arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

मधेसी मोर्चाको बन्द र अवरोधकाबीच एमालेको नेपालगन्जमा शक्ति प्रदर्शनtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १, मंगलवार)

मधेसी मोर्चाको बन्द र अवरोधकाबीच पनि नेकपा एमालेले मंगलबार नेपालगन्जमा शक्ति प्रदर्शन गरेको छ ।

मेची-महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत् मंगलबार नेपालगन्जमा एमालेले प्रदर्शन र आमसभा गरेको हो ।

एमालेलाई महेन्द्र राजमार्गबाट भित्र जान नदिने भन्दै मोर्चाले बन्द र ठाउँठाउँमा गरेको अवरोध छिचोल्दै एमालेले गाउँगाउँबाट जुलुस निकालेको थियो ।

एमाले सभाका लागि बाँकेका गाउँगाउँबाट कार्यकर्ताहरु सभास्थल पुगेका थिए । मुस्लिम, थारु र मधेसी समुदायका समर्थकहरु आआफ्ना सांस्कृतिक झाँकीसहित नेपालगन्ज पुगेका थिए ।

नेपालगन्जको कारकाँदोस्थित सडक डिभिजनको चौरमा आयोजित सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललगायतले सम्बोधन गरेका छन् ।

यसैबीच, मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार नेपालगन्जगुलरिया सडकअन्तर्गत् बाँकेको उढरापुरमा एउटा यात्रीबहाक बसमा आगजनी गरेका छन् ।

राजापुरबाट दाङ जान लागेको भे१ख २०४२ नम्बरको बसमा मोर्चाका कार्यकर्ताले आगो लगाएका हुन् ।

आगजनीबाट मानवीय क्षति नभएपनि बसको भित्री भाग भने जलेर नस्ट भएको प्रहरीले बताएको छ ।

बाँकेको गुनाहामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच केहीबेर झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र दुई राउन्ड हवाई फायरसमेत गरेको छ ।

मोर्चाको बन्द र एमालेको आमसभामा अप्रिय घटना नहोस् भनेर नेपालगन्जको सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मतपत्र खसालिएको ३२ जिल्लाका मतपेटिकाको सुरक्षामा भित्र प्रहरी, बाहिर सेना
संघीयताले वार्षिक ८२० अर्ब दायित्व बढाउँदै, राजश्व संकलनबिना केही हुन नसक्ने
पहिलो चरण अन्तर्गत भोलि रातिदेखि दलहरुले चुनाव प्रचार गर्न नपाउने, मौन अवधि सुरु
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आचारसंहिता उल्लंघनका घटना बढे
दोस्रो चरणको ४५ जिल्लामा हुने निर्वाचन अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो
बागलुङमा कांग्रेसको प्रचार टोलीमाथि बम प्रहार
बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय
पहिलो चरणमा हुन लागेको निर्वाचन लक्षित नेपाल-भारत सीमा ७२ घण्टा बन्द गरिने, मतगणनासम्म मदिरा निषेध
माओवादी केन्द्रले प्रचण्ड पुत्र प्रकाशको सम्झनामा सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने
प्रधानमन्त्री देउवाले पुत्रशोकमा रहेका प्रचण्डलाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरे
उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी
बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
चितवनमा 'प्रचण्ड'का पुत्र प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त
प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टी, प्रचण्ड आफैँले दिए प्रकाशलाई दागबत्ती
पूर्व राजा ज्ञानेन्द्र शाहद्दारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन
निर्वाचन आयोगद्दारा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि एकपछि अर्को गर्दै भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त
रौतहटमा वाम गठबन्धनको भेला भेला भईरहेको स्थानमा बम विस्फोट, ८ जना घाइते
मंसिर १० गते हुने पहिलो चरण निर्वाचन सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन
http://go.oclaserver.com/afu.php?zoneid=1465736