arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २९, बुधवार)


जिम्बाबेमा गहिरिदों राजनीतिक संकटका बीच सेनाले देशको सरकारी टेलिभिजन च्यानल र रेडियो स्टेशन नियन्त्रणमा लिएको छ । राष्ट्रपति रोबर्ट मुगाबेलाई सेनाले कब्जा लिएको छ । 

राजधानी हरारेका केही क्षेत्रमा बम विस्फोट भएको आवाज सुनिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विस्फोट कसले र किन गराएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।

दक्षिण अफ्रिकाका लागि जिम्बाबेका राजदूत इसाक मोयोले देशमा सत्ता परिवर्तनको खबरलाई अस्वीकार गरेका छन् । तर जिम्बाबेको सत्तारुढ दलले सेना प्रमुखलाई 'विश्वासघाती' संज्ञा दिएको छ । उपराष्ट्रपतिलाई त्यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले बर्खास्त गरेपछि राजनीतिक संकट गहिरिएको हो ।

केही दिनअघि त्यहाँका सेना प्रमुखले सैन्य हस्तक्षेपको चेतावनी दिएका थिए । सेना प्रमुख कोन्सटंटिनो चिवेङ्गाले देशका उपराष्ट्रपतिलाई राष्ट्रपतिले बर्खास्त गरेपछि चुनौती दिएका थिए । चिवेङ्गाले मुगावेको पार्टीमा जारी शक्ति संघर्षलाई अन्त्य गर्न सेनाले कारवाही गर्ने चेतावनी दिएका थिए ।

सेना प्रमुखको यस्तो टिप्पणीलाई सत्तारुढ दलले भने निन्दा गरेको थियो । सेना प्रमुखको टिप्पणीले राष्ट्रिय शान्तिलाई अस्थिर तुल्याउने सत्तारुढ दलको ठहर थियो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार हरारेका केही स्थानमा सेनाको गाडीहरु देखिएका छन् । ती गाडी कता गइरहेका हुन् भन्ने प्रष्ट हुन सकेको छैन । (एजेन्सी) 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
चीन, पाकिस्तान र अफगानिस्तानद्दारा तालिवान लडाकूलाई शान्ति वार्ताका लागि अपील
इन्डियाको काश्मिरबाट आयो डरलाग्दो खबर : दोहोरो गोली हानाहानमा वरिष्ठ नेताको मृत्यु
समुद्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
समुन्द्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
रुसको राजधानी मस्कोमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
दक्षिणी फिलिपिन्समा आँधीका कारण मृत्‍यु हुनेको संख्या १८०
भेनेजुएलाद्वारा ब्राजिलका राजदूत तथा क्यानेडेली एक कूटनीतिज्ञलाई देश निकाला
उत्तर कोरियाद्वारा अन्तर्राष्ट्रिय नाकाबन्दीको कडा शब्दमा निन्दा
दक्षिण कोरियाको जोसेन सहरमा ८ तले भवनमा आगलागी हुँदा २९ जनाको मृत्यु, २६ घाइते
जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736