arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

वाङलाको मथुरा मावि केन्द्रमा मतदानको लागि छिट्टै अर्को मिति तोकिनेtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा मतदान केन्द्रको मतदान कार्य आज स्थगित भएको छ । मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान कार्य स्थगित भएको हो ।  

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ५ वाङला  स्थित मथुरा  मावि केन्द्रमा स्थगित भएको निर्बाचन पुन: मतदानको लागि छिट्टै अर्को मिति तोकिने तोकिने भएको छ ।


मथुरा नन्दराम मावि  मतदान स्थलको ख नं. मतदान केन्द्रमा पुन मतदान हुने भएको हो । निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गर्न लगाएपछि कांग्रेस कार्यकर्ताले मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालेका थिए। मतपत्र जलाएपछि सो मतदान स्थल दिनभर तनावग्रस्त बनेको थियो।  


मतदान केन्द्र ख मा तनाव भएपछि मतदान केन्द्र क को मतदान पनि स्थगित गरिएको छ। यि दुइ केन्द्रमा गरि २ हजार ४४ मतदाता रहेका थिए  करिव ५० प्रतिशत मतदान भएपछि  विवाद उत्पन्न भएको थियो। ख मतदान केन्द्रमा पुन मतदान हुने भएको छ भने क मतदान केन्द्रमा बाँकी रहेका मतदाताले मतदान गर्ने भएका छन्। नेपाली कांग्रेसका नेता कार्यकर्ताले निर्वाचन अधिकृत सुरेन्द्र राज अधिकारीले नियोजित ढंगले मतपत्रमा हस्ताक्षर नगरि बाडेको आरोप लगाएका छन्।  मतदान अधिकृत अधिकारीले भुलवस हस्ताक्षर नगरेका मत पत्र वितरण गरिएको बताएका छन् । मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले निर्वाचन आयोगमा राय सहितको प्रतिवेदन पठाएको  बताउँदै निर्वाचन आयोगले मिति तोकेको निर्वाचन  गराउने  बताए।


 अर्घाखाँचीमा  ९३ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र तोकिएको  थियो । अन्य निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ। अर्घाखाँचीमा ६० प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख केदारनाथ शर्माले जानकारी दिए। जिल्लामा  कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेका  थिए। निर्वाचनमा महिला मतदताको संख्या धेरै रहेको थियो। कुल मतदता मध्ये ७१ हजार ३ सय ५० महिला र ६६ हजार ९ सय ७८ पुरुष मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नं. १ मा ६५ हजार २ सय ६ र   निर्वाचन क्षेत्र नं. २ मा  ७३ हजार १ सय २२ मतदाता थिए।   निर्वाचनमा  सुरक्षाकर्मी बाहेक  १ हजार ३ सय ९२  कर्मचारी परिचालन गरिएको थियो।   


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा मतगणना जारी, बामगठबन्धन एमालेको अग्रता
अर्घाखाँचीमा बाम गठबन्धन प्रतिनिधि सभा उम्मेद्वार टोप बहादुर रायमाझी जीतको नजिक, विजयी जुलुश मनाउने तयारी (तस्बिर सहित)
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर १,२ को मतगणना जारी (तस्बिर सहित)
अर्घाखाँचीमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान (तस्बिर सहित)
अर्घाखाँचीमा प्रदेशसभाको मतगणना शुरु हुँदै
अर्घाखाँची वाङ्लाका मेघराज अधिकारीको युएईमा हृदयाघातका कारण निधन
अर्घाखाँचीमा मत गणना जारी, टोप बहादुर रायमाझीको ५२९७ मतले अग्रता
मतदाताले गरे छत्रदेव गाउँपालिकाको डिही-ठाँटीपोखरीको सफाई (तस्बिर सहित)
अर्घाखाँचीमा टोप बहादुर रायमाझीको २,९१७ मतले अग्रता
अर्घाखाँचीमा मत गणना जारी, टोप बहादुर रायमाझीको १७१७ मतले अग्रता
अर्घाखाँचीमा टोप बहादुर रायमाझीको ६८५ मतले अग्रता
अर्घाखाँचीमा कडा सुरक्षाका साथ मध्यरातबाट मतगणना शुरु (भिडियो-तस्बिर सहित)
वाङ्ला मथुरामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, १,२७२ मत खस्यो
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता अर्घाखाँचीका २ जनाको शब फेला
वाङलाको मथुरामा उच्च सुरक्षा सतर्कता साथ आज पुन: मतदान हुँदै, आज साँझ देखि मतगणना शुरु गरिने (भिडियो तस्बिर सहित)
वाङलाको मथुरा मतदान केन्द्रमा भाेली शनिबार पुन: निर्वाचन हुँदै, भोली देखि मतगणना शुरु गरिने
सन्धिखर्कमा एक युवाको करेन्ट लागेर मृत्यु
किमडाँडाको भलाडाँडामा बस दुर्घटना, ठूलो दुर्घटनाबाट जोगियो
अर्घामा अचेत अवस्थामा भेटिएका रामबहादुर बिकको भैरहवामा अस्पतालले उपचार गर्न नमानेपछि निधन (भिडियो सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736