arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राजनिती

दाहालले राजीनामा दिने, कामचलाउ बजेट यही सरकारले ल्याउनेtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १, सोमवार)

   सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रबीच भएको पूर्व सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता राजीनामा दिने भएका छन्। 


पहिलो चरणको स्थानीय निर्वाचनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दुई दलको सहमति थियो। यसअनुसार जेठ ४ गते संसद बैठक सुरु भएपछि प्रधानमन्त्री दाहालले पहिलो साताभित्रै राजीनामा दिने एक कांग्रेस नेताले बताए। दाहालको राजीनामापछि देउवालाई सत्ता सम्हाल्न भने जेठ तेस्रो साता नै लाग्न सक्छ।

 संविधानको धारा २९८ को उपधारा २ बमोजिम नयाँ प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले सहमतिका लागि एक साताको समय दिनुपर्छ। संसदमा रहेका दलहरूबीच सहमतिको अवस्था नभएकाले सात दिन बितेपछि संसदबाट प्रधानमन्त्री निर्वाचित गराइनेछ। यसका लागि कांग्रेस र माओवादीबीच पहिले नै सहमति भइसकेको छ। सबै प्रक्रिया पूरा गरी संसदबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री निर्वाचित गर्दासम्म जेठ १५ नाघ्नसक्ने नेताहरू बताउँछन्। 

यसअनुसार अर्थमन्त्री कृष्णबहादुर महराले नै जेठ १५ गते चालू खर्च समावेश गरी कामचलाउ बजेट पेस गर्नेबारे दुई दलबीच सहमति भएको ती कांग्रेस नेताले जानकारी दिए। संविधानले नयाँ आर्थिक वर्षको बजेट जेठ १५ मै ल्याउनुपर्ने प्रस्ट व्यवस्था गरेको छ। दाहालको राजीनामा र देउवाको नियुक्ति हुँदासम्म त्यो मिति गुज्रने स्थिति रहेकाले अहिलेकै सरकारले कामचलाउ बजेट ल्याउने सहमति जुटेको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि यसबारे केही दिनअघि कुराकानी भएको थियो। एमाले अध्यक्ष केपी ओलीले बजेट ल्याउने मिति सार्न नमिल्ने भन्दै त्यस दिन प्रशासनिक खर्च मात्र धान्ने गरी कामचलाउ बजेट ल्याउन सुझाव दिएका थिए। यही आधारमा सत्तारुढ दलहरू कामचलाउ बजेट ल्याउने तयारीमा जुटेको कांग्रेस तथा माओवादी नेताहरूको भनाइ छ। 

कामचलाउ बजेटमा कर्मचारीहरूको तलबभत्ता लगायत प्रशासनिक खर्चका अतिरिक्त पुनर्निर्माणमा लाग्ने खर्च, पहिलो चरणको चुनावबाट बन्ने स्थानीय तहको निम्ति तत्काल गर्नुपर्ने खर्च र प्रदेश तथा संघीय चुनावका लागि चाहिने खर्च समेटिनेछन्। यसबारे एमालेसँग फेरि छलफल गर्ने सत्तारुढ दलहरूको तयारी छ। यी सबै खर्च नियमित कार्यक्रममा पर्ने भएकाले यसलाई समेटेर कामचलाउ बजेट ल्याउन एमालेसँग सहमति लिनेछौं, एक कांग्रेस नेताले भने। यसरी जेठ १५ गते कामचलाउ बजेट ल्याएपछि प्रधानमन्त्री देउवालाई सत्ता हस्तान्तरण गरिनेछ। यसो गर्दा जेठ तेस्रो साता लाग्न सक्छ। त्यसपछि देउवाले नै दोस्रो चरणको स्थानीय तह निर्वाचन गराउनेछन्। त्यो निर्वाचनपछि देउवा सरकारले पूरक बजेट ल्याउनेछ। 

कांग्रेस र माओवादीबीच गत साउनमा भएको पाँचबुँदे गोप्य सहमतिअनुसार दाहाल नेतृत्वको सरकार चैत मसान्तसम्म रहने र त्यसपछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने भनिएको थियो। त्यही सहमतिका आधारमा सरकार गठन गरेका दाहालले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गराउने सर्तमा कांग्रेससँग एक महिना थप समय मागेका थिए। 

यसबीच संविधान संशोधन गरी मधेसी मोर्चालाई पनि सहभागी गराएर पहिलो चरणको निर्वाचन सम्पन्न गराउन सके यही नै आफ्नो नेतृत्वको सबैभन्दा ठूलो उपलब्धि हुने दाहालको बुझाइ रह्यो, जुन उनले पूरा पनि गरे। 

अब जेठ ३१ गतेका लागि घोषित दोस्रो चरणको निर्वाचनअगावै वैशाख ३१ को परिणामधरि नपर्खी देउवालाई सरकारको नेतृत्व सुम्पन तयार रहेको दाहालले बताउँदै आएका थिए। आइतबार तीन प्रदेशमा भएको पहिलो चरणको निर्वाचन केही घटनाबाहेक शान्तिपूर्ण नै रह्यो। 

तीनैवटा प्रदेशमा गरी ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। सेतोपाटीमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
६८ औँ प्रजातन्त्र दिवस मनाइयो
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरुले पनि सपथ लिए
प्रदेश-७ मा ५३ सदस्यमध्ये ५२ जनाले लिए शपथ
टोपबहादुर रायमाझिको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने उपप्रधानमन्त्री सहित गृह रायमाझीलाई
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने
मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
http://go.oclaserver.com/afu.php?zoneid=1465736