arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयीtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण ५, विहीवार)


आइसीसी यु-१९ विश्वकप क्रिकेटका लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।

बिहीबार सिंगापुरमा भएको खेलमा अफगानिस्तानले नेपाललाई १४१ रनले पराजित गर्‍यो ।

खेलमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै समेटियो ।

नेपालका पवन सराफले २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले ६ रन कटाउन सकेनन् । नेपालका ४ जना ब्याट्सम्यान त शून्य रनमै पभेलियन फर्किएका थिए ।

नेपालको इनिङ ध्वस्त बनाउनेक्रममा अफगानिस्तानका नबिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिए ।

नवौं ओभरमा नेपालका आशा गरिएका ब्याट्सम्यानहरु दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिल साहलाई लगातार तीन बलमा आउट गर्दै उल हकले अफगानी टोलीको जितको आधार तयार पारे ।

यसैगरी, अर्का बलर मजिब जद्रानले पनि ४ विकेट लिए ।

यसअघि, पहिले व्याटिङ गरेको अफगानिस्तानले खेलमा २ बल बाँकी छँदा अलआउट हुनुपूर्व १९० रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले ४३ रन तथा नाभेद ओबैदले ३३ रन जोडे ।

बलिङतर्फ नेपालका शहाब आलमले ३ तथा पवन सर्राफ र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

यो जितसँगै अफगानिस्तान यु-१९ क्रिकेट विश्वकपनजिक पुगेको छ । लगातार तीन खेल जितेको अफगानिस्तानको ६ अंक भएको छ भने २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकपमा छनोट हुन नेपालले अब बाँकी रहेको तीन खेलमा सिंगापुर, मलेसिया र अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडको छनौट हुने संभावना कायम
आइपिएल क्रिकेट:कोहलीले शतक- धोनीको टिम हार्यौ
हृदयघात भएर मैदानमै लडेका क्यामरुनका मिडफिल्डर प्याट्रिक एकेङगको निधन
आइपिएल : हैदरावादले गुजरातलाई ५ विकेटले हरायो
एपिएफलाई हराएर सुुदूरपश्चिमले जित्यो नेपालगञ्ज गोल्डकपको उपाधि
यू.ई.एफ.ए च्याम्पिएन्स लिगको सेमिफाइनल चरण सुरु
अन्तर्राष्ट्रिय क्रिकेट संघ आईसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन
Kohli century couldn't help RCB
रोमान्चक बन्दै ला लिगा
आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरद्वारा राइजिङ पुणे सुपरजाइन्ट्सलाई १३ रनले पराजित
फिफाद्वारा एन्फाका निलम्बित अध्यक्ष गणेश थापाको अपील खारेज, अख्तियारलाई दबाब
आई. पी. एल र नेपाली क्रीकेट
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित हासिल
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालको शानदार जित
इन्टरनेशनल कप: अफगानिस्तानसँग नामिबिया एक इनिङ र ३६ रनले पराजित
फर्किन्छ्की नेपाली क्रीकेटको सान
बुटवलमा प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिताको उपाधि घरेलु टिम सुनौलो संगमलाई
वेष्टइण्डिजलाई २०१६ को टी-ट्वान्टी विश्वकप उपाधि
भारतलाई ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिज टीट्वान्टी विश्वकपको फाइनलमा
भारतसँग हार्यौ पाकिस्तान
http://go.oclaserver.com/afu.php?zoneid=1465736