arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
प्रवास समाचार

डिभी भर्नेको संख्या घट्यो-अर्को वर्षदेखि ३० डलर लाग्नेtext size increase   text size decrease   Print    rss (२०६८ म‌सिर ६, मंगलवार)

बिदेश बिभाग - यूएई डेस्क - अमेरिकी सरकारले हरेक वर्ष चिट्ठामार्फत छनौट गरि प्रदान गर्ने डाइभर्सीटी भिसा (डिभी)आबेदकको संख्यामा उल्लेख्य कमी आएको छ । अमेरिकी विदेश मन्त्रालयको पछिल्लो तथ्याङ्कले यो वर्ष अमेरिकी डिभी चिट्ठा भर्नेको संख्या अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले घटेको देखाएको छ ।

अमेरिकी सरकारले प्रदान गर्ने विभिन्न २ सय प्रकारका भिसामध्ये डिभी सवैभन्दा सजिलो र धेरै समय वसोवास गर्न मिल्ने अर्थात दश वर्षे भिसा हो । यो भिसामार्फत अमेरिकाको नागरिक हुनका लागि सजिलो हुन्छ ।

मन्त्रालयका अनुसार अमेरिकामा ग्रिन कार्ड पाउने सजिलो माध्यमको रुपमा रहेको डिभी चिट्ठा कार्यक्रममा यो वर्ष विश्वका विभिन्न देशबाट जम्मा ८० लाख मानिस सहभागी भएका छन् । जबकी अघिल्लो वर्ष डिभी चिट्टा कार्यक्रममा १ करोड ५० लाख विदेशी सहभागि भएका थिए ।

यो वर्ष धेरै डिभी भर्ने देशहरुमा नाइजेरिया, घाना र युक्रेन पहिलो ३ स्थानमा परेका छन् । नाइजेरियाबाट १३ लाख ६० हजार, घानाबाट ९ लाख ९ हजार तथा युक्रेनबाट ८ लाख ५३ हजार जनाले डिभि चिट्टा भरेका छन् । जबकी अघिल्लो वर्ष बंगलादेशबाट मात्रै ७६ लाख जनाले डिभी भरेका थिए । बंगलादेश धेरै वर्षसम्म बढि डिभी भर्ने देशको रुपमा रहेपनि अमेरिकी श्रम विभागको प्राथमिकता सूचिमा नपरेकाले कम बंगलादेशीलाई मात्र भिसा दिइन्थ्यो । अधिकांश आवेदकलाई चिट्टा नपरेपछि यो पटक डिभी भर्ने बंगलादेशीको संख्या निकै घटेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यसैबीच डिभी चिट्टा भर्नेहरुको संख्या आउँदा वर्षहरुमा झनै घट्ने अनुमान गरिएको छ । अर्को वर्षदेखि विद्युतिय गोलाप्रथामा शुल्क लगाउने प्रावधान लागु हुने भएपछि डिभी भर्नेको संख्या निकै कम हुने अनुमान गरिएको हो । डिभी चिट्टा भर्नका लागि अब विदेशीले ३० अमेरिकी डलर तिर्नुपर्ने विधयेक सिनेटले अघिल्लो महिना तयार पारेको थियो । अब अर्को वर्षदेखि अमेरिकी गि्रन कार्ड पाउने आशामा डिभी भर्नेहरुले ३० अमेरिकी डलर तिर्नुपर्नेछ । अहिले निःशुल्क रुपमा भर्न पाइन्छ । डिभीबाट हरेक वर्ष ५५ हजार विदेशीले अमेरिकी गि्रन कार्ड पाउने गरेका छन् । यो वर्षकोे नतिजा सन् २०१२ को मे महिनामा सार्वजनिक हुनेछ ।

अहिलेसम्म कति नेपालीलाई पर्यो  ?

अमेरिकी सरकारको डाइभर्सीटी भिसा प्रदान गर्ने निकाय युएसएफसिले दिएको तथ्यांकअनुसार, सन् २००० देखि सन् २०११ सम्मको एघार वर्षको अवधीमा २० हजार ८ सय ४ जना नेपालीलाई डिभी परेर अमेरिका आइसकेका छन् । पछिल्लोपटक सन् २०१२ को नतिजाअनुसार ३ हजार २ सय ५८ जना नेपाली डिभी चिठ्ठामा छनौटमा परेका छन् । तर चिठ्ठामा छनौट भएर मात्रैपनि अमेरिका आउने आधार निश्चित हुँदैन । नेपालमा यति नै नेपालीले डिभि भर्छन भन्ने यकिन तथ्याङ्क नभएपनि करिब पाँचलाख नेपालीले वर्षेनी डिभी भर्ने गरेको अनुमान छ ।

त्यसो त डिभी परेर अमेरिका आउने नेपाली आप्रवासीहरुको अनुभव सुखद र दुःखद दुवै पाइन्छ । कतिपय नेपालमा उच्च ओहदामा रहेका व्यक्तिहरु डिभी परेर अमेरिका आइ यहाँ भने जस्तो रोजगारीका अवसर नपाउँदा खिन्न भएका छन् भने कतिपय युवाहरु डिभि परेर यहाँ आएर राम्रो रोजगारी र अध्ययनका अवसर प्राप्त गरेका छन् । डिभि पर्नेहरुको अनुभव छ- अमेरिकामा भनेजस्तो रोजगारको लागि डिभी गेटपास भएपनि भाषिक र सम्वन्धित विषयको दक्षता चाहिने रहेछ ।

डीभी अमेरिका प्रवेशको माध्यम भएपनि अमेरिकामा काम पाउने ग्यारेन्टी हुँदैन् । भाषा तथा प्राबिधिक सीप र शिक्षाको अत्यन्तै जरुरी हुन्छ काम पाउनका लागि । डीभी पर्दैमा अमेरिका गएर सुख पाइन्छ भन्ठान्नेहरु अमेरिकामा आएर भनेजस्तो रोजगारी नपाउँदा खिन्न हुने गरेका छन् ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
पोर्चुगलमा बुद्ध जयन्तिको अवसरमा बृहत शोभा यात्रा गरिने
जन सम्पर्क समिति पोर्चुगल द्धारा कालिकोटका दुई बिद्यालयलाई आर्थिक सहयोग
स्पेनमा नेपाल चिनाउने कार्यक्रम सम्पन्न
युएईका राजकुमार मोहदल थानी सगरमाथा चुचुरोमा
अर्घाखाँची संपर्क समिति युएईको साधारण भेला दुबइमा हुने
दिल्लीमा रक्त दान सिबिर भब्य रुपमा सम्पन्न
यूएईमा नेपालीकै छुरा प्रहारबाट नेपालीको मृत्‍यु
एन आर एन अन्तर्राष्ट्रियमा एन आर एन अमेरिकाको चासो
साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण
अमेरिकामा कराते प्रशिक्षक देबेन्द्र अमात्य सम्मानित
एकल जातीय राज्य काग्रेसका लागि आमन्य/सबै वर्गको उत्थान र अग्रधिकारका लागि मिलेर लड्छौ:केसी
अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान
अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान
साउदीमा वैध बनी काम गर्न पाइने, ७० हजार नेपालीलाई फाइदा
डिसीमा अन्तरराष्ट्रिय नर्स (स्वास्थ्य परिचारिका ) दिवस सम्पन्न
ओमान नेपाली एकता समाज द्धारा नेपाली चेलीहरुको उद्धार
अर्घाखाँची प्रवासी समाज बहराईनको बिशेष भेला १७ मई को हुने
नेपाल प्रबर्धन कार्यक्रम भव्यताको साथ सम्पन्न
ओमानका अलक अलक सडक दुर्घटनामा दुई नेपाली युवा-युवतीको मृत्यू
कुवेतमा १२४ औं अन्तरास्ट्रिय मजदुर दिवस र भाग्यशाली बम्पर उपहार कार्यक्रम भब्यरुपमा सम्पन्न