arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शितगंगा नगरपालिका जुकेनाकी एक महिला श्रीमानले साउदीबाट पठाएको नगद र गरगहना लिएर पोइला गईन्, दुधे बालक अलपत्रtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ५ जुकेनाकी एक महिला दुधे बालकका साथै श्रीमानले साउदी अरबबाट पठाएको नगद र गरगहना लिएर गाउँको एक युवासँग पोइला गएकी  छिन् । पोईला गएपछि दुधे बालक अलपत्र परेका छन् ।

भागेर  विवाह गर्न सुपादेउरालीमा पुगेका लक्ष्मण भूसाल र पवित्रा पौडेल  ।  तस्बिर: फेसबूकबाट

जुकेनाका चन्द्रप्रकाश पौडेलकी २० वर्षिया श्रीमती पवित्रा पौडेल गत असोज २२ गते बिदेशबाट पैसा आएको छ निकालेर आउँछु भन्दै हिँडेको र अहिले सम्म सम्पर्कमा नआएर शितगंगा नगरपालिका वार्ड नं. ५ जुकेना थारपाइलाका लक्ष्मण भूसालसँग सुपादेउरालीमा बिहे गरेर पोइला गएकी हुन् । २३ वर्षका लक्ष्मण भूसाल अविवाहित छन् । 

चन्द्रप्रकाशका परिवारका अनुसार पवित्रा शितगंगा नगरपालिका वार्ड नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग गएकी छन् । लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिसरमा सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । 

३ वर्ष अगाडी बिवाह गरेकी पवित्राको १४ महिनाको छोरा समेत रहेको छ । श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि देखि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । पवित्राको माईत खुम्चिकोट तल निपाने भन्ने ठाउँमा पर्छ ।  

                                                                                                                           नाबालक सहित  पवित्रा पौडेल  । तस्बिर: फेसबूकबाट

पवित्राले श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ वटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले बताए । यस्तै पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार समेत लिएर गएकी छन् । 

पवित्राको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्र प्रकाश पौडेलले आग्रह गरेका छन् ।  श्रीमतिले धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश नेपाल फर्केका छन् । 

पछिल्लो समय अर्घाखाँचीमा श्रीमान् विदेशमा रहेका श्रीमतीबाट छोडपत्र गर्नेको संख्या बढेको देखिन्छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
धातिवाङ्गमा पुर्ण सरसफाइ सम्बन्धि ७ बुँदे प्रतिबद्धता जाहेर
सन्धिखर्कको फुदवाङमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला-सभा सम्पन्न
किमडाँडाको मुख्खेका चौर, पकले बजार, गाजरी र रसिचौउर, अर्घा धरमपानीमा वाम गठवन्धनको चुनावी सभा सम्पन्न, उम्मेद्वारले जितेपछि विकास निर्माणमा व्यापकता आउने टोपबहादुर रायमाझीको दावी (तस्बिर सहित)
खनमा शिक्षक संगठनको भेला सम्पन्न
पाणिनी गाउँपालिका वार्ड नं ६ मा स्तरीय पुर्ण सरसफाइ सम्बन्धि ७ बुँदे प्रतिबद्धता जारी
अर्घाखाँचीमा प्रदेश क्षेत्र नम्बर १ को चुनाव जित्न बिष्णु खनाल मुस्कानले गरे यस्तो प्रतिबद्धता
सन्धिखर्कको बर्धवास क्षेत्रमा दुर्गन्धित, सम्बन्धित निकाय मौन
भुमिकास्थान नगरपालिकाकाे साम्नेगाँउ राष्ट्रिय जनमाेर्चाकाे शाेक सभा सम्पन्न
अर्घाखाँचीमा विप्लप कम्युनिस्ट पार्टीका ६ जना नेता तथा कार्यकर्ता प्रहरी नियन्त्रणमा
राष्ट्रिय जनमोर्चाको सन्धिखर्क, बामरुक, खन र खनदहमा चुनाबी भेला-सभा सम्पन्न
अर्घाखाँचीमा कांग्रेसलाई जिताउँन सवै नेताहरु सक्रिय
अर्घाखाँचीमा वाम गठवन्धद्वारा चुनावी अभियान तीव्र, डिभर्ना र वाङ्गलामा चुनावी सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा हिमालय नमुना ब्याबसायीक पशुपालन फर्मको सार्बजनिक सुनुवाई तथा सहयोग कार्यक्रम सम्पन्न (तस्बिर सहित)
कांग्रेसको बागी, पटौटी र पोखराथोकमा चुनावी सभा सम्पन्न, कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने रेवती प्रसाद भुसालको भनाई
नयाँ लुगा लगाएर बाहिर गएकी अर्घाखाँची ढाकावाङकी एक महिला दिल्लीबाट बेपत्ता
सन्धिखर्कको बिहार ओख्रेका एक व्यक्ति १ महिना देखि बेपत्ता
सन्धिखर्कको फूदवाङमा साना किसान पाँचौं अधिवेशन तथा साधारणसभा सम्पन्न , आर्थिक सम्बृद्धिको लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको उप-मेयरको भनाई
मालारानी गाउंपालिकाको लमधारा र मुलाचौर हंशपुरमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
वाम गठवन्धनको छत्रदेव गाउँपालिकाको वडा नं. १, २ र ३ मा चुनावी सभा सम्पन्न, पाँच वर्षमा अर्घाखाँचीलाई नमूना जिल्ला बनाउने रायमाझीको उद्घोष
अर्घाखाँचीका कांग्रेस प्रतिनिधि सभा उम्मेद्वार डा. राम बहादुर बिसिद्दारा चुनाव जितेपछि कुनै सुबिधा नलिने उद्घोष, निशुल्क क्यान्सर पिडितको उपचार गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736