arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

आज महान् चाड तिहारको अन्तिम दिन भाईटिका, दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदैtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ४, शनिवार)

world news

यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 'भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम छ, भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याह्नको समय निकालिएको हो,' उनले भने ।

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ । यस वर्ष टीका लगाउने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने उनले बताए । आज पश्चिममा चन्द्रमा भएकाले लगाईमाग्ने दाजुभाइ पश्चिम फर्कँदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको समितिले जनाएको छ ।

भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका नलगाउन अध्यक्ष गौतमले आह्वान गरे । शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा नरहेको उनको भनाइ छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्थ्यो। दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । दिदीबहिनी नहुनेहरुका लागि अञ्जलि दिदीले पनि काष्ठमण्डपनिर टीका लगाइदिने गरेकी छन् । ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । ‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ,’ उनले भने ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । रासस 


आज हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन भाईटिका, परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै छ ।

यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 
 
भाइटीका अगाडि दिदीबहिनीले यमराजको प्रार्थना,  धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमोऽस्तुते  ।। तथा पूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
 
हरेक वर्ष भाइटीकाको दिन खुला गरिने रानीपोखरीस्थित बालगोपाल मन्दिरमा यसपटक भाइटीका नहुने भएको छ । गत वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको मन्दिरको अझैपनि जीर्णोद्धार नहुँदा मन्दिरमा टीकाको कार्यक्रम नराखिएको हो । तर, बसन्तपुरस्थित काष्ठमन्डपमा अस्थायी पाल राखेर सामूहिक भाइटीका गर्ने तयारी गरिएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
साँस्कृतिक एवं परम्परागत पर्व होली विधिवत् रुपमा सुरु
महाशिवरात्रि । पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुईंचो
मोरङमा पूर्वाञ्चल धार्मिक महोत्सव २०७१ सुरु,शुभारम्भ पुर्व राजा ज्ञानेन्द्र शाहले गरे
विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी श्रीपन्चमी मनाइँदै
आज माघे संक्रान्ति पर्व । मुलुकभर नदी, दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाइँदै
हिन्दु नारीहरुको पवित्र श्री स्वस्थानी ब्रत सुरु
पैगम्बर महम्मदको जन्मदिनको अवसरमा मायाँदेवी अनाथ आश्रम र लुम्बिनी अञ्चल अस्पताल लाई सहयोग प्रदान
अबको देश रक्षक नेपाली देशभक्त युवा समाज
आज तमु ल्होसार
नेपालगञ्जमा सत्-मार्ग प्रशिक्षण सुसम्पन्न
पोखराको लेखनाथमा ११औं लेखनाथ महोत्सव सुरु / भैरहवामा व्यापार मेला तथा लुम्बिनी पर्यटन महोत्सव सुरु
बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाईको मेला सुरु
छठ पर्व आजबाट शुरु
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाई हर्षोल्लासपूर्वक मनाइंदै
रौतहटको महेशपुरमा वर्षमा एकपटक मात्र खुल्ला हुने मन्दिरमा दुई हजार बलि
यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा र गोरुपूजा
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुरको पूजाआजा
दोस्रो महान् चाड दिपावली तिहार २०७१ को हार्दिक मंगलमय शुभकामना
नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार
http://go.oclaserver.com/afu.php?zoneid=1465736