arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रधानमन्त्री देउवाद्वारा निर्माणधीन नारायणगढ-मुग्लिन सडकखन्डको निरीक्षणtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १८, बुधवार)


प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको  लाईफ लाईन  सडकको रुपमा रहेको नारायणगढ-मुग्लिन सडकखण्ड निर्माणको काम छिटो सम्पन्न गर्न सरोकारवाल निकायलाई निर्देशन दिएका छन्।

बुधबार उक्त सडकको स्थलगन अनुगमन गर्दै प्रधानमन्त्रीले हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कारवाही गर्ने बताएका हुन्।  यो सडक मुलुकको लाईफ लाईन हो  प्रधानमन्त्रीले आयोजना पुमुख र ठकेदारहरुलाई निर्देशन दिँदै भने,  तपाईहरुले यो सडकका कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिदैन। कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो यो सडक निर्माण पुरा गर्नुहोस्।

प्रधानमन्त्री देउवाले सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफु तत्काल समाधान गर्न तयार रहेको पनि बताए।  सडक चाडो निर्माण गर्न सरकारी कुनै निकायबाट कुनै खालको ढिलासुस्ती भएको छ भने सिधै मलाई भन्नुहोस्,  प्रधानमन्त्रीले भने,  म तुरुन्त त्यो समस्या समाधान गर्छु।

प्रधानमन्त्रीले निर्माणका क्रममा मुख्य दातृ निकाय विश्व बैकसँग कुनै समस्या भए पनि आफुले छलफल गरेर समाधान गर्ने पनि बताउँनुभयो। प्रधानमन्त्रीले मुग्लिन–नारायणगण सडक खण्डको आधाभन्दा बढी २० किलोमिटर अवलोकन पनि गर्नुभयो। चितवनको रामनगरबाट २० किलोमिटर गग्लिनतर्फ स्थलतगत अध्ययन गरेर सडक निर्माणको अवलोकन गरेक थिए।

प्रधानमन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको जिम्मा पाएका ठकेदारहरुले तत्काल काम अघि बढाएर दशैसम्ममा सवारी साधनको सहज आवत जावत हुने बन्दोवस्ती गर्न पनि निर्देशन दिए।  चाडवाडको समय आउन लागेको छ दशैंअघि जसरी पनि सवारी साधान आवतजावत सहज हुने गरी काम गर्नहोस्प्र धानमन्त्रीले भने।

प्रधानमन्त्रीले छिटो काम सम्पन्न गर्ने ठकेदारलाई पुरस्किृत र ढिलासुस्ती गर्नेलाई सरकारले कारवाही समेत गर्ने पनि बताए।  तपाई ठेकेदारहरुले मुलुकका लागि यति धेरै महत्व राख्ने यो सडक निर्माणमा ढिला सुस्ती गर्दा यसको चौतर्फि असर हुन्छ। अब समय तालिका बनाएर मलाई बुझाउनुहोस्, सोही अनुसार काम अघि बढाउनुहोस्  प्रधानमन्त्रीले भने,  काममा कुनै खालको हेलचक्राई भएको पाईएमा जसबाट भएको छ उसलाई म कारवाही गर्छु र राम्रो काम गरेर छिटो सम्पन्न गर्नुभयो भने म पुरस्किृत पनि गर्छु।

प्रधानमन्त्रीले सडक निर्माणका क्रममा कामदार लगायत सबैको सुरक्षामा ध्यानदिन पनि ठकेदारहरुलाई निर्देशन दिए।  सडक निर्माणमा कामदारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ। त्यसैले कामदारको सुरक्षाको लागि सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनुहोस्प्र धानमन्त्रीले भने,  सडकमा हिड्ने बटुवा र यात्रहरुको सुरक्षालाई पनि ध्यान दिएर सडकमा देखिएका जोखिमहरु तत्काल व्यवस्थापन गर्नुहोस्।

प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौंदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी आएका थिए । उनले आँपटारीदेखि दासढुंगासम्मको करीब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए ।

दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरेका थिए। सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे उनलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुगेका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए ।  अहिलेसम्म किन प्रगति भएन, सक्ने ठाउँमा चाडो काम गर्नुपर्यो,  उनले भने ।  निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको मन्त्री बलायरको भनाइ थियो । सेतोपाटीमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
संविधान संशोधन विधेयक अस्वीकृत
विद्युत उत्पादन अनुमतिपत्रका लागि आवश्यक विवरण नबुझाउने प्रवद्र्धकहरुको दरखास्त खारेज
धनगढीबाट डोटी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ जना घाइते
संघीय र प्रदेश संसदको निर्वाचन आगामी मंसिर १० गते एकै दिन
स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिए
मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले देशभर बदली भएसँगै वर्षा, भोलिबाट मौसम सुधार
राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल
पूर्वमा अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु, रोगको पहिचान हुन सकेन्
प्रदेश २ को स्थानीय चुनावलाई सरकारी संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन
सर्वोच्चद्वारा बाढीपीडितलाई राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्न अन्तरिम आदेश
बाढी-पहिरोबाट हालसम्म देशभरमा १३५ जनाको मृत्यु, पीडितलाई प्रतिदिन ७० रुपैयाँ राहत
मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव
अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ४ अर्बको कृषि उपजमा क्षति
आगामी मंसिरभित्रै एकैपटक निर्वाचन गराउन तीन दल सहमत
रौतहटमा मृत्यु हुनेको संख्या १९ पुग्यो, बाढीले बगाउँदा बालकको मृत्यु
बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइ नसकेको भन्दै नआत्तिन आग्रह
अहिलेसम्म देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०
राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन
प्रदेश नम्बर-२ मा निर्वाचन आचारसंहिता लागू
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे