arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
प्रवास समाचार

साउदीमा जिफन्टले मनायो श्रमिक दिवस text size increase   text size decrease   Print    rss (२०७४ वैशाख २४, आइतवार)


  
  साउदी अरब (अर्घाखाँचीडटकम) नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहयोग समुह, साउदी अरबले १२८ औ मे दिवसको अवसर पारेर एक  कार्यक्रम को आयोजना गरि मनाएको छ।

नेपाली दुताबासका श्रम सहचारी अम्बिका प्रसाद अधिकारीको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु अथितिको रुपमा उपस्थित थिए भने करिब ३०० नेपाली मजदुरहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अथिति श्रम सहचारी अम्बिका प्रसाद अधिकारीले साउदी अरबको बर्तमान अबस्थाको चर्चा गर्दै हाल जारि रहेको आममाफी को अबसरमा कोहि पनि नेपाली नछुटुन भनि योगदान दिन सबैमा आग्रह गरेका थिए । जिफन्टले गरेको  महिला उद्दारको कार्यलाई दुताबास ले उच्च मुल्यांकन गरेको जनाउदै लाखौ नेपाली कार्यरत रहेको साउदी अरबमा हरेक ठाउमा पुग्न  संघ संस्थाहरु को योगदान अमुल्य हुने बताएका थिए ।

त्यसै गरी कार्यक्रममा प्रबासी नेपाली मंचका महासचिव राजु खनालले मजदुर दिवस मनाउनुको कारण र देशको समसामयिक राजनितिको बारेमा जानकारी गराएका थिए ।

जिफन्ट का केन्द्रिय प्रतिनिधि राज तामांग ले हाल सम्म भएको उद्दार लगायतको कार्यमा सहयोग दिनु हुने सबै संस्थाहरु लाई धन्यवाद दिदै मजदुर आन्दोलनले  बिगत देखि बर्तमान सम्म गरेका सफलताको बारेमा जानकारी दिदै साउदी अरबमा भोग्नु परेका समस्याहरुको अबगत गराएका थिए  ।

 प्रबासी नेपाली मंचका सचिब अमर श्रेष्ठ ले नेपाली दुताबास ले सहयोग दाताको विवरण स्पस्ट रुपमा सार्बजनिक गरे सहयोग गर्ने संघ संस्थाहरु लाई अझ हौसला मिल्ने जनाउदै दुताबास को तर्फ बाट नेपाल फर्कने नेपाली महिलाहरु लाई हवाई टिकेट उपलब्ध गराउन प्रबासी नेपाली मंच तयार रहेको जनाएका थिए ।

हेल्प नेपाल,साउदी च्याप्टरका संयोजक छोटु थापा मगर ले जी फन्ट समस्या परेको बेला स्पस्ट योजना सहित आए सहयोग गर्न तयार भएको बताए ।
पिडित महिलाहरु को लागि सुरक्षित् सेल्टर दिई समाजसेवाको अनुपम नमुना पेश गर्न सफल समाजसेवी तुलसी तमु ले मन्तब्य को क्रममा आफ्नो भाबना पोखेका थिए ।फ्रेन्ड्स अफ नेपाल,साउदी अरबका अध्यक्ष श्री कृष्ण श्रेष्ठ ले अनगिन्ति सामाजिक संस्था रहेको भएतापनि काम गर्ने संस्था औलामा गन्न पनि नपुग्ने अबस्थामा रहेको जनाउदै कामको आधारमा मूल्यांकन गर्दा जिफन्टको भूमिका अब्बल रहेको जनाउदै भबिष्यमा समेत निरन्तरता हुने बिश्वास ब्यक्त गरेका थिए।

कार्यक्रममा विभिन्न कलाकारहरु द्वारा आ-आफ्नो प्रस्तुति दिनुका साथै बिभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो  ।
 कार्यक्रम जी फन्ट सहयोग समुह साउदी अरबका अध्यक्ष शम्सेर तामांगको अध्यक्षतामा उपाध्यक्ष बुद्दिमान बिकको संचालन र रियाद प्रमुख भिम श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।       

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन
कतार नेपाली एकता समाजले मई दिवस मनायो
साउदीमा दुख पाएका नेपाली कामदारहरुलाई एनआरएनएले गर्यो सहयोग
दुबई पुर्‍याइएका ३२ जना नेपाल फिर्ता
नेपाली विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्ध
साउदी अरबमा काभ्रे सेवा समाज गठन
प्रबासी नेपाली मंच इकाई समितीको बैठक सम्पन्न
एनआरएनए द्वारा खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट
जिफन्ट सहयोग समूह साउदी अरब द्धारा नेपाली महिलाको सकुशल उद्धार
अबैध नेपाली कामदारहरूको सहयोगका लागि अभियान संचालन गरिने
साउदीको दम्माममा आममाफी सहयोग समिती गठन
नेपाली राजदुताबासद को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँची सेवा समाज कतारले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
नेपाली समाज चिलीको प्रथम अधिवेशन एकिकेमा सम्पन्न
जिफन्ट सहयोग समूह साउदी द्धारा संसदीय टोलीसग भेटघाट
कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठन
अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा नयाँ समिती चयन गर्दै सम्पन्न
एनआरएनएको होली तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नेपाली देशभक्त आवाजद्दारा दिल्लीमा बिचलित एक नेपाली महिलाको उद्दार
भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल "नेपाली देशभक्त आवाज"