arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयीtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण ५, विहीवार)


आइसीसी यु-१९ विश्वकप क्रिकेटका लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।

बिहीबार सिंगापुरमा भएको खेलमा अफगानिस्तानले नेपाललाई १४१ रनले पराजित गर्‍यो ।

खेलमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै समेटियो ।

नेपालका पवन सराफले २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले ६ रन कटाउन सकेनन् । नेपालका ४ जना ब्याट्सम्यान त शून्य रनमै पभेलियन फर्किएका थिए ।

नेपालको इनिङ ध्वस्त बनाउनेक्रममा अफगानिस्तानका नबिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिए ।

नवौं ओभरमा नेपालका आशा गरिएका ब्याट्सम्यानहरु दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिल साहलाई लगातार तीन बलमा आउट गर्दै उल हकले अफगानी टोलीको जितको आधार तयार पारे ।

यसैगरी, अर्का बलर मजिब जद्रानले पनि ४ विकेट लिए ।

यसअघि, पहिले व्याटिङ गरेको अफगानिस्तानले खेलमा २ बल बाँकी छँदा अलआउट हुनुपूर्व १९० रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले ४३ रन तथा नाभेद ओबैदले ३३ रन जोडे ।

बलिङतर्फ नेपालका शहाब आलमले ३ तथा पवन सर्राफ र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

यो जितसँगै अफगानिस्तान यु-१९ क्रिकेट विश्वकपनजिक पुगेको छ । लगातार तीन खेल जितेको अफगानिस्तानको ६ अंक भएको छ भने २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकपमा छनोट हुन नेपालले अब बाँकी रहेको तीन खेलमा सिंगापुर, मलेसिया र अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
यसपालिको विश्वकपमा सही भविष्यवाणी गरेर विश्वभर ख्याति कमाएको पल नामको अक्टोपसको निधन
सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा बढी पाइला टेकेका आरोही छेवाङ नीमा शेर्पा हिम पहिरोमा परी बेपत्ता
अमेरिकी ट्रयाकमा नेपाली रेसर
पोर्चुगल र आइभरिकोष्टबीच भएको फुटबल प्रतियोगिता गोल रहित बराबरी
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत स्लोभाकिया र न्युजिल्याण्डबीचको खेल बराबर
विश्वक फुटबल: पाराग्वे र इटलीले एक/एक गोल
जापान र नेदरल्याण्डले दक्षिण अफि्रकामा जारी विश्व कप फुटबल प्रतियोगितामा विजयी सुरुवात
विश्वकप फुटबल अन्तर्गत घाना १-० ले विजयी
विश्वकप फुटबल अन्तर्गत स्लोभानिया १-० ले विजयी
विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण कोरियाले विजयी सुरुवात गरेको बेला इंग्ल्याण्डले भने संयुक्त राज्य अमेरिकासँग बरावरी खेल्दै अंक
विश्वकप फुटबल २०१० को पहिलो दिनका खेलहरु बराबरीमा सकिए
१९ औं विश्वकपको पहिलो गोल आयोजकको नै
दक्षिण अफ्रिकाको जोहानेशबर्गमा भव्य कार्यक्रमबीच 'विश्वकप फुटबल-२०१०' सुरु
आजदेखि 'विश्वकप फुटबल' दक्षिण अफ्रिकामा सुरु
विश्वकप (FIFA 2010 World Cup) २०१० को अर्घाखाँची टाईम्समा प्रत्क्षय भिडियो लाईभ
इंग्ल्यान्ड र ब्राजिल विजयी
कपिलवस्तुमा रात्रिकालिन कि्रकेट प्रतियोगिता पहिलो रातको खेलमा इन्डो नेपाल र महराजगाज विजयी
पेप्सी ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवालाई ८ रनले पराजित गर्दै विराटनगरको उपाधि
महिला राष्ट्रिय लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण काठमाडौं जित
ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज २ खेल हुने