arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णयtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)

world news

कृष्ण खनाल 
 
बुटवल, श्रावण १ । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ (सि.एन.आई) सँगको सहकार्यमा आगामी पौष ८ देखि १८ गतेसम्म १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सवको आयाोजना गर्ने भएको छ । संघको आइतबार बसेको २३ औं नियमित बैठकले आयोजनाको मिति तय गरेको हो ।

संघको बैठकले राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको कामलाई तिव्रता दिन संघका अध्यक्ष दिनेशराज रेग्मीको संयोजकत्वमा ९ सदस्यीय निर्देशन तथा कार्यान्वयन समिति (निकास) को गठन गरेको छ । समिति गठन गरेसँगै आयोजनाका कामहरु यथाशिघ्र अघि बढाइने अध्यक्ष रेग्मीले जानकारी गराउनु भएको छ । गठित समितिको सदस्यहरुमा संघका निवर्तमान अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपाध्यक्ष महेश थैव, महासचिव माधबप्रसाद पौडेल, कोषाध्यक्ष दिलिप सापकोटा, सचिव कृष्ण पराजुली, सहकोषाध्यक्ष राजेन्द्र कार्की तथा सचिवालय सदस्य शिव कुमार पाठक रहनु भएको छ । संघले यस पटकको आयोजनामा प्रविधि प्रदर्शनीको लागि विशेष महत्वका साथ स्थान दिने बताएको छ । जसका लागि यस अघि नै संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीको संयोजकत्वमा प्रविधि व्यवसाय समिति गठन भई काम अघि बढिसकेको छ । यस आयोजनामा स्वदेशी तथा विदेशी गरी करीब ४० वटा प्रविधि प्रदर्शन गर्ने सोंच रहेको संघका महासचिव माधबप्रसाद पौडेलले बताउनु भएको छ । 

स्वदेशी उद्योगको प्रवद्र्धन, बजारको खोजी र औद्योगिक विकासको प्रमुख उद्देश्यका साथ राजधानी बाहिर प्रथम पटक वि.सं. २०४५ सालमा रुपन्देही उद्योग संघले बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो र वि.सं.२०७१ सालसम्म संघले १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसपटकको आयोजनालाई पृथक, ऐतिहासिक र अर्थपूर्ण बनाउन संघले विभिन्न सरकारी तथा निजी निकाय, प्रतिष्ठान र विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्ने र सबै क्षेत्रबाट सहयोग प्राप्त हुने संघका अध्यक्ष दिनेशराज रेग्मीले बताउनु भएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
साउदी अरबमा आर्थिक संकट गहिरिँदै गएपछि नेपाली श्रमिक समस्यामा
बायुसेवा निगमको जहाज भोजपुरबाट रित्तै फर्कियो
सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो, दुई हजारभन्दा बढी कोसा केरा
शेयरबजारमा उच्चसुधार
तरकारीमा कडा खालको विषादी प्रयोग
आन्तरिक राजश्व विभागद्वारा गत वर्ष लक्ष्यभन्दा बढी राजश्व संकलन
राष्ट्रिय वाणिज्य बैंकले माग्यो विभिन्न तह र पदमा झण्डै २ सय कर्मचारी
विषादीको मात्रा बढी प्रयोग भएको तरकारी कालिमाटी तरकारी बजारमा
पहिलो पटक भैरहवा भन्सार कार्यालय बढी राजस्व संकलन गर्न सफल
उद्योगमन्त्रीद्धारा ढुक्क भएर लगानी गर्न उद्योगी-व्यवसायीहरुलाई आग्रह
नेपाल राष्ट्र बैंकद्धारा २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक, घर-जग्गा तथा शेयर धितो कर्जामा कडाइ
शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती
शेयरबजार परिसूचक नेप्से सामान्य अंकले सच्चियो
शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट
बुटवलमा पहिलो पटक बुटवल सिटी अनलाई सपिङ्ग सेन्टरको सुभारम्भ
धेरै धान फल्ने जिल्लामध्येको रुपन्देहीमा अहिलेसम्म ३० प्रतिशतमात्र रोपाइँ
आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाइने दिन ! राष्ट्रिय धान दिवसका रुपमा मनाइदै
सञ्चारमाध्यमलाई सेवामुखी उद्योगको रुपमा विकास गर्नुपर्छ : उद्योगमन्त्री
नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने