arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयीtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण ५, विहीवार)


आइसीसी यु-१९ विश्वकप क्रिकेटका लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।

बिहीबार सिंगापुरमा भएको खेलमा अफगानिस्तानले नेपाललाई १४१ रनले पराजित गर्‍यो ।

खेलमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै समेटियो ।

नेपालका पवन सराफले २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले ६ रन कटाउन सकेनन् । नेपालका ४ जना ब्याट्सम्यान त शून्य रनमै पभेलियन फर्किएका थिए ।

नेपालको इनिङ ध्वस्त बनाउनेक्रममा अफगानिस्तानका नबिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिए ।

नवौं ओभरमा नेपालका आशा गरिएका ब्याट्सम्यानहरु दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिल साहलाई लगातार तीन बलमा आउट गर्दै उल हकले अफगानी टोलीको जितको आधार तयार पारे ।

यसैगरी, अर्का बलर मजिब जद्रानले पनि ४ विकेट लिए ।

यसअघि, पहिले व्याटिङ गरेको अफगानिस्तानले खेलमा २ बल बाँकी छँदा अलआउट हुनुपूर्व १९० रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले ४३ रन तथा नाभेद ओबैदले ३३ रन जोडे ।

बलिङतर्फ नेपालका शहाब आलमले ३ तथा पवन सर्राफ र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

यो जितसँगै अफगानिस्तान यु-१९ क्रिकेट विश्वकपनजिक पुगेको छ । लगातार तीन खेल जितेको अफगानिस्तानको ६ अंक भएको छ भने २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकपमा छनोट हुन नेपालले अब बाँकी रहेको तीन खेलमा सिंगापुर, मलेसिया र अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
युरोकप फुटबल अन्तर्गत मंगलबार राति दुई समूहका चार खेल हुँदै
स्टार खेलाडी ग्यारेथ बेलले युरोकप फुटबलमा ५८ वर्ष पुरानो इतिहास तोडे
मदन आश्रित क्रिकेट : नेपाल पुलिस क्लब र जनकपुर विजयी
युरोकप : भिडे समर्थक, खेल बराबरीमा रोकियो
हुलदंगामा संलग्न भएको आरोपमा ३६ जनालाई फ्रान्सेली प्रहरीले पक्राउ
युरोकप फुटबल आजदेखि दोस्रो चरणका खेल सुरु
युरो कप फुटबल आइसल्याण्ड र पोर्चुगल बराबरी
पेरुले ब्राजिललाई पराजित गर्दै क्वाटरफाइनलमा
अमेरिकी बक्सर महम्मद अलीको ७४ वर्षको उमेरमा निधन
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री-११ र मुख्यसचिव-११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्यसचिवको टिम विजयी
आइपिएल : हैदरावाद पुग्यो फाइनलमा, वार्नर बने नायक
राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर आज नेपाल फर्कँदै
अप्रत्यासित हारले एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिर, अब बार्सिलोना र रियल मड्रिडको सम्भावना
आइपिएल : गुजरात पहिलो स्थानमा उक्लियो
आइपिएल : पुछारको पञ्जावले दिल्लीलाई हरायो
बार्यन म्युनिखको कीर्तिमान : लगातार चौंथो तथा समग्रमा २५ औं पटक उपाधि
इंग्लिस प्रिमियर लिगमा मिडिल्सब्रोको पुनरागमन
च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडको छनौट हुने संभावना कायम
आइपिएल क्रिकेट:कोहलीले शतक- धोनीको टिम हार्यौ
हृदयघात भएर मैदानमै लडेका क्यामरुनका मिडफिल्डर प्याट्रिक एकेङगको निधन