arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

सत्ता साझेदार दल र राजपाबीचको बैठक निष्कर्षविहीन, निर्बाचनमा नजाने अडानtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २७, शनिवार)


संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सत्ता साझेदार दलहरुले गरेको प्रयास आज पनि असफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दलका नेताहरुले आगामी स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन गर्न सकिने अवस्था देखिएको भन्दै निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेका थिए ।

तर राजपाका नेताहरुले भने संविधान संशोधनलगायत आफूहरुले राखेका माग पूरा नभएसम्म निर्वाचनमा जान नसकिने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो ।

बैठकपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले राजपाले उठाउँदै आएका मागप्रति आफूहरु सकारात्मक भए पनि तत्काल संविधान संशोधन गर्न नसकिने भएकाले निर्वाचनमा जान आफूहरुले आग्रह गरेको बताए ।

उनीहरुले असार १४ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने अवस्था रहेको र त्यसअघि संविधान संशोधन गर्न समयसमेत नपुग्ने भएको बाध्यता बुझिदिन आग्रह गरेको जानकारी दिए ।

बैठकमा राजपाका नेताहरुले स्थानीय तहको निर्वाचनको मिति केही समय पर सारेर सहमति खोज्न आग्रह गरे पनि सत्तारुढ दलहरुले घोषित मिति सार्न नसकिने स्पष्ट पारेका थिए ।

बैठकपछि राजपाका नेताहरुले जबरजस्ती स्थानीय तहको निर्वाचन गर्न खोजिए मुलुक दुर्घटनामा जाने चेतावनी दिए ।

बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता विमलेन्द्र निधि, रामचन्द्र पौडेल, रापजाका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेता सहभागी थिए ।

नेताहरुबीच पुनः छलफल गर्ने सहमति भने भएको बताइएको छ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बुटवल राजधानी हुने हल्लापछि दाङमा भयो यस्तो बबाल
किन बढ्यो चिसो, देशभरको तापक्रम कति छ ? हेर्नुहोस्
पश्चिम तराईमा शीतलहरले जनजीवन कष्टकर
रामेछापको खाँडादेवीमा पानीको चरम अभाव भएपछि ४ रुपैयाँ लिटर पानी खरिद गर्न बाध्य
सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र माओवादी केन्द्रको आग्रह
समानुपातिकतर्फको मतगणना सम्पन्, सबैभन्दा बढी मत एमालेलाई
चितवनमा पछिल्लो एक माहिनामा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु
राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको एमाले ओली आरोप
सिरहामा विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप
कपिलवस्तुमा चिसो र शीतलहरले जनजीवन प्रभावित
प्रदेश नम्बर-३ को राजधानी हेटौँडालाई बनाउन माग
निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नभई अन्तिम परिणाम सार्वजनिक नगर्ने
एमालेद्दारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएकोले सच्याउनुपर्ने जिकिर
५९ आदिवासी जनजातिमध्ये प्रतिनिधिसभामा जनजातिबाट ४५ निर्वाचित
प्रदेश-७ को राजधानी पहाडी डडेल्धुरामै हुनुपर्ने माग
नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान
समानुपातिकतर्फ मत गणना जारी, पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित
सप्तरीमा बाढीपीडितका लागि घर बनाइने
सुनसरी–३ मा पुनः मतदानको माग गर्दै प्रदर्शनमा उत्रिए एमाले कार्यकर्ता
प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी, समानुपातिक सांसद कसरी चुनिन्छन् ?
http://go.oclaserver.com/afu.php?zoneid=1465736