arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्क नगरपालीका - १२ को वार्ड कार्यालय उद्घाटन ( भिडियो, तस्बिर)text size increase   text size decrease   Print    rss (२०७४ श्रावण १६, सोमवार)

विक्रम पाण्डे समान्ता

डिभर्ना, अर्घाखाँची , श्रावण १६ ।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वार्ड  नं. १२ को वार्ड  कार्यालय आज एक कार्यक्रम विच उद्घाटन गरीएको छ ।


नयाँ कार्यालय सन्धिखर्क नगरपालीका वार्ड  नं. १२ झेडीमा रहेको डिभर्ना आर्यूबेद औषधालयमा राखिएको छ । यस अघि १२ नं. वडाबाट निर्वाचित जनप्रतिनिधीहरुले साविक डिभर्ना गाविसको कार्यलयबाट वडा बासीहरुलाई सेवा दिदैँ आइरहेका थिए।


अब वडा नं. १२ को सम्पूर्ण काम झेडीमा रहेको डिभर्ना आर्यूबेद औषधालयको कार्यालय भवनबाट सञ्चालन हुने भएको हो । कार्यलय उद्घाटन कार्यक्रम सन्धिखर्क नगरपालीकाका मेयर कमल प्रसाद भूसालको प्रमुख आतिथ्यता , उप प्रमूख ठाकुर कुमार विकको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।


कार्यक्रममा सन्धिखर्क नगरपालीका निमित्त कार्यकारी अधिकृत भोजराज ताम्राकार , सव इन्जिनियर नारायण पोख्रेल , वडा नं. १२ का सम्पूर्ण सदस्यहरु, नेपाली काङ्ग्रेस क्षेत्र नं. १ का सभापति केशव राज कुँवर ,नेपाली काङग्रेस पूर्व जिल्ला कोषाध्यक्ष हरी ब. खड्का , नेपाली काङ्ग्रेस १२ नं. वडा सभापति लिलाधर बस्याल , नेकपा एमाले वडा अध्यक्ष मधुकुमार श्रेष्ठ , नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष जीवन कुमार बस्याल , डिभर्ना आर्यूबेद केन्द्र प्रमख विष्णु पौडेल ,डिभर्ना स्वास्थ्य चौकीका इन्चार्ज पूर्ण प्रसाद पराजुली , ज्ञान प्रकाश माविका प्रअ सूर्य ब. खनाल , ुसनराइज इङलिश वोर्डिङ हाइ स्कूलका प्रिन्सिपल नारायण पौडेल , न्यू नेपाल इङलिश वोर्डिङ स्कूलका प्रिन्सिपल राम प्रसाद श्रेष्ठ , जुहार आधारभूत विद्यालयका प्रअ गोविन्द बस्याल , मणी आधारभूत विद्यालयका प्रअ कमला कुमाल , जन प्रकाश आधारभूत विद्यालयका प्रअ फर्सुराम पोख्रेल , नयाँ एफ एमका समान्ता पाण्डे लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रमका प्रमुख तथा विशेष अतिथीद्धय भूसाल र विकले संयूक्त रुपमा कार्यालय बोर्डको ब्यानर अनाबरण गरी उद्घाटन गरेका थिए । कार्यलय उद्घाटन गर्दै सन्धिखर्क नगरपालीकाका मेयर कमल प्रसाद भुसालले जनता सँग प्रत्यक्ष सरोकार राख्ने पूर्वधारका समस्याहरु पहिचान गरी पूर्वधार समस्या समाधानमा लाग्ने बताएका छन् । उनले हामी विकास गर्न आएका हौँ , विकास गरेरै देखाउने बताउदै गाउँ ठाउँमा आम जनताले स्वास्थ्य , खानेपानी , सडक , विद्युत जस्ता क्षेत्रमा भोगेका अप्ठ्यारा र समस्याहरुलाई सबैको सल्लाह , सहमति , एकता र सहकार्यको बाटो मार्फत समाधान गर्ने बताएका छन् । उनले वडा नं. १२ बाट निर्वाचित जनप्रतिनिधीहरुले जनताको सेवामा सधै समर्पित भई काम गर्न निर्देशन दिएका छन् ।


त्यस्तै कार्यक्रममा बोल्दै वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काले आफुले कुनै एक राजनीतिक दलको आस्थामा काम नगरी जनताको अपेक्षा र आबश्यकतालाई आत्मसाथ गर्देै समस्या समाधान तर्फ लाग्ने बताएका छन् । उनले चुनावको समयमा बोलेका एजेण्डाहरुले विस्तारै पूर्णता पाउने बताउदै प्रत्यक गाउँ टोलका समस्याहरु पहिचान गरी त्यस ठाउँको ऐतिहासिकता , पर्यटकिय , उर्वरमाटो ,पशुपालन , शिक्षा , स्वास्थ्य , सडक , खानेपानी एवं कृषि जन्य बस्तु तर्फको विकासमा आप्ःनो सम्पूर्ण ध्यान जाने बताएका छन् ।


यसैविच कार्यक्रममै साविक डिभर्ना गाविसका सचिव कुलदेव पोख्रेललाई विदाई समेत गरीएको छ । उनले सविक डिभर्ना गाविसमा सचिवको रुपमा काम गर्दै आएका थिए । नेपालको संविधान २०७२ अनुसार नेपाल संघिय संरचनामा विस्तार भए सँगै सविक डिभर्ना गाविस दुई वडामा विभाजित रहेको छ । कार्यक्रम वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा वडा सचिव रमेश बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736