arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?text size increase   text size decrease   Print    rss (२०७३ चैत्र २, बुधवार)

world news

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले संसारमा २४ क्यारेटको गहना नबन्ने दाबी गरेका छन् । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा सुन चाँदी व्यवसाय पीडित सङ्घर्ष समितिले गरेको पत्रकार सम्मेलनमा महर्जनले यस्तो दाबी गरेका हुन् । 

संसारमा २४ क्यारेटको गहना कहीँ कतै बन्दैन । तर नेपालमा खुलामखुल्ला २४ क्यारेटको बिल बनाएर पठाउने गरिन्छ, यो सोझै बेइमानी हो, अध्यक्ष महर्जनले भने, पटकपटक सरकारले व्यवसायीहरूलाई मौका दिँदा पनि व्यवसायी भित्रका विभिन्न सङ्गठनका कारण सरकारको निर्देशन विफल भएको छ ।

२४ क्यारेटका सुनका गहना भन्दै व्यासायीहरुबाट भइरहेको ठगी रोक्नका लागि आफूहरु अनशन बस्न बाध्य भएको पनि उनले जिकिर गरे ।

२४ क्यारेटका गहनाको नाममा सुन चाँदी व्यावसायीबाट भइरहेको ठगी रोक्न सरकारले निर्देशन दिँदा पनि टेरिएको छैन । यही कारणले अनसन बस्नुपर्ने भएको छ, उनले भने, व्यावसायीका माग र अहसजताले सरकारलाई निर्देशिका बनाउने काममा अलमल पारेको छ । निर्देशिका ल्याउन दबाबका लागि आमरण अनशनमा उत्रन्छौँ ।

पत्रकार सम्मेलनमा सुन चाँदी व्यवसाय पीडित सङ्घर्ष समितिले सुनमा भएको कालोबजारी अन्त्यका लागि सरकारसामु पाँचबुँदे माघ पनि अघि सारेको छ । 

सङ्घले सुन चाँदीमा कालो बजारी गर्नेलाई जेलमा हाल्नुपर्ने, राज्यद्वारा आवश्यक सुनचाँदी वितरण गर्नुपर्ने र वैज्ञानिक गहना निर्देशिका लागू गनुुपर्नेसहितका ५ बुँदे माग अघि सारेको हो । 

संसारमा २४ क्यारेटको गहना कहीँ कतै बन्दैन । तर नेपालमा खुलामखुल्ला २४ क्यारेटको बिल बनाएर पठाउने गरिन्छ, यो सोझै बेइमानी हो, अध्यक्ष महर्जनले भने, पटकपटक सरकारले व्यवसायीहरूलाई मौका दिँदा पनि व्यवसायी भित्रका विभिन्न सङ्गठनका कारण सरकारको निर्देशन विफल भएको छ ।

सङ्घर्ष समितिका अध्यक्ष हरिशंकर सर्राफले सुनचाँदी व्यवसायीले महिनामा ५० ग्राम सुन लिएर वर्षमा २० लाख कारोबार गरेको भनेर कर तिर्नुपरेको गुनासो पोखेका छन् । 

आगामी १० दिनभित्र सुनमा भएको कालो बजारीको अन्त्यको लागि सरकारले प्रभावकारी कदम चाल्न सकेन भने मेरोे पेसाको लागि जीवन दिन तयार छु, उनले भने, घरजग्गा बेचेर सुरु गरेको व्यवसाय धरापमा पार्ने काम कालोबजारीले गरेका छन् । यिनलाई कारबाही र व्यवसायीलाई सहज आपूर्तिको वातावरण सिर्जना गर्नुपर्छ, यदि यसो नगरे म आमरण अनसनमा बस्छु ।

आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बजारमा चलेका सुनचाँदी व्यवसायी महासङ्घका मानिसले नै कालोबजारी गरेको भन्ने खबर आफूले पहिलो पटक सुनेको बताए । 

पीडितका मागहरू सम्बोधनका लागि म सरकारसँग छलफल गर्छु, सङ्घर्ष समितिले जुन अल्टिमेटम दिएको छ, निर्देशक श्रेष्ठले भने, माग अघि सारेको छ । यसमा म गम्भीर छु, जहाँसम्म अनसन बस्नु नपर्ला ।

त्यस्तै सुन चाँदी व्यवसाय पीडित सङ्घर्ष समितिका सदस्य सुसन सर्जन रामदामले नेपाल सुनचाँदी व्यवासायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घले व्यवसायीहरूलाई सुन चाँदी पारदर्शी रूपमा वितरण गर्नुपर्ने माग गरे। 

कालो बजारीको अन्त्य नगरी व्यवसायीको भविष्य जोगाउन महासङ्घ गैरजिम्मेवार भएर बसेको छ, उनले भने, सुन नपाएर व्यवसायीहरू आमरण अनसनमा बस्नु दुखको कुरा हो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
विराट गुथिले चिनिया साहित्यकारहरुलाई स्वागत गरियो
अब अर्घाखाँचीमा रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्टमा कडाई
ठाडामा अब देखि राती ९ पछि होटेल तथा रेस्टुरेन्ट बन्द, सवारी चेकजाचलाई तिब्र
डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केपी ओली अस्पताल पुगे
काठमाडौं उपत्यकामा तीन दिनभित्र पानीको चुहावट नियन्त्रण गर्न निर्देशन
अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान
पत्नीको हत्या गरी टाउको सहित आत्मसमर्पण
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त
सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा
सन्धिखर्क नगरपालिका ७ खाचिकोटमा कांग्रेसको प्यानल बिजयी
नेपालका अर्बपतिका छोराको बिहेमा चाँदीको मन्डप (फोटो फिचर)
न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
विश्वका शक्तिशाली ७ महिला