arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णयtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)

world news

कृष्ण खनाल 
 
बुटवल, श्रावण १ । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ (सि.एन.आई) सँगको सहकार्यमा आगामी पौष ८ देखि १८ गतेसम्म १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सवको आयाोजना गर्ने भएको छ । संघको आइतबार बसेको २३ औं नियमित बैठकले आयोजनाको मिति तय गरेको हो ।

संघको बैठकले राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको कामलाई तिव्रता दिन संघका अध्यक्ष दिनेशराज रेग्मीको संयोजकत्वमा ९ सदस्यीय निर्देशन तथा कार्यान्वयन समिति (निकास) को गठन गरेको छ । समिति गठन गरेसँगै आयोजनाका कामहरु यथाशिघ्र अघि बढाइने अध्यक्ष रेग्मीले जानकारी गराउनु भएको छ । गठित समितिको सदस्यहरुमा संघका निवर्तमान अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपाध्यक्ष महेश थैव, महासचिव माधबप्रसाद पौडेल, कोषाध्यक्ष दिलिप सापकोटा, सचिव कृष्ण पराजुली, सहकोषाध्यक्ष राजेन्द्र कार्की तथा सचिवालय सदस्य शिव कुमार पाठक रहनु भएको छ । संघले यस पटकको आयोजनामा प्रविधि प्रदर्शनीको लागि विशेष महत्वका साथ स्थान दिने बताएको छ । जसका लागि यस अघि नै संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीको संयोजकत्वमा प्रविधि व्यवसाय समिति गठन भई काम अघि बढिसकेको छ । यस आयोजनामा स्वदेशी तथा विदेशी गरी करीब ४० वटा प्रविधि प्रदर्शन गर्ने सोंच रहेको संघका महासचिव माधबप्रसाद पौडेलले बताउनु भएको छ । 

स्वदेशी उद्योगको प्रवद्र्धन, बजारको खोजी र औद्योगिक विकासको प्रमुख उद्देश्यका साथ राजधानी बाहिर प्रथम पटक वि.सं. २०४५ सालमा रुपन्देही उद्योग संघले बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो र वि.सं.२०७१ सालसम्म संघले १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसपटकको आयोजनालाई पृथक, ऐतिहासिक र अर्थपूर्ण बनाउन संघले विभिन्न सरकारी तथा निजी निकाय, प्रतिष्ठान र विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्ने र सबै क्षेत्रबाट सहयोग प्राप्त हुने संघका अध्यक्ष दिनेशराज रेग्मीले बताउनु भएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोग
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउने
नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्यो