arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

भूमिकास्थान नगरपालिकामा स्थानीय निर्वाचन राष्ट्रिय जनमोर्चाले जित्ने संभावना बढी, एमाले, कांग्रेस कमजोरtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)

भूमिकास्थान नगरपालिकाका राष्ट्रिय जनमोर्चाका मेयर उम्मेदवार कविराम खनाल (दाँया) र उप-मेयर सकुन्तला राना ।

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले अर्घाखाँची जिल्लाका राजनीतिक दलहरु उम्मेदवार चयनको क्रममा छन्। निर्वाचनको नजिकिदै गर्दा यतिबेला जिल्लामा चुनावी सरगर्मी बढेको छ । 

जिल्लामा राजनीतिक दलहरुले आ- आफ्नो दललाई विजयी गराउन लागि परेका छन् । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा मात्र अगाडि रहेको देखिन्छ । यस्तै राजनीतिक दलहरुले जिल्लाका नगरपालिका, गाउँपालिकामा आ- आफ्ना उम्मेदवारले जित्ने दावी गरेता पनि नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको जिल्लामा रहेका अन्य स्थानीय तहको तुलनामा भूमिकास्थान नगरपालिकामा मजबुत रहेको विश्लेषण गरिएको छ ।

भूमिकास्थान नगरपालिकामा  साविक ७ गाबिस मध्ये ढाकावाङ, धारापानी, खिल्जी र असुरकोट राष्ट्रिय जनमोर्चाको मजबुत मानिन्छन् । थोरै मतदाता भएका साविक गाबिस नुवाकोट, ढिकुरा र धनचौरमा एमाले अगाडि छ । यस्तै नुवाकोटमा पनि राष्ट्रिय जनमोर्चाको अवस्था राम्रो रहेको छ ।  ढाकावाङ, धारापानी, खिल्जी र असुरकोटमा माओवादी शान्ती प्रक्रियामा आए लगतै केही मानिसहरु माओवादीमा गएपनि पछील्लो समय उनिहरु मसालमा फर्कीसकेका छन् भने मध्यस्त रहेकाले समेत अरुलाई भन्दा जनमोर्चाको गिलासमा भोट् दिने देखिन्छ ।  

भूमिकास्थान नगरपालिकामा एमाले, कांग्रेस र माओवादी मिले मात्र राष्ट्रिय जनमोर्चालाई पराजित गर्न सक्नेछन् । यि ३ दल मिल्ने संभावना कम छ । साथै भूमिकास्थान नगरपालिका लगायत जिल्लाभर यतिबेला माओवादी केन्द्र निकै कमजोर भएको छ । माओवादी टुक्रा टुक्रा परेपछि अहिले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, बाबुराम भट्टराईको नयाँ शक्तीका कार्यकर्ता जिल्लामा फाटफुट चुनाव प्रचारमा हिंडेका देखिन्छ भने नेत्रविक्रम चन्द विप्लपको कम्युनिस्ट पार्टी चुनाव विरोधी गतिविधीमा लागेको देखिन्छ । 

उता राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा स्थानिय निर्वाचनको लागि आफ्ना उम्मेदवारको घोषणा गरिसकेको छ । अन्य दलमा उम्मेदवादको चर्चा चले पनि अहिले सम्म कुनै दलले आधिकारीक रुपमा घोषणा गर्न सकेका छैनन् । यस्तै राष्ट्रिय जनमोर्चाले भूमिकास्थान नगरपालिकाको मेयर पदको लागि कविराम खनाल, उप- मेयरमा सकुन्तला रानालाई उठाएको छ । यि दुबै उम्मेदारको यस क्षेत्रमा बढी चर्चा भएको देखिन्छ । खिल्जीका हरी रोका भन्छन्': २०६२ - ६३ देखि कांग्रेस, एमाले र माओवादीले निरन्तर सरकार चलाए तर देशलाई अहिले सम्म केही दिन सकेका छैनन् । लामो समय सम्म यि दलले सत्ता लडाईं बाहेक स्थानिय निर्वाचन गर्न सकेनन् । सविधान कार्यान्यवनको लागि चुनाव गर्न बाध्यता भएका कारण लगभग २ दर्शक पछि स्थानिय निर्वाचन भएको हो ।   

राष्ट्रिय जनमोर्चा ढाकावाङ्ग गाउँ समितिकाे बैठकलाई सम्बाेधन गर्दै भूमिकास्थान नगरपालिकाका मेयर उम्मेद्वार कबिराम खनाल । 

१० वार्ड भएको भूमिकास्थान नगरपालिकामा १ मेयर १ उपमेयर गरि जम्मा ५५ जनाको नगर समिती चयन हुनेछन् । भूमिकास्थान नगरपालिकामा  २१ हजार १ सय १६ कुल मतदाता रहेका छन् । जसमध्ये पुरुष ९ हजार ८ सय ८४ महिला ११ हजार २ सय ३२ जना रहेका छन् । 

यसपटकको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाबाट कुल १ लाख २६ हजार ६ सय ९९ जना मतदाताले निर्वाचनमा भोट् हाल्दैछन् ।  जसमा पुरुष मतदाताको संख्या ६० हजार २ सय ९२ र महिला मतदाता ६६ हजार ४ सय ३ जना रहेका छन् ।  जिल्लाभर पुरुष मतदाता भन्दा ५ हजार ७ सय ११ जना महिला मतदाताको संख्या बढि छ ।  साथै जिल्लामा मतदान स्थल ९३ छन् भने १६६ मतदान केन्द्र संख्या रहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
लोडसेडिङ्ग मुक्त जिल्ला अर्घाखाँचीमा अघोषित लोडसेडिङ्ग हुँदा जनतालाई सास्ती
भूमिकास्थान नगरपालिकाको पान्डाँडामा युवा संजालको गठन
राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको खिल्जीमा विशाल चुनावी सभा सम्पन्न
राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको ढाकाबाङ्गमा विशाल चुनावी सभा सम्पन्न
पाणिनी गाउँपालिका- ६ धातिवाङ्गमा मोटरबाटाको उदघाटन, स्थानिय निकै हर्सित
सिएस म्याप अर्घाखाँचीको परिचयात्मक कार्यक्रम सम्पन्न
भुमिकास्थान नगरपालिकाकाे धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
अर्घाखाँची प्रवासी समाज बहराइनको नयाँ बर्ष शुभकामना आदानप्रदान तथा पात्रो बिमोचन कार्यक्रम सम्पन्न
राष्ट्रिय जनमोर्चाको केन्द्रिय चुनाव प्रचार टोली अर्घाखाँचीमा, मालारानी गाँउपालीकाकाे रतनमारेमा सभा सम्पन्न
राष्ट्रिय जनमोर्चा सन्धिखर्क - ७ का उम्मेदवार सिद्दी भट्टराईद्वारा निर्वाचनमा राजमोको जित सुनिश्चित रहेको दावी
अर्घाखाँचीमा पहिलो पटक लिग सिस्टममा क्रिकेट प्रतियोगिता हुँदै
अर्घाखाँचीका बिष्णु भट्टराईको कतारमा सवारी दुर्घटनामा परि मृत्यु
छत्रदेव गाउँपालिकाको अर्घातोषमा ४० भन्दा बढी घरपरिबार खानेपानीबाट बन्चित
राष्ट्रिय जनमाेर्चा भूमिकास्थान नगरपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रम असुरकाेटमा सम्पन्न
अर्घाखाँचीमा एमालेका उम्मेद्वारहरुको टुंगो लाग्यो, यस्ता छन् उम्मेदवार
बल्कोट रुपन्देही सम्पर्क समाजमा पन्थी
राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा प्रशिक्षण भेला सम्पन्न
राष्ट्रिय जनमोर्चाकाे भुमिकास्थान नगरपालीका ७ र ८ काे नुवाकोट पाेखेडाडामा भेला तथा भेटघाट कार्यक्रम सम्पन्न
नरपानीमा राष्ट्रिय जनमोर्चाकाे चुनावी प्रचार प्रसार तथा जनभेटघाट कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा स्थानीय निर्वाचन दोस्रो चरणमा जेठ ३१ गते हुने