arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शितगंगा नगरपालिका जुकेनाकी एक महिला श्रीमानले साउदीबाट पठाएको नगद र गरगहना लिएर पोइला गईन्, दुधे बालक अलपत्रtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ५ जुकेनाकी एक महिला दुधे बालकका साथै श्रीमानले साउदी अरबबाट पठाएको नगद र गरगहना लिएर गाउँको एक युवासँग पोइला गएकी  छिन् । पोईला गएपछि दुधे बालक अलपत्र परेका छन् ।

भागेर  विवाह गर्न सुपादेउरालीमा पुगेका लक्ष्मण भूसाल र पवित्रा पौडेल  ।  तस्बिर: फेसबूकबाट

जुकेनाका चन्द्रप्रकाश पौडेलकी २० वर्षिया श्रीमती पवित्रा पौडेल गत असोज २२ गते बिदेशबाट पैसा आएको छ निकालेर आउँछु भन्दै हिँडेको र अहिले सम्म सम्पर्कमा नआएर शितगंगा नगरपालिका वार्ड नं. ५ जुकेना थारपाइलाका लक्ष्मण भूसालसँग सुपादेउरालीमा बिहे गरेर पोइला गएकी हुन् । २३ वर्षका लक्ष्मण भूसाल अविवाहित छन् । 

चन्द्रप्रकाशका परिवारका अनुसार पवित्रा शितगंगा नगरपालिका वार्ड नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग गएकी छन् । लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिसरमा सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । 

३ वर्ष अगाडी बिवाह गरेकी पवित्राको १४ महिनाको छोरा समेत रहेको छ । श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि देखि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । पवित्राको माईत खुम्चिकोट तल निपाने भन्ने ठाउँमा पर्छ ।  

                                                                                                                           नाबालक सहित  पवित्रा पौडेल  । तस्बिर: फेसबूकबाट

पवित्राले श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ वटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले बताए । यस्तै पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार समेत लिएर गएकी छन् । 

पवित्राको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्र प्रकाश पौडेलले आग्रह गरेका छन् ।  श्रीमतिले धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश नेपाल फर्केका छन् । 

पछिल्लो समय अर्घाखाँचीमा श्रीमान् विदेशमा रहेका श्रीमतीबाट छोडपत्र गर्नेको संख्या बढेको देखिन्छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल रेडक्रस सोसाईटि उपशाखाको दोस्रो अधिवेशन अर्घाखाँची-किमडाँडामा सम्पन्न
माछापुच्छ्रे महिला बिकास सस्था अर्घाखाँची डिभर्नाको तेस्रो साधारण सभा सम्पन्न
मानव अधिकारका लागि एकल महिला विषयक कार्यक्रम अर्घाखाँचीको डिभर्नामा सम्पन्न
माओवादी किमडाडा अर्घाखाँचीको आयोजनामा पकलेमा भेला-प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाल लेखापढी कानुन व्यवसाय एशोसिएसन अर्घाखाँचीको जिल्ला अधिवेसन सम्पन्न
अर्घाखाची जिल्लामा फैलियो मोटरबाटो,ढाकावाङ- ३ मा ४ किलोमिटर कच्चीबाटो निर्माण
बुटवलमा मोटरसाइकल-जीप जुद्दा अर्घाखाँची ठुलापोखराका सन्दिप राना गम्भीर घाइते
अर्घाखाँचीको पाली गाविस स्थीत बेङ्गदी खोलामा डुबेर ३ बालीकाको मृत्यु
अर्घाखाँचीको नुवाकोटमा आगालागी,लाखौको क्षती
अर्घाखाँचीको ढाकावाङ गाबिसमा बन्दैछ उच्च मावी
नेपाल विधार्थी सघं जनज्योती माबी अर्घाखाँचीको आयोजनामा श्रद्धान्जली सभा सम्पन्न
अर्घाखाँचीको सिद्धारा गाविसमा हुलाकबाट पठाएको चिठी पुग्न एक महिना
जिल्ला प्रशासन अर्घाखाँची र विधार्थीहरुबीच यातायात भाडा सम्बन्धी वैठक सम्पन्न
माओवादी अवरोधले सिद्धाराको हर्रे सोलर खानेपानी योजना अलपत्र
आफना कार्यकर्ता हत्या गरेको बिरोधमा अर्घाखाचीमा पनि बन्दको प्रभाव
रिडि-बल्कोट-सन्धिखर्क सडकखण्डको खज्र्याङमा पुल बनेपछि स्थानीयबासीमा खुसियाली
बिद्यार्थी संगठनका माग सम्बन्धमा पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीमा अन्तकृया
अर्घाखाँचीमा चिट चोराएको समाचारले परीक्षा नियन्त्रण कार्यालयले छानबिन थाल्यो
यौन सम्पर्क गर्न नदिएको भन्दै कुटाइ खाएकी एक किशोरीले गुल्मीमा दिईन उजुरी
अर्घाखाँचीमा चैतमासको हुरीले गर्दा आगलागी हुनेक्रम बढ्यो, ३ लाख बराबरको क्षती