arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

नेपालद्वारा भारतसँग कन्चनपुर घटनाका दोषीमाथि कडा कारबाही गर्न माग text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २७, शुक्रवार)

भारतीय सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भएको विषयलाई लिएर परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग शुक्रबार (आज) बिहान फोनवार्ता गरेका छन् ।

मन्त्री डा. महतले सो वार्तामा गोली भारतीय प्रहरीले चलाएको भन्ने विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति उनको ध्यानाकर्षण गराएका थिए ।

नेपाली नागरिकको ज्यान गएको यस घटनाको छानबिन गरी यसमा संलग्न दोषीमाथि कारबाहीका साथै आइन्दा यस्ता घटना हुन नदिन भारतीय पक्षबाट लिनुपर्ने सावधानीका लागि पनि विदेशमन्त्री स्वराजसँग मन्त्री डा. महतले आग्रह गरेका थिए ।

वार्ताकाक्रममा भारतीय विदेशमन्त्री स्वराजले घटनालाई भारत सरकारले पनि गम्भीररुपमा लिएको र घटनाबारे स्थानीयस्तरमा यथार्थ बुझ्ने काम भइरहेको जानकारी दिइन् ।

यसैबीच, नेपालस्थित भारतीय कार्यबाहक राजदूत विनयकुमारलाई शुक्रबार बिहान परराष्ट्र मन्त्रालय सिंहदरबारमा बोलाएर उक्त घटनाका सम्बन्धमा नेपाल सरकारका तर्फबाट भारतलाई कूटनीतिक नोट हस्तान्तरण गरिएको छ ।

परराष्ट्रसचिव शंकरदाश वैरागीले हस्तान्तरण गरेको सो नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

साथै, सो नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह पनि गरिएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
नेपाली सीमास्तम्भ बर्षौदेखि गायब
केन्द्रमा बढीमा १६ मन्त्रालय रहने
भूकम्पप्रभावित थप १७ जिल्लामा पनि निजी आवास निर्माणको अनुदान रकम वितरण प्रक्रिया सुरु
कांग्रेसद्वारा सीमांकनबाहेकका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाउने निर्णय
अब विवाहमा बढीमा १ सय ५० जन्ती लैजान पाइने
बुद्धिजीवीहरुसँग ओलीको छलफल, हरेक क्षेत्र राजनीतिक हस्तक्षेपको शिकार बन्यो : ओली
दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग
मकवानपुर काँग्रेसको जिल्ला भेला सम्पन्न, ७ सय ५६ जना काँग्रेसमा प्रवेश
चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा स्थानान्तरण गरिने
नेपाल र चीनबीच चारवटा सञ्जाल जोडिन्छ : प्रधानमन्त्री दाहाल
गाउँमा पहिलोपटक सिधै बजेट
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम
स्थानीय निर्वाचनको लागि २२ जिल्लाको मतपत्र छाप्ने कार्य पूरा
वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण
स्थानीय निर्वाचनका लागि ६४ जिल्लामा मतदान केन्द्र तोकियो, करिब १ करोड ४० लाख मतदाता
प्यूठानको स्वर्गद्धारी जाँदै गरेको जिप दुर्घटना, एकै परिवारका ४ को मृत्यु
प्रधानमन्त्री दाहाल चीन प्रस्थान
अब देशभर पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण
स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिइने
देशभरका पुनःसंरचित ७४४ स्थानीय तहलाई एक करोडकादरले ७४४ करोड अनुदान निकासा