arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्यो text size increase   text size decrease   Print    rss (२०७३ माघ २०, विहीवार)

world news

राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै अाएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।

जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। सिराहा स्थायी घर भएका उनी जनकपुरमा कोठा भाडामा लिएर उनी त्यहाँ बस्दै अाएका थिए।  करिब ३ बजेतिर उनलाई पक्राउ गरिएको हो।

राष्ट्र विखण्डन गर्ने तत्वहरुले खुलेअाम संगठन विस्तार र अभिव्यक्ति दिइरहँदा सरकार मुकदर्शक बनेको भनेर अारोप लागिरहेको अवस्थामा सरकारले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन अाग्रह गरेपछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि अाचार्यले नागरिकन्युजलाई बताए।

लहानस्थित नागरिकन्युजकर्मी मिथिलेश यादवका अनुसार गत माघ ५ गते सिके राउतले लहानमा अायोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै तराईलाई नेपालबाट छुट्याउनु पर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। पशुपति आदर्श उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा उनले करिब ११ मिनेट लामो भाषण गरेका थिए।

पछिल्लो समय उनी जनकपुर केन्द्र बनाएर तराईका जिल्लामा खुलेअाम विखण्डनकारी गतिविधि सञ्चालन गर्दै अाएका थिए। दाहाल सरकारले उनका गतिविधिमा कतै पनि रोक लगाएको थिएन। अादेश नभएकाले र पक्राउ गर्नुपर्ने उचित कारण नदेखिएकाले उनलाई पक्राउ नगरेका हौं, माघ ५ गते सिराहा प्रमुख प्रहरी एसपी शेखर कोइरालाले भनेका थिए।
राउतको अभिव्यक्तिलाई लिएर विपक्षीहरुले सरकारको आलोचना गर्न थालेपछि उनी पक्राउ परेका हुन्।

पक्राउ परेका राउतलाई के अभियोग लगाइएको हो प्रहरीले सार्वजनिक गरेको छैन। उनलाई सिराहा ल्याइँदैछ। यहाँ ल्याइसकेपछि के अभियोग लगाइएको हो सार्वजनिक गर्छौं, एसपी कोइरालाले भने।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान
पत्नीको हत्या गरी टाउको सहित आत्मसमर्पण
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त
सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा
सन्धिखर्क नगरपालिका ७ खाचिकोटमा कांग्रेसको प्यानल बिजयी
नेपालका अर्बपतिका छोराको बिहेमा चाँदीको मन्डप (फोटो फिचर)
न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
सहर उज्यालो अभियानमा जुटे स्थानीय