arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णयtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)

world news

कृष्ण खनाल 
 
बुटवल, श्रावण १ । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ (सि.एन.आई) सँगको सहकार्यमा आगामी पौष ८ देखि १८ गतेसम्म १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सवको आयाोजना गर्ने भएको छ । संघको आइतबार बसेको २३ औं नियमित बैठकले आयोजनाको मिति तय गरेको हो ।

संघको बैठकले राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको कामलाई तिव्रता दिन संघका अध्यक्ष दिनेशराज रेग्मीको संयोजकत्वमा ९ सदस्यीय निर्देशन तथा कार्यान्वयन समिति (निकास) को गठन गरेको छ । समिति गठन गरेसँगै आयोजनाका कामहरु यथाशिघ्र अघि बढाइने अध्यक्ष रेग्मीले जानकारी गराउनु भएको छ । गठित समितिको सदस्यहरुमा संघका निवर्तमान अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपाध्यक्ष महेश थैव, महासचिव माधबप्रसाद पौडेल, कोषाध्यक्ष दिलिप सापकोटा, सचिव कृष्ण पराजुली, सहकोषाध्यक्ष राजेन्द्र कार्की तथा सचिवालय सदस्य शिव कुमार पाठक रहनु भएको छ । संघले यस पटकको आयोजनामा प्रविधि प्रदर्शनीको लागि विशेष महत्वका साथ स्थान दिने बताएको छ । जसका लागि यस अघि नै संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीको संयोजकत्वमा प्रविधि व्यवसाय समिति गठन भई काम अघि बढिसकेको छ । यस आयोजनामा स्वदेशी तथा विदेशी गरी करीब ४० वटा प्रविधि प्रदर्शन गर्ने सोंच रहेको संघका महासचिव माधबप्रसाद पौडेलले बताउनु भएको छ । 

स्वदेशी उद्योगको प्रवद्र्धन, बजारको खोजी र औद्योगिक विकासको प्रमुख उद्देश्यका साथ राजधानी बाहिर प्रथम पटक वि.सं. २०४५ सालमा रुपन्देही उद्योग संघले बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो र वि.सं.२०७१ सालसम्म संघले १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसपटकको आयोजनालाई पृथक, ऐतिहासिक र अर्थपूर्ण बनाउन संघले विभिन्न सरकारी तथा निजी निकाय, प्रतिष्ठान र विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्ने र सबै क्षेत्रबाट सहयोग प्राप्त हुने संघका अध्यक्ष दिनेशराज रेग्मीले बताउनु भएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
कपिलवस्तु मेलामा ३ करोड भन्दा बढीको कारोबार /बुटवल महोत्सवले उत्पादन पवर्द्धनमा टेवा/चन्द्रमाबाट ल्याइएको ढुङ्गा हेर्ने आउनेको घुइचो
बुटवलमा औद्योगिक व्यापार मेला शुरु / कपिलवस्तु महोत्सवमा विदेशी पर्यटकको समेत घुँइचो / संकट रोक्न वित्तिय सतर्कताः प्रधानमन्त्री नेपाल
प्याज प्रतिकिलो १ सय २० रुपैयाँ
आजबाट पहिलो चरणको मेसिन रिडेबल पासपोर्ट एमआरपी वितरण, पहिला राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत विशिष्ट १० जनालाई प्रदान
अख्तियारद्वारा जहाज खरिदका लागि एयर बसलाई दिएको बैनामा अनियमितता गरेको भन्दै वायु सेवा निगमका कार्यकारी अध्यक्षविरुद्ध मुद्दा दायर
तीन लाख २५ हजार नक्कली भारतीय नोट सहित दुई जनालाई पक्राउ
उखुको मूल्य बढाउनु पर्ने माग गर्दै सर्लाहीका किसानहरुले पूर्व पश्चिम राजमार्ग अबरुद्ध
सरकारले गरेको मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्यको व्यवस्थाको साना तथा मझौला होटल तथा रेष्टुरा सञ्चालकहरूद्बारा विरोध
दक्षिण एसियाली क्षेत्रस्तरीय दसौं व्यापार मेला आजदेखि काठमाडौमा सुरु
सरकारले हालै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तत्काल कम गर्न नसकिने आपूर्तिमन्त्रीको भनाइ
नेपाल राष्ट्र बैङ्कद्वारा सम्पत्ति शुद्धीकरणका निम्ति निर्देशिका जारी
रुपन्देहीका डा.बद्रीप्रसाद दाहालले सिंहदरबारमा डिजेलबाट चल्ने गाडीलाई बाह्रमासेको तेलबाट चलाए
मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा रहेको दुईवटै युनिट बिग्रिएपछि आइतबारदेखि हप्तामा साढे ३८ घन्टा लोडसेडिङ हुने
घरजग्गा बेच्दा ३० लाखभन्दा बढीको लाई कर लाग्ने, घरजग्गा कारोबारमा ७१ प्रतिशत गिरावट
राजधानीमा प्याज किलोको एकसय रुपैयाँ
अर्थतन्त्रको कालो दिन
सरकारद्वारा ३ खर्ब ३७ अर्ब ९० करोडको बजेट प्रस्तुत
तराई क्षेत्रमा १ हजार ४ सय ५० किलोमिटर कालोपत्रे सडक बिस्तार गरिने
विश्वकै १९ औं धनी व्यक्ति साउदी राजकुमार तलालको नेपाल भ्रमण बाट सरकारले स्थिर लगानी नीतिको प्रत्याभूति दिनुपर्छ:साउदी दुतावास
बजेट आउन नसक्दा बिदेश स्थित नेपाली नियोगका कार्यालयको पैसा तिर्न मुस्किल/समस्या बुझीदेउ पछी तिर्छौ
http://go.oclaserver.com/afu.php?zoneid=1465736