राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
(२०६९ वैशाख १२, सोमवार)
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज पनि उठेको छ ।
२०४७ सालको संविधान पुनस्थापना जनआन्दोलन समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले नेपालको सार्वभौम अस्तित्व र स्वाभिमान जोगाउ तथा लोकतन्त्रलाई संस्थागत गर्दै देशलाई विकासको गतिमा अघि बढाउनका लागि ०४७ सालको संविधान पुनस्थापना गर्नुपर्ने धारणा ब्यक्त गरे ।
काठमाडौंका पूर्व मेयर पीएल सिंह लगायतले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता नेपालका लागि हितकारी नभएको जिकीर गरेका थिए । |