arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

भुमिकस्थान नगरपालिकाको ठुलाखर्कका टोलहरुमा पूर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न (तस्बिर)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २५, बुधवार)

प्रेम नारायण आचार्य 

ठुलाखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकस्थान नगरपालिका वार्ड नम्बर ३ अन्तर्गत ठुलाखर्कका टोलहरुमा चौतारा सरसफाई ब्यबस्थापन समिति र सरोकारवालाहरुको पूर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । 


चौतारा सरसफाई ब्यबस्थापन समितिलाई अगाढी बढ्न सहयोग पुर्याउने उदेश्यका साथ यु एन हेविटाट र प्रकाश सचेतन समुह ( प्राग ) को सहजीकरण सहयोगमा  मंगलबार २४ असोजका दिन चौतारा सरसफाई ब्यबस्थापन समिति र सरोकारवालाहरुको पूर्ण सरसफाई सम्बन्धि एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।  
 

 ठुलाखर्कमा पर्ने परियार टोल, थापा टोल, पाण्डे टोल, भाट टोल, गैरा टोल, वेवरे, बेथ्थला लगायत विभिन्न ससाना टोल समेटेर ५८ घरपरिवार र सिदार्थ आधारभूत बिद्यालय भएको क्षेत्रलाई चौतारा नामकरण गरि उक्त समुदायलाई वार्डमा अरुले भन्दा छिटो सफा र स्वच्छ समुदाय बनाउने सोच रखिएको छ ।  


समितीका अध्यक्षत राजु पाण्डेको अध्यक्षतामा संचालित उक्त तालिमको सहजीकरण यु एन हेविटाट क जिल्ला संयोजक बिष्णु दवाडी र प्रकाश सचेतन समुह ( प्राग ) का कार्यक्रम संयोजक भविश्वर पौडेल र वास अफिसर श्याम सुन्दर दुंगानाले गर्नु भएको थियो ।  कार्यक्रममा समितिका सल्लाहकार एवं समाजसेवी बाबुराम बन्जाडेले स्वागत मन्तब्य र सामाजिक परिचालक हरि बहादुर के.सी ले शुभकामना मन्तब्य दिनु भएको थियो। 


श्याम सुन्दर दुंगानाले संचालन गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथी बिष्णु दवाडीले स्वास्थ्य, इज्जत, प्रतिष्ठा बढाउन र अरुका लागि समेत उदाहरणीय बन्न आजैदेखि सबै लाग्नु पर्ने धारणा राख्नु भएको थियो । 


४३ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा अध्यक्षले सबै मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिदै आफुले सक्दो प्रयत्न गरि प्रभाबकारी नेतृत्व बहन गर्ने प्रतिबद्दता जाहेर गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
एमाले पाणिनी गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा भूकम्पबाट क्षतिको विवरणमा १ हजार ३६ घरको तथ्यांक रहे पनि त्यो वास्तविक छैन:- भिष्मकुमार भुसाल
अर्घाखाँचीमा तिहार भन्दा चुनाबको चहलपहल बढि
एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटिको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
पाणिनी गाउँपालिकाको पणेनामा पुर्ण सरसफाई कार्यक्रम सम्पन्न
पाणिनीको खिदीम फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वार्ड घोषणा हुने
अर्घाखाँचीमा दोस्रो ए.सिए. क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु (तस्बिर सहित)
राष्ट्रिय जनमोर्चाद्धारा अर्घाखाँचीमा बि.सी केन्द्रिय सभा,के.सी.र थापा प्रदेश सभाको उम्मेद्धारमा छनोट
बिश्व हात धुने दिवस अर्घाखाँचीभर बिभिन्न कार्यक्रम गरि सम्पन्न
सामुदायिक रेडियो अर्घाखाँचीमा १४ बर्षे चुंदाली बन्नुभयो एक दिने रेडियोकर्मी
सन्धिखर्कका युवा राहदानी सिरानीमुनि राखेर कृषिकर्ममा जुटे
अर्घाखाँचीमा पटका पडकाउने पाँच जना पक्राउ
बाघ खोज्न सेना र प्रहरी ढिकुरा र खाँचीकोटका जंगलमै बास
तरुण दलले अर्घाखाँची काठमाडौं सम्पर्क समितीको प्रथम भेला सम्पन्न, अध्यक्षमा अर्जुन पोख्रेल
कांग्रेस अर्घाखाँचीले क्षेत्र नम्बर २ बाट प्रदेश सभाका लागि प्रत्यक्षमा नेतृ कमला आचार्यको नाम सिफारिस गरेपछि महिलाहरु उत्साहित
अर्घा भगवती क्ल्बद्दारा मसुरपाटामा आयोजित क्रिकेट प्रतियोगितामा UACC अर्घा क्ल्बको सानदार जित (तस्बिर सहित)
सन्धिखर्कको अर्घा बेल्टारिमा भैरब नाच सम्पन्न (भिडियो -तस्वीर सहित )
सन्धिखर्कको घोचेखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मालारानीको खनमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
मैदानका हरिप्रसाद भट्टराई सन्धिखर्कबाट बेपत्ता भएको लामो समयसम्म पनि फेला नपरेपछि सेना र प्रहरी परिचालन (भिडियो, तस्बिर सहित)