arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुनेtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ३, शुक्रवार)


हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।

उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ ।

उल्का वर्षा स्थानीय समय अनुसार आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

उल्का वर्षा हेर्नको लागि राति १२ः४५ पछिको समय उत्तम रहेको उनले बताए ।

अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोटिरसम्म हुने भएकोले करिब सात किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने अध्यक्ष भट्टराईले बताए ।

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने गर्छन् । यसैलाई उल्का वर्षा भन्ने गरिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा 'तारा खसेको' पनि भनिन्छ ।

बेलायती खगोलशास्त्री 'एडमण्ड हेली'ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलोको पुछ्रेतारा' भनिएको हो । यो एक नियमित पुछ्रेतारा हो । यसले हरेक ७५ बर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको पुछ्रेतारा अब सन् सन् २०६१ मा देख्न सकिनेछ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने
चुनावको दिन कस्तो रहला मौसम ?
देशभरका पहाडी र पूर्वी तराई क्षेत्रमा मौसम बदली, केही क्षेत्रमा बर्षा हुने
प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गर्यो
अब सवारीसाधनमा क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु
आज चन्द्रग्रहण लाग्ने, २ बजेर ७ मिनेटदेखि भोजन निषेध
नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक
टेलिकमको डाटा प्याकेज अनलाइनबाटै खरिद गर्न सकिने
सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी
बागलुङको तमानखोलामा पहिलो पटक टेलिकमको मोवाईल सेवा पुग्यो
चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु
वैज्ञानिकहरुको ठूलो सफलता ! एड्सको उपचार पत्ता लाग्यो
सय वर्षपछि पृथ्वी बस्न लायक नहुने, बाँच्नका लागि अन्य ग्रहमा जानुपर्ने
निर्वाचनका सबै गतिविधि हेर्नसक्ने 'इलेक्सन नेपाल' नामक मोबाइल एप्सको सुरु
नेपालमा अबको १३ वर्ष भित्रमा ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने
अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित, नेपालगन्जको तापक्रम ३८ डिग्री
जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउने
फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा
एनसेलका ग्राहकहरुले आजदेखि नि:शुल्क फेसबुक चलाउन पाउने
प्रिपेड मोबाइलमा पनि फोरजी, कल रिङ ब्याक टोन सेवा पुनः सुरु
http://go.oclaserver.com/afu.php?zoneid=1465736