arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शितगंगा नगरपालिका जुकेनाकी एक महिला श्रीमानले साउदीबाट पठाएको नगद र गरगहना लिएर पोइला गईन्, दुधे बालक अलपत्रtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ५ जुकेनाकी एक महिला दुधे बालकका साथै श्रीमानले साउदी अरबबाट पठाएको नगद र गरगहना लिएर गाउँको एक युवासँग पोइला गएकी  छिन् । पोईला गएपछि दुधे बालक अलपत्र परेका छन् ।

भागेर  विवाह गर्न सुपादेउरालीमा पुगेका लक्ष्मण भूसाल र पवित्रा पौडेल  ।  तस्बिर: फेसबूकबाट

जुकेनाका चन्द्रप्रकाश पौडेलकी २० वर्षिया श्रीमती पवित्रा पौडेल गत असोज २२ गते बिदेशबाट पैसा आएको छ निकालेर आउँछु भन्दै हिँडेको र अहिले सम्म सम्पर्कमा नआएर शितगंगा नगरपालिका वार्ड नं. ५ जुकेना थारपाइलाका लक्ष्मण भूसालसँग सुपादेउरालीमा बिहे गरेर पोइला गएकी हुन् । २३ वर्षका लक्ष्मण भूसाल अविवाहित छन् । 

चन्द्रप्रकाशका परिवारका अनुसार पवित्रा शितगंगा नगरपालिका वार्ड नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग गएकी छन् । लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिसरमा सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । 

३ वर्ष अगाडी बिवाह गरेकी पवित्राको १४ महिनाको छोरा समेत रहेको छ । श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि देखि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । पवित्राको माईत खुम्चिकोट तल निपाने भन्ने ठाउँमा पर्छ ।  

                                                                                                                           नाबालक सहित  पवित्रा पौडेल  । तस्बिर: फेसबूकबाट

पवित्राले श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ वटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले बताए । यस्तै पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार समेत लिएर गएकी छन् । 

पवित्राको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्र प्रकाश पौडेलले आग्रह गरेका छन् ।  श्रीमतिले धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश नेपाल फर्केका छन् । 

पछिल्लो समय अर्घाखाँचीमा श्रीमान् विदेशमा रहेका श्रीमतीबाट छोडपत्र गर्नेको संख्या बढेको देखिन्छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा जिल्ला न्यायाधिश पौडेललाई मुख्य निर्वाचन अधिकृत तोकियो
एमाले अर्घाखाँचीद्वारा प्रतिनिधी सभा र प्रदेश सभाका लागी उम्मेदवार सिफारिस (विवरण)
भोली अर्घा पुर्णिमा राष्ट्रिय जनमाेर्चाको विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम हुँदै, सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी सुदर्शन सन्धिखर्कमा
पाणिनी गाऊँपालिका ५ मैदान भर्तापुर बिर्दिमा सराय नाच सम्पन्न
सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका क्षेत्रमा बाघ मार्नका लागि पुन: बिशेष सेना र प्रहरी परिचालन
बाघ नियन्त्रण गर्न माग गर्दै युवाहरूद्वारा सन्धिखर्क नगरपालिकाकाे कार्यलयमा ताला बन्दी
अर्घाखाँची प्रमुख जिल्ला अधिकारीलाई पत्र
पाणिनी गाऊँपालिका ५ भर्तापुर चेनडाँडामा सराय नाच सम्पन्न
फेरि सन्धिखर्कको कुर बेहोरेमा एक बालिकालाई बाघले खायो ( तस्बिर)
मेरो छोरो खाने बाघलाई मारेर कहिले उनको आत्मालाई शान्ती दिन्छौ; खचिकोट भालुखोलाका रमेशको प्रश्न
सन्धिखर्कमा एक ट्याक्सी ड्राइभरले यात्रुको फेला परेको गहना इमान्दारिताका साथ फिर्ता गरे
टोपबहादुर रायमाझीद्वारा प्रदेश ५ को राजधानी अर्घाखाँचीको जलुकेमा हनु पर्ने दावी
अर्घाखाँचीमा आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदै ( तस्बिर)
नुवाकोट पानडाँडाकी मृगौला पीडित श्यामकला रायमाझीको पैसाको कारण समयमा उपचार नहुँदा निधन
अर्घाखाँचीमा संघ र प्रदेशको निर्बाचनकालागि कांग्रेसद्धारा उम्मेद्धारको नाम सिफारिस (सम्पूर्ण सुची सहित)
दसै मनाउन अर्घाखाँची आउने भीडले सवारीसाधनमा खचाखच, सिट नपाएर उभिनुपर्ने बाध्यता
सुपादेउराली मन्दिर नजिक यात्रुबाहक बस र जीप एक आपसमा ठोक्किए (तस्बिर)
अर्घाखाँचीमा बालबालिका असुरक्षित ! बाघ मार्न नसकेपछि प्रहरी-प्रशासन माथि ठुलो आक्रोश, सुरक्षा - वन प्रमुखलाई सरुवा र नगर प्रतिनिधिलाई बहिस्कारको माग, बाघ मर्नेलाई ५० हजार रुपैया पुरस्कार
सन्धिखर्क -९ चुदाली पोखरमा सृजनशिल युबा क्लबको साधारण सभा तथा खुल्ला लोक नृत्य कार्यक्रम सम्पन्न
नरपानीमा एमालेको जलपान तथा भेटघाट कार्यक्रम सम्पन्न