामा पछिल्लो समय मृत्युको शृंखला बढ्दो
कम्पनीको श्रम गराएर घरको काममा कुवेत पठाइएका ९ जना नेपाली महिलालाई कुवेतस्थित दुतावासको सहयोगमा नेपाल फिर्ता