arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

Weekly Nepali Horoscope साप्ताहिक राशिफलtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख २९, शुक्रवार)

Weekly Nepali Horoscope साप्ताहिक राशिफल २०७४,  वैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म 

मेष

राजनैतिक वादविवादको सामना गर्नुपर्ला । महत्वपूर्ण सभासम्मेलनमा सहभागी भइनेछ । कार्यव्यस्तता बढ्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्न उत्साह जाग्नेछ । व्यवसाय परिवर्तन गर्ने विषयमा पारिवारिक मत मिल्नेछ । चन्द्रमाको आराधानाले थप सफलता प्राप्त हुनसक्छ ।


वृष

आर्थिक संकट तथा निराशामा प्रेमिकाले खुलेर सहयोग गर्नेछिन् । वैदशिक अध्ययनका लागि गरिएको लगानी खेर जानेछैन । मित्रहरूले सहयोग गर्न ढिलाइ गर्दा प्राप्त अवसर गुमाउनुपर्दा मन खिन्न हुनेछ । साताको अन्त्यतिर अनुसन्धानमूलक कार्यबाट जस पाइनेछ । पूर्वतर्फको यात्रा गर्दा जस पाइनेछ ।


मिथुन

प्रतिस्प्रर्धीले छवि बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नो पोल्टामा पर्नेछ । अध्ययनका निम्ति देखिएको दोधारे प्रवृत्ति स्वत: निष्क्रिय हुनेछ । यात्राको अवसरसँगै चुनौतीको पनि सामना गर्नुपर्ने हुन सक्छ । हरियो रंग प्रयोग गर्दा सहजता महसुस हुनेछ ।


कर्कट

विदेशी पाहुनाहरूसँगको भेटघाट एवं मनोरञ्जनले मानसिक तनाव कम गर्नेछ । अध्ययनका निम्ति विदेश जाने प्रेरणा तथा सुझाव प्राप्त हुन सक्छ । रोजगारीको अवसर हात पार्न थप परिश्रम गर्नुपर्नेछ । खानपानको फेरबदलले स्वास्थ्यसम्बन्धी गडबडी सिर्जना गर्ने सम्भावना छ । 


सिंह

कलाकौशल देखाएर प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । अभिभावकहरूसँग केही दिनको अन्तरालमा भेट हुँदा मन प्रफुलित हुनेछ । परोपकारमा सक्रिय हुँदा ठुलो आत्मसन्तुष्टि प्राप्त होला । तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गर्नेछ ।


कन्या

स्वरोजगारको अवसर जुट्नेछ । साथीभाइसँग भ्रमण गर्दा आफ्नै धन खर्च हुनेछ । कर्मचारी वर्गहरूका निम्ति स्थान परिर्वतन वा नयाँ अवसर आइलाग्ने सम्भावना छ । महत्वपूर्ण व्यक्तिहरूसँग परिचित भै जिम्मेवारी प्राप्त गर्न सकिने देखिन्छ ।


तुला

साथीसँगको उठबसले खर्च वृद्धि गराउनेछ । आफन्तलाई वचन दिँदा विशेषध्यान पुर्‍याउनु होला । काममा सफलता हासिल गर्न प्रयत्न दोहोर्‍याउनुपर्नेछ । सामाजिक क्षेत्रमा गरिएका कार्यले विपक्षीको षड्यन्त्रलाई निस्तेज तुल्याउननेछ । 


वृश्चिक

बेग्ला-बेग्लै विचार भएका साथीसँग भलाकुसारी गर्दै साता व्यतीत हुनेछ । परिवारका सदस्यहरूको संलग्नतामा मंगलिक कार्यमा सहभागी भइनेछ । खरानी रंगको सवारी साधन प्रयोगमा ल्याउन सके विशेष फाइदा मिल्न सक्छ । धनको जोहो गर्न विशेष ध्यान पुर्‍याउनुहोला ।


धनु

विशिष्टजनको सल्लाहमा गरिएका कार्यले उचाइमा पुगिनेछ । अचल सम्पत्तिको खरिद बिक्रीमा नोक्सान हुनेछैन । राजनितिक भेटघाटले मनोबल उच्च बनाउनेछ । मनोरञ्जनमा रमाउँदा खर्चको भार आफुले बेहोर्नुपर्ला । सप्ताहान्तमा अध्ययन-अध्यापनमा अवरोध देखा पर्ने सम्भावना छ ।


मकर

साथीभाइको सुझावबाट थालिएका व्यवसायले गति लिनेछ । व्यवसाय सञ्चालन गर्न थप लगानीको आवश्यकता पर्नेछ । सामाजिक काममा अपजस आइलाग्न सक्छ । प्रेमिकाको सुझाव अनुसरण गरे सफलता नजिक पुगिनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला ।


कुम्भ

आकर्षक पहिरनले अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता प्राप्त होला । पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । लगानीले गतिलो आम्दानी हात लगाउनेछ । साताको अन्त्यमा सामाजिक क्षेत्रमा सहभागी हुने अवसर जुट्नेछ । 


मीन

शारीरिक सौन्दर्यमा जोड दिनाले खर्च वृद्धि हुनेछ । मित्रहरूको आलोचनालाई सकारात्मक रूपमा लिन सके उचाइमा पुगिनेछ । महत्वपूर्ण कार्य मंगलबार तथा बिहीबार सम्पन्न गर्नुहोला । खानपान एवं दैनिक जीवनचर्याले स्वास्थ्यमा उथलपुथल निम्त्याउन सक्छ, सचेतता आवश्यक छ ।

 

- रामप्रसाद सिटौला (फलित ज्योतिष, कान्तिपुर)
 


बार्षिक राशिफल २०७४ 

 मेष 
पूर्वाद्र्धमा केही उतारचढाव देखिए पनि समग्रमा वर्ष-२०७४ फलदायी रहनेछ । भदौ २१ गतेसम्म व्यवसायिक संक्रमणकाल रहनेछ भने खर्च बढ्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि संघर्षले अधिकार एवं प्रतिष्ठा दिलाउनेछ । भदौ २१ देखि फागुन २७ गतेसम्म गुरुको अनुकूलताले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ । भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्नेछ । साउन २१ गतेदेखि सुखभावमा राहुको उपस्थितिले परिवारजनमा असमझदारी निम्त्याउन सक्छ । जेठ ६ गतेदेखि मंसिर २१ गतेसम्म कष्टभावमा रहने अढैया शनिले काममा बाधा, मनमा अशान्ति, चोटपटक तथा स्वास्थ्यमा प्रतिकूलता सिर्जना गर्ने देखिन्छ । नियमित कालीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा शनिको प्रभाव कम हुनेछ । असार, असोज, माघ र फागुन महिनामा धनलाभ होला । वैशाख, साउन, मंसिर तथा चैत महिना स्वास्थ्यका दृष्ट्रिले प्रतिकूल रहनेछन् ।

वृष 
बृहस्पतिको अनुकूलताले वर्षको प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् । सुरुको मेहनतले वर्षभरि नै लाभ उठाउन सकिनेछ । अध्ययनको सफलताले विदेश जाने अवसरसमेत दिलाउन सक्छ । प्रेम सम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ । भदौ २१ देखि बृहस्पति शत्रुभावमा जाने हुँदा आफन्तहरूसँग वैरभाव बढ्न सक्छ । साउन २१ गतेसम्म सुखभावमा राहुको उपस्थितिले पारिवारिक वातावरण खलबल्याउन सक्छ । वैशाख र मंसिरपछि कष्टभावमा रहने शनिले विविध समस्या निम्त्याउनुका साथै दु:ख पाइने काम गराउन सक्छ । अत्यधिक खर्चले ऋणभार बढ्न सक्छ । शनिबार पीपलमा जल चढाउनुका साथै काली एवं शनिको आराधना गर्नाले प्रतिकूल समयको सामना गर्ने शक्ति प्राप्त हुनेछ । आफ्ना इष्टदेवको पूजा गरेर रोकिएका काममा पुन: प्रयास गर्दा लाभ हुनेछ । साउन, कात्तिक, फागुन र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, जेठ, भदौ र मंसिर महिना प्रतिकूल रहनेछन् ।

मिथुन
घरायसी समस्या निम्तिए पनि समग्रमा यो वर्ष शुभफलदायी रहनेछ । अर्थ उपार्जनका विभिन्न स्रोत जुट्नेछन् भने आवास, भूमि तथा सवारीसुख प्राप्त हुनेछ । प्रेमले वैवाहिक मार्ग अवलम्बन गर्नुका साथै सन्तान सुखको योगसमेत छ । मेहनत गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुने सम्भावना छ । भदौ २१ गतेदेखि विद्याभावमा बृहस्पतिको स्थानान्तरणले बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा सफलता प्राप्त हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ । रोजगारी वा अध्ययनको सिलसिलामा विदेश जाने अवसर प्राप्त हुनेछ । वर्षारम्भमा भागबन्डा, साझेदारी जस्ता विषयमा विवाद सिर्जना हुन सक्छ । नीति-नियम पालना नगर्नाले जरिवानामा परिनेछ । वर्षको उत्तराद्र्धमा प्रेमसम्बन्धमा खटपटी सिर्जना हुने देखिन्छ । आफ्ना इष्टदेवताको पूजा-आराधना गर्दा प्रतिकूल समयको प्रभाव कम हुनेछ । वैशाख, भदौ, मंसिर तथा चैत महिना लाभदायक छन् । जेठ, असार, असोज र माघ महिना केही कष्टदायक रहनेछन् ।

कर्कट
ग्रहस्थिति मध्यम फलदायी देखिन्छ । प्रयत्न गर्दा आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । नोकरी तथा राजनीतिमा विशेष पद प्राप्त हुने सम्भावना छ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ भने प्रेमसम्बन्धले पनि विवाहरूपी निकास पाउनेछ । विद्यार्थीहरूका लागि वर्षको प्रारम्भ र अन्त्य उपलब्धिमूलक रहनेछ । साउन २१ गते प्रवेश गर्ने राहुको प्रभावले गलत बाटो रोजाउनेछ भने शुभचिन्तकहरूले साथ दिन छोड्नेछन् । भदौ २१ गते गृहभावमा बृहस्पतिको स्थानान्तरणले कामको दायित्व बढाउनेछ । बुद्धि-विवेकले काम लिन नसकिएला । साझेदारीमा विवाद एवं परिवारजनमा असमझदारी बढ्न सक्छ । मंसिरदेखि शनिदेवको अनुकूलताले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । व्यापार-व्यवसाय विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ होला । आफ्ना इष्टदेव, बंगलामुखी भगवती तथा वटुक भैरवको पूजा-आराधना गर्नाले फाइदा मिल्नेछ । वैशाख, जेठ, असोज र पुस महिना फाइदाजनक छन् । असार, साउन, कात्तिक र फागुन महिनामा समस्या सिर्जना हुन सक्छन् ।

सिंह
बृहस्पतिको प्रभावले वर्षारम्भ उत्साहजनक रहनेछ । इच्छाशक्ति एवं लगनशीलताका कारण बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । लेखन तथा अभिव्यक्ति कलामा निखार आउनेछ । प्रशंसनीय कामले मान-सम्मान दिलाउनेछ । प्रेमसम्बन्धले विवाहरूपी निकास प्राप्त गर्न सक्छ । व्यवसाय फस्टाउनेछ भने फसेको धनसमेत उठ्न सक्छ । यो वर्ष राहु र शनिको प्रतिकूल प्रभावले समस्यासमेत देखा पर्नेछन् । आफ्नै असंयमित व्यवहारले विवाद निम्त्याउन सक्छ । मनग्गे आम्दानी भए पनि धनसञ्चय गर्न नसकिएला । साउन २१ देखि व्ययभावमा जाने राहुले आकस्मिक खर्च बढाउनुका साथै आर्थिक संकट उत्पन्न गर्न सक्छ । वैदेशिक रोजगारीमा पनि समस्या सिर्जना हुन सक्छ । जेठदेखि कात्तिकसम्म शनिको अढैयाका कारण परिस्थिति केही कमजोर बन्नेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ । मंसिरदेखि स्थितिमा सुधार आउनुका साथै आफन्तहरूको सहयोग प्राप्त हुनेछ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र बटुक भैरवको पूजा-आराधना गर्नुहोला । कात्तिक, माघ, जेठ तथा असार महिना लाभदायक रहनेछन् । साउन, भदौ, मंसिर एवं चैत महिना प्रतिकूल हुन सक्छन् ।

कन्या
वर्षको प्रारम्भमा ग्रहहरू अनुकूल नहुनाले केही समस्या देखा पर्नेछ । पारिवारिक असमझदारीले आफ्नाबाट टाढा पुर्‍याउन सक्छ । काम बिग्रने डरले सताउनेछ भने भैपरी आउने समस्याले खर्च बढाउन सक्छ । साउन २१ गतेदेखि राहुको अनुकूल स्थानान्तरणले स्थितिमा सुधार ल्याउनुका साथै आम्दानीको नयाँ स्रोत जुट्नेछ । भदौ २१ देखि धनभावमा जाने बृहस्पतिले भाग्यलाई बलवान् बनाउनेछ । बिग्रिएको प्रेमसम्बन्ध पुन:स्थापित हुनेछ भने दाम्पत्य सम्बन्ध पनि सुमधुर रहनेछ । बौद्धिक अभिव्यक्तिले मानसम्मान दिलाउनेछ । शैक्षिक क्षेत्रमा राम्रै उपलब्धि हासिल हुनेछ । नोकरीमा कामको दायित्व बढ्नुका साथै अनुकूल स्थानप्राप्ति हुनसक्छ । धन संग्रहसमेत गर्न सकिनेछ । वैशाख तथा मंसिरपछिका महिनामा सुखस्थानमा अढैया शनिको प्रभावका कारण अशान्ति, स्वास्थ्यबाधा, धनहानि, लाञ्छनाजस्ता समस्या सिर्जना भै मन विचलित बनाउनेछ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली, बटुक भैरव तथा आफ्ना इष्टदेवको पूजा-आराधना गर्नुहोला । असार, साउन, मंसिर तथा फागुन महिनामा प्रयत्न गरिएका काममा सफलता हात पर्नेछ । वैशाख, भदौ, असोज तथा पुस महिना सामान्य छन् ।

तुला
यो वर्ष फलदायी रहनेछ । बृहस्पतिको प्रभावले टाढाको यात्रा, धर्मकर्म वा मंगलकार्यका लागि धन खर्च गरिनेछ । अध्ययन तथा व्यवसायमा भने बाधा सिर्जना हुनेछ । प्रतिकूल स्थानान्तरणले रोजगारीमा समस्या निम्त्याउन सक्छ । भदौ २१ गतेदेखि जन्मराशिमा बृहस्पतिको आगमनले नोकरी तथा स्थापित व्यवसायमा फाइदा हुनेछ भने परिवारजनमा असमझदारी बढ्न सक्छ । वर्षको मध्यतिर आम्दानी कम तथा खर्च अत्यधिक हुनुका साथै तीव्र आलोचना सहनुपर्ने हुन सक्छ । स्वास्थ्य समस्या सिर्जना भै आँटेका काममा अवरोध खडा हुने देखिन्छ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । प्रेमसम्बन्धमा अवरोध तथा दाम्पत्य जीवनमा मतभेद देखापर्न सक्छ । दीर्घकालीन योजना नहुँदा उपलब्धिबिनै समय व्यतीत हुनेछ । मंसिरदेखि शनिको अनुकूल स्थानान्तरणले स्थितिमा सुधार आउनेछ । प्रतिद्वन्द्वीहरू परास्त हुनुका साथै गुमेको अवसर पुन: प्राप्त हुनेछ । प्रतिकूल समयमा शनिदेवको पूजा-आराधना गर्नुहोला । साउन, भदौ, पुस तथा चैत महिनामा काममा सफलता हात पर्नेछ । जेठ, असोज, कात्तिक तथा माघ महिना स्वास्थ्यका दृष्टिले बाधक रहनेछन् ।

वृश्चिक
यो वर्ष कामको पूर्णता अनिश्चित भए पनि सुरुको मेहनतले वर्षभरि नै फाइदा दिनेछ । भदौ २१ सम्म बृहस्पतिको अनुकूल प्रभावले अग्रजहरूको सहयोग एवं सद्भाव प्राप्त हुनेछ । मनग्गे अर्थ उपार्जन गर्ने समय छ । प्रशंसनीय कामले थप अवसर जुटाउनेछ । प्रेमको गाँठो कसिनुका साथै समाजसेवा एवं परोपकारी काममा मन जानेछ । भदौदेखि गुरु खर्चभावमा जाने तथा वर्षभरि साढेसात शनिको प्रभाव रहने हुँदाबीच-बीचमा अवरोधको सामना गर्नुपर्ला । काम रोकिनेछ भने अध्ययनमा बाधा सिर्जना हुनसक्छ । ईष्र्या गर्नेहरूले चर्को आलोचना गर्नेछन् । झूटा आरोप, अत्यधिक विलम्ब, आर्थिक कठिनाइ एवं मानहानिको योग भएकाले सावधानी अपनाउनुहोला । देश-विदेशको यात्राका साथै नोकरीमा स्थान परिवर्तन हुने योग छ । विधिपूर्वक शनिको पूजा-आराधना गर्दा प्रतिकूलताबाट जोगिन सकिनेछ । शनिबार पीपलमा जल चढाइ, इष्टदेव एवं काली भगवतीको पूजा-आराधना गर्दा प्रतिकूल समयको प्रभाव कम हुनेछ । वैशाख, भदौ, असोज तथा माघ महिनामा गरिएका प्रयासहरू सकारात्मक रहनेछन् भने असार, कात्तिक, मंसिर तथा फागुन महिना चुनौतिपूर्ण सावित हुनेछन् ।

धनु
यो वर्ष बृहस्पतिले विभिन्न अवसर जुटाउने सम्भावना छ । नोकरीमा प्रवेश वा पदोन्नति, व्यापारमा वृद्धि तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने योग छ । दोहोर्‍याएर प्रयत्न गर्नुपरे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । अध्ययनले गति लिनेछ भने व्यवहारिक ज्ञानमा वृद्धि हुनेछ । भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ । कीर्तिमानी काम गर्दै नाम, दाम तथा इनाम हातपार्ने समय छ । देश-विदेश घुम्ने अवसर जुर्न सक्छ । शनिको प्रभावमा घरायसी विवाद चुलिन सक्छ । जन्म समयमा प्रतिकूल शनि हुनेहरूमा अस्वस्थता, झूटा आरोप, धनहानिजस्ता बाधा सिर्जना हुनुका साथै टाउको तथा नसा-जोर्नीमा समस्या देखापर्न सक्छ । साउन २१ गतेदेखि कष्टभावमा जाने राहुले दुर्घटना, चोटपटक, रोग, बिछोड आदि निम्याउने सम्भावना छ । शनि प्रतिकूल हुनेहरूले कालीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ । राहु शान्तिका लागि छिन्नमस्ता तथा वटुक भैरवको पूजा गर्नुपर्नेछ । जेठ, असोज, कात्तिक तथा फागुन महिना शुभ रहनेछन् भने साउन, मंसिर, पुस तथा चैत महिना प्रतिकूल हुन सक्छन् ।

मकर
विविध अवसरका साथै चुनौतीसमेत देखापर्नेछन् । संघर्ष गर्नुपरे पनि कर्म बलियो छ । बृहस्पतिको अनुकूलताका कारण धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक ख्याति वृद्धि हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम तथा इनाम कमाउने समय छ । वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुनेसम्भावना छ । व्यापारमा मनग्गे लाभ हुनाले चल-अचल सम्पत्ति जोड्न सकिनेछ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययनमा प्रगति होला । राहुको प्रतिकूल प्रभावले स्वास्थ्यमा बाधा, दाम्पत्य जीवनमा मतभेद तथा प्रेमसम्बन्धमा खटपटी सिर्जना हुनसक्छ । वैशाखका साथै मंसिरपछिका महिनामा साढेसात शनिको प्रभावले अर्थ अभाव, चोटपटक, शरीरमा कष्ट जस्ता समस्या निम्तिने देखिन्छ । जन्मलग्नमा शनि र राहु प्रतिकूल हुनेहरूले काली, हनुमान एवं वटुक भैरवको उपासना गर्नुहोला । यो वर्ष असार, कात्तिक, मंसिर तथा चैत अनुकूल छन् भने वैशाख, भदौ र पुस महिना प्रतिकूल रहनेछन् ।

कुम्भ
सुरुका पाँच महिनामा अधिक खर्च हुनेछ । आर्थिक अवस्था कमजोर हुनुका साथै ऋणभारसमेत बढ्न सक्छ । प्रतिकूल स्वास्थ्यका बाबजुद कामको बोझ बढ्नेछ । स्थायी सम्पत्तिमा विवाद सिर्जना हुनुका साथै परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । साउन २१ देखि राहुको राशिपरिवर्तनले स्थितिमा सुधार ल्याउनेछ । भदौ २१ देखि भाग्यभावमा बृहस्पतिको स्थानान्तरणले आफ्नो वर्चस्व बढाउनेछ । देश-विदेशको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । मेहनतले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ । नोकरीमा प्रवेश पाउने बलियो सम्भावना छ । भाग्यले प्रेमपात्र जुटाउनुका साथै वैवाहिक सम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ । वर्षैभरि शनि अनुकूल हुनाले भौतिक सुख-सुविधाको कमी हुनेछैन । व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट पनि फाइदा हुनेछ । बहुमूल्य धातु, यन्त्र एवं सवारीसाधन प्राप्त हुने सम्भावना छ । यो वर्षको वैशाख, साउन, मंसिर र पुस महिना फाइदाजनक छन् भने जेठ, असोज तथा माघ महिना सामान्य रहनेछन् ।

मीन
वर्षको प्रारम्भिक समय र अन्त्य उत्साहजनक रहनेछन् । विभिन्न अवसर प्राप्त हुनुका साथै आय-आर्जनका प्रशस्तै स्रोत फेला पर्नेछन् । व्यवसायमा सोचेजस्तै सफलता हात पर्नेछ । प्रेमको बन्धन कसिनुका साथै दाम्पत्य सम्बन्ध स्थापित हुने समय छ । मेहनतले उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति दिलाउन सक्छ । विद्यार्थीहरूको तर्कशक्ति वृद्धि हुनेछ । अध्ययन तथा रोजगारीका लागि विदेश यात्राको अवसर प्राप्त हुनेछ । राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा सिर्जना गर्न सक्छ । गुरुजनसँग असमझदारी बढ्नेछ भने अध्ययनमा लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ । असोजदेखि फागुनसम्म अत्यधिक खर्च हुनेछ भने व्यवहार चलाउन कर्जा लिनुपर्ने हुनसक्छ । साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानमा स्थानान्तरण हुन सक्छ । प्रतिकूल समयमा बटुकभैरव एवं बंगलामुखीको पूजा गर्नुहोला । वर्षको अन्त्यमा आफ्नो पहुँच वृद्धि हुनेछ भने सुखद समाचारले आनन्द प्रदान गर्नेछ । आर्थिक रूपमा जेठ, भदौ, पुस तथा माघ महिना फाइदाजनक रहनेछन् । असार, कात्तिक तथा फागुन महिनामा संयमित भएर काम गर्नुहोला ।

-  कान्तिपुर

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
हार्दिक श्रद्धाञ्जली - सम्पूर्ण के.सी परिवार बि.स २०७४ साउन ९ सोमबार
जन्मदिनको सअर्थ केसीलाई शुभकामना - साउन ८, 24 July
मतदाता नामावलीमा नाम दर्ता गर्ने सम्बन्धी जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको जरुरी सुचना
थ्री ब्रदर्श गेष्ट हाउस मित्रनगर गंगबु नयाँ बसपार्क काठमाडौं
शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापन अभियान (विधान २०७३)
अन्लाईन जनमत संग्रह: नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?
सिआईजी अर्घाखाँचीको अपिल
विश्वकर्मा जन कल्याण समाज - विजया दशामी तथा शुभ दीपावलीशुभ कामना
लुम्बिनी तन्दुरी भोजनालय, ललितपुर
विजया दशामी तथा दीपावलीको हार्दिक शुभकामना :-न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल
New Sagar and Sagarmatha Tour Services
जन्मदिनको शुभकामना - साउन ८, २०७२
जन्मदिनको शुभ-कामना
जीवनरक्षाको लागि सहयोग अपिल
कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
अर्घाखाँची आवसिय उच्च माविमा २०७३ सालको नयाँ भर्ना सम्बन्धी सूचना
अर्घाखाँची जिल्लाको संक्षिप्त परिचय
सन्धिखर्क नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०७३/७४, भाग - ३
सन्धिखर्क नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०७३/७४, भाग - २
सन्धिखर्क नगरपालिकाको वार्षिक नगर विकास योजना आ.व. २०७३/७४, भाग - १