arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शितगंगा नगरपालिका जुकेनाकी एक महिला श्रीमानले साउदीबाट पठाएको नगद र गरगहना लिएर पोइला गईन्, दुधे बालक अलपत्रtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ५ जुकेनाकी एक महिला दुधे बालकका साथै श्रीमानले साउदी अरबबाट पठाएको नगद र गरगहना लिएर गाउँको एक युवासँग पोइला गएकी  छिन् । पोईला गएपछि दुधे बालक अलपत्र परेका छन् ।

भागेर  विवाह गर्न सुपादेउरालीमा पुगेका लक्ष्मण भूसाल र पवित्रा पौडेल  ।  तस्बिर: फेसबूकबाट

जुकेनाका चन्द्रप्रकाश पौडेलकी २० वर्षिया श्रीमती पवित्रा पौडेल गत असोज २२ गते बिदेशबाट पैसा आएको छ निकालेर आउँछु भन्दै हिँडेको र अहिले सम्म सम्पर्कमा नआएर शितगंगा नगरपालिका वार्ड नं. ५ जुकेना थारपाइलाका लक्ष्मण भूसालसँग सुपादेउरालीमा बिहे गरेर पोइला गएकी हुन् । २३ वर्षका लक्ष्मण भूसाल अविवाहित छन् । 

चन्द्रप्रकाशका परिवारका अनुसार पवित्रा शितगंगा नगरपालिका वार्ड नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग गएकी छन् । लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिसरमा सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । 

३ वर्ष अगाडी बिवाह गरेकी पवित्राको १४ महिनाको छोरा समेत रहेको छ । श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि देखि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । पवित्राको माईत खुम्चिकोट तल निपाने भन्ने ठाउँमा पर्छ ।  

                                                                                                                           नाबालक सहित  पवित्रा पौडेल  । तस्बिर: फेसबूकबाट

पवित्राले श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ वटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले बताए । यस्तै पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार समेत लिएर गएकी छन् । 

पवित्राको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्र प्रकाश पौडेलले आग्रह गरेका छन् ।  श्रीमतिले धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश नेपाल फर्केका छन् । 

पछिल्लो समय अर्घाखाँचीमा श्रीमान् विदेशमा रहेका श्रीमतीबाट छोडपत्र गर्नेको संख्या बढेको देखिन्छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
त्रिबेणी सहकारी संस्था सन्धिखर्कको आयोजनामा सम्पन्न बक्तित्व कलामा ज्ञान प्रकास मावि सल्लीकोट प्रथम (तस्बिर सहित)
पाणिनी गाँउपालिकाको लहरेधाराले निर्वाचन वहिस्कार गर्ने संभावना वढ्यो स्थानीयवाँसी आक्रोशित
जलुके र धारापानीका बिभिन्न ठाउँमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन
सन्धिखर्कमा सुबिधाजन्य मासु पसल संचालन
छत्रदेव गाँउपालिकामा खरको छाना हटाई टिन लगाइने, एक करोड २० लाख रुपैया विनियोजन
चर्पी दिवस मनाइयो, २०२० मा अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाइने
सितगंगा १४ सिमलपानीमा ढाव र अगेरेपानी सामुदायीक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कसँगै सुवर्णखाल, धरापानी, धनचौर , धातिवाङ, सिद्दारा लगायतका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरि विश्व चर्पी दिवस मनाइयो
ढाकावाङ्ग, सितापुरमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
मालारानी गाउँपालिका वार्ड नम्बर १ मा प्रकाश दहालको निधनप्रति बाम गठबन्दनको शोक सभा (तस्बिर सहित)
टाेप बहादुर रायमाझीलाई आफ्नै गाउँ अर्घाका जनताले भोट् नदिने, रायमाझीले दुई सय घर परिवार खानेपानीबाट बन्चित गराएको आरोप
सन्धिखर्कमा पतञ्जली योग समिति अर्घाखाँचीको देउसी भैलोको समापन तथा सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा वाम गठबन्धनद्वारा प्रचार प्रसार तिव्र
कांग्रेस अर्घाखाँचीको गोखुंगा, हंसपुर, वागी, बल्कोट र मैदानमा चुनावी कार्यक्रम सम्पन्न, आगामी ५ बर्षमा देशकै नमुना जिल्ला बनाउने डा. विसी प्रतिबद्दता (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736