arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयीtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण ५, विहीवार)


आइसीसी यु-१९ विश्वकप क्रिकेटका लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।

बिहीबार सिंगापुरमा भएको खेलमा अफगानिस्तानले नेपाललाई १४१ रनले पराजित गर्‍यो ।

खेलमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै समेटियो ।

नेपालका पवन सराफले २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले ६ रन कटाउन सकेनन् । नेपालका ४ जना ब्याट्सम्यान त शून्य रनमै पभेलियन फर्किएका थिए ।

नेपालको इनिङ ध्वस्त बनाउनेक्रममा अफगानिस्तानका नबिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिए ।

नवौं ओभरमा नेपालका आशा गरिएका ब्याट्सम्यानहरु दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिल साहलाई लगातार तीन बलमा आउट गर्दै उल हकले अफगानी टोलीको जितको आधार तयार पारे ।

यसैगरी, अर्का बलर मजिब जद्रानले पनि ४ विकेट लिए ।

यसअघि, पहिले व्याटिङ गरेको अफगानिस्तानले खेलमा २ बल बाँकी छँदा अलआउट हुनुपूर्व १९० रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले ४३ रन तथा नाभेद ओबैदले ३३ रन जोडे ।

बलिङतर्फ नेपालका शहाब आलमले ३ तथा पवन सर्राफ र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

यो जितसँगै अफगानिस्तान यु-१९ क्रिकेट विश्वकपनजिक पुगेको छ । लगातार तीन खेल जितेको अफगानिस्तानको ६ अंक भएको छ भने २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकपमा छनोट हुन नेपालले अब बाँकी रहेको तीन खेलमा सिंगापुर, मलेसिया र अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
पेप्सी ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवालाई ८ रनले पराजित गर्दै विराटनगरको उपाधि
महिला राष्ट्रिय लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण काठमाडौं जित
ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज २ खेल हुने
फेडेरर फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा
तेञ्जीङ्ग-हिलारी एभरेष्ट म्याराथन दौडमा पोहोर सालका विजेता फुर्बा तामाङले फेरि बाजी
वाईवाई महिला,पुरुष टि ट्वान्टी,क्रिकेटका लागि क्षेत्रन.४ भैरहवाको टोली घोषणा
बीसौंपल्ट सर्वोच्च शिखर सगरमाथामा: 'पहिले हिउँ हुने ठाउँमा ढुंगा - 'सुपर शेर्पा' आप्पा (भिडियो सहित)
अमेरिकाका १३ वर्षीय जोर्डन रोमेरो सगरमाथा चढ्ने सबै भन्दा कान्छा आरोही, नेपालका तेम्बाछिरी शेर्पाको रेकर्ड तोडे (भिडियो सहित)
दोस्रो 'राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता' पोखरा रंगशालामा सुरु
अर्घाखाचीका घर घरमा कि्रकेट खेलको क्रेज बढ्यो
जिल्लास्तरको प्रतियोगिता पनि देख्न नपाएका कैलालीका विद्यार्थीले विश्वकप हेर्ने
बार्सिलोनाद्वारा रिएल मेड्रिडलाई धन्यवाद
अस्ट्रेलिया र इंग्ल्यान्ड फाइनलमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736