arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

कानूनमा त लेखेको छ तर म मान्दिन - कानूनलाई न मान्ने यस्ता कर्मचारीलाई के भन्ने?text size increase   text size decrease   Print    rss (२०७३ भाद्र १०, शुक्रवार)

world news

अयोध्या प्रसाद श्रीवास्तव
प्रजातान्त्रिक शासन प्रणाली भएको देशमा कुनै व्यक्तिले यदि देशको कानून तोड्छ, मनपरी काम गर्छ र आफ्नो रुचि स्वार्थ र भावना अनुसार कानून को व्याख्या गर्दछ  भने त्यस्तालाई अपराधी भनिन्छ। यदि कुनै सामान्य राष्ट्र सेवकले कानून त छ तर म मान्दिन भन्छ भने कि त त्यस्ले कानून को स्वभाव बुझेको हुँदैन कि त त्यो तानाशाह हुन्छ । तर यदि प्रशासनको पावरफुल कुर्सीमा बसेको सेकेन्ड म्यानले लेखेको शीर्षक मा लेखे अनुसार कुरा गर्छ, सेवाग्राहीलाई जवाफ दिन्छ भने त्यस अधिकारी लाई के भन्न सकिन्छ ? विचारणीय छ ।

यो प्रसंग यो लेखक यौटा मंदिर र बृद्धाश्रम को नवीकरण गराउन जिल्ला प्रशासन कार्यालयमा गएको दिनको हो । ५- ५ वर्षको नियमित नवीकरण भैरहेको संस्थाको आवश्यक दस्तुरी साथ आगामी ५ वर्षको लागि पुनः नवीकरण गर्न भनि दिएको निवेदनमा प्रव्रिmया पुरा भै अभिलेखहरुमा नवीकरण गरी सके पछि सेकेन्ड म्यान का सामुन्ने पेश हुँदा ५ वर्षको नवीकरण एकै चोटी हुदैन भन्नु भयो । किन र ? कानुन मा ५ वर्ष सम्मको नवीकरण गर्ने व्यवस्था छ , स- साना मन्दिर, मस्जिद, भजन मण्डली, आमा र दिदी बहिनी समूह अदि लाई त ठाढै नवीकरण गरि दिने भनि सरकार को परिपत्र पनि छ, म स्वयं ले पनि पदमा रहँदा कतिपय संस्थाहरुलाई ५ वर्षको नवीकरण गरेको छु । कुनै कानूनमा "गर्न सकिने छ " भनेर लेखिएको छ भने त्यसको अर्थ हाकिमले मनपरी गर्न पाउने अधिकार होइन कि हाकिमले सेवा ग्राहीको पक्षमा सकारात्मक रहेर औचित्यपूर्ण बस्तुगत निर्णय दिनु पर्ने कानुनी व्याख्या छ । झुकाव सेवाग्राही पट्टी देखिनै पर्दछ भनें । तर वहाँले संस्थाले वर्ष वर्षमा साधाण सभा गरे नगरेको थाह पाउनलाइ नवीकरण वर्षेनी गराउनु पर्दछ भन्नु भयो । मैले अनि यो ५ वर्षको कुरा कानूनमा किन लेखेको होला ? भनि सोधदा वहाँले म त जुन जुन जिल्ला मा बसेको  छु , यो ५ वर्षे नियमलाई नै ब्रेक लगाएको छु लिखितै पत्र दिएर रोकेको छु भन्दै फाँटवालालाई ५ वर्षे नवीकरण रोक्ने निर्देशन पत्र लेखेर ल्याउनुस म दस्तखत गरि दिन्छु भन्ने सम्मको आदेश गर्नु भयो । म त तीन छक्क परेँ । कानून को व्यस्थालाई रोक्ने भनि हाकिमले लिखित आदेश दिन सकने कस्तो स्थिति ? कस्तो देश र कस्तो प्रशासन ?

मैले भनें संस्थाको ५ वर्षको प्रतिवेदन एकै चोटि लिनु पर्दछ, गलती देखियो भने  कारवाही गर्न मिल्छ र त्यसमा पनि यी सब कुरा सोचने काम कानून निर्माताको हो । हाम्रो काम कार्यान्वयन मात्र हो यहाँ बाट कानून कार्यान्वयन नभएमा अदालतको ढोका घचघचाउन सकिन्छ भनें तर अन्तमा बाध्य भएर र एक वर्षको नवीकरण गराएको कागज लिएर फिर्ता भएँ । मलाई लाग्छ यो प्रतिनिधि घट्ना हो अन्यत्र पनि यस्ता सवाल जवाफ दिन भर भै नै रहन्छन् ।

प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालय सरकारको स्थानीय प्रतिनिधि, अर्थात सरकार को आँखा कान र हात हो । यो अख्तियार दुरुपयोग अनुसंधान आयोग जिल्ला समितिको कार्यालय पनि हो । जसले अख्तियार को दुरुपयोग न्यूनीकरण मा आयोगलाई सहयोग गर्ने दायित्व बोकेको छ र सरकारको नीति निर्णय र कानूनलाई लागू गर्ने र सेवाग्राही लाई यथासंभव अधिकतम र छिटो छरितो सेवा प्रदान गरी गराई सुशासन कायम राख्ने प्रमुख दायित्व यसैको हो । यो कार्यालय को काम चुस्त दुरुस्त र प्रभावशाली छ भने लोक कल्याणकारी राज्यको धारणाले मूर्त रुप लिन्छ र प्रजातन्त्र फस्टाउँछ ।

तर यसले अन्यथा काम कुरा गर्यो भने  सरकारको बदनाम हुन्छ । सरकारको कामको आधा जसो मूल्यांकन त जिल्ला प्रशासन कार्यालय कै कार्य व्यवहार मा भरपर्ने गर्दछ । तर इलाका प्रशासन देखि गृहमंन्त्रालय सम्मको सेवामा रही बसी ३७ वर्ष सेवा दिएको र कइयौं पटक प्रशंसापत्र, पुरस्कार र पदकहरु प्राप्त गरेको अधिकारीले त यस्तो दुखद टिप्पणी गर्नुपर्ने व्यवहार भोगनु पर्यो भने त आजको परिस्थितिमा निमुखा जनताले नागरिकता आदि विषयमा गर्ने गरेका गुनासाहरुलाई असान्दर्भिक र अपत्यारिलो भन्ने अवस्था देखिएन ।

सुशासन र सेवाग्राही प्रतिको जवाफदेहिताको यौटा उदाहरण पाठक र प्रशासकहरु का लागि यहाँ उल्लेख गर्दै छु । केही वर्ष पहिले जब मा प्रथम पटक पत्नी सहित विदेश भ्रमणको क्रममा हंग हंग बाट लस एंजल्स को हवाई यात्रामा थिएँ, रातको समयमा मेरो र पत्नीको इल कउयत खष्कब को लागि प्लेनमा फार्म भर्न भनिएकोले मैले दुइटा फर्म भरें । बिहानी पख लस एंजल्सको एमीग्रेशन मा फार्म पेश गर्दा हाकिमले एक एक फर्मको एक एक वटा अधकट्टी च्यातेर खष्कब छाप लगाएर हाम्रो पास पोर्ट मा टांसी  पठायो । हामी अर्काे प्लेन चढेर ७ घण्टा को यात्रा गरी ह्वीस्टन पुग्याें । केही दिन पछि हाम्रो पासपार्ट मा दृष्टि गयो । मेरो पासपार्ट मा टाँसिएको भीसामा मेरो नाम लेखेको छाप लगाएको तर पत्नीको पासपोर्टको  भीसा अधकट्टीमा पनि मेरै नाम लेखेको भीसा लागेको छाप लगाएको रहेछ । अर्थात मैले प्लेनमा राती अनिदो अवस्थामा दुइटा फार्म भर्दा  दुवैको माथिको कलम ठीक भरेर हाम्रो पासपार्टमा टाँसीने अधकट्टी मा दुबै मा मेरै नाम लेखी दिएको रहेछु र त्यसैमा हकिमले छाप दस्तखत गरेको रहेछ ।

यसबाट त मेरी पत्नी बिना भीसा अमेरिकामा रहे बसेको अप्ठेरो अवस्था देखियो । मेरो वकील मित्रलाई भीसा पासपोर्ट देखाएँ । मित्रले इमीग्रेशन अफिस जाऊँ भने । मेरो लसएँजल्स सम्मको आवत जावत प्लेन भाडा र खाना बस्न खर्च सोचेर होस बिग्र्यो  । मित्रले लसएंजेल्स होइन, यहींको इमीग्रेशनमा जाऊँ भने । हामी ह्वीसटन को इमीग्रेशनमा गयौं र महिला आफिसर लाई समस्या बतायौं । उनले शुरुमा ठठ्टा गरिन्, हँसाइन, अन्तमा ५०० डलर पेनाल्टी तिर्नु पर्छ भनिन् । वकीलले पनि कानूनी व्यवस्थाको समर्थन गरे । म सँग यति पैसा त छैन भन्दा तिनी एक छिन घोरिइन् र अन्तमा म तपाई को वीसाका साथमा पेनाल्टी स्लिप टाँसी दिन्छु । नेपाल फर्कने बेलामा एयर पोर्टमा तिर्नु होला भनिन् । मैले ल हुन्छ , थैन्क यू भन्नै पर्यो ।

अफिसरले हामीलाई प्रतिक्षालयमा कफी खाँदै गर्नुस भनेर दुवै भीसा पासपोर्ट लिएर आफ्नो क्याविनमा गइन् र करीव २० मिनटमा फर्किन् । भीसा पासपोर्ट हामीलाई फिर्ता दिइन् । तिनले मेरो पत्नीको तर्फ बाट आफैले नयाँ फाराम भरेर अधकट्टी टाँसेर भीसा छाप लगाएकी रहिछन् । पेनाल्टी को स्लिप खोइ ? भनेर मैले उनको मुखमा हेर्दै प्रश्न गरेें । उनले हाँस्दै भनिन् तपाई संग मैले ५०० पेनाल्टी लिएँ भने तपाईले त लसएंजेल्स को अफीसरको गल्ती देखाएर हाम्रो सरकार संग १५०० या २००० डलर क्षतिपूर्ति असुलनु हुन्छ । हाम्रो अफीसरको नोकरी पनि जान्छ । फाइदा तपाईलाई हानि हामीलाई । त्यसो हुनाले दुबै तिर को गल्ती बराबर । न लिनु नदिनु । भन्दै फेरी हाँसिन् हात मिलाइन र जान संकेत गरिन् । वकील मित्र पनि

ती अफिसर को चतुराई देखेर प्रभावित भये । यो सामान्य घट्ना होइन । हाकिमको जरीबाना असुल्ने कुरामा छुट दिने अधिकार यस तथ्यमा आधारित थियो कि पेनाल्टीको रकम नबुझाए सम्म इनीहरु अमेरिका छोड्नै सक्दैनन् । अर्काे पट्टी सेवा ग्राही लाई ठूलो राहत भयो । दोश्रोकुरा, राष्ट्रको हित, सेवाग्राही को हित र लसऐन्जल्सको सहकर्मी साथीको हित संग सम्बन्धित छ । कस्तो चतुर बुद्धि । हामी कहाँ भए देखि सेवा ग्राही लाई जरीवाना नतिरे सम्म छोड्ने नै थिएनौ, कि त भीसा राखी हाल्थ्यौ । तर सब भन्दा महत्वपूर्ण पक्ष र समस्याको सही समाधान पट्टी सेवाग्राही,देश र टाढा बसेको अपरिचित सहकर्मीको तिनटै हितमा त शायद कल्पना नै गर्न सक्दैनौ ।  हामीले दायाँ बायाँ विचार गर्दैनौ । आफ्नो टेबुल र आफ्नो इच्छा नै प्रधान मान्दछौ तर त्यहाँ त्यसो देखिएन ।

world news

हामी कहाँ, कसैको कुनै कागज मानौं झापा मालपोत कार्यालयले तयार गरेको छ । कागजमा नाम सूर्य प्रसाद लेखनु पर्दा कर्मचारीको आफ्नो शिक्षा दीक्षा र संस्कारले गर्दा सुर्ज प्रसाद लेखि दिएको रहेछ तर बर्दिया मालमा कागज पेश हुँदा नागरिकता संग नाम नमिलेको भनेर काम गर्दैन, हुँदैन । बाँकेमा बनेको नागरिकतामा व्याक्ति को नाम अयोध्याको ठाउँमा अयोद्धा प्रसाद र नागरिकता नम्बर फरक लेखि दिएको रहेछ भने बर्दिया जिल्ला प्रशासन मा त्यो नागरिकता र अरु कागज पेश हुँदा मेल नखाएपछि जि. प्रशासन बर्दियाले काम नगरेर फर्काई दिन्छ । तर ह्वीस्टनमा गलत भीसा तानेर रद्द गरेर नयाँ भीसा दिएर लस एंजलस लाई श्रेस्ता सुधार गर्न लेखी पठाए पुगने रहेछ ।

मैले लेखेका हाम्रा देशका यी कुरा हाम्रा दोष होइनन् । हाम्रो हाकिमी मानसिकता, संस्कार र हाम्रो चलन हो जसमा जनता पिल्सिएको छ । हामीले आफ्ना समकक्षी अर्काे ठाउँ को कार्यालयको कागज सुधार गर्न कल्पना नै गर्न सक्दैनौ तर, "मूड" बन्यो भने काम हुन्छ । शनक चल्यो भने जति सुकै मिल्ने काम भए पनि नहुन सक्दछ । उनीहरु कानून र विवेकको प्रयोग गर्छन्, तर हामीले शनक र बुद्धिको बढी प्रयोग गर्दछौं ।

अमेरिका कै दुइटा उदाहरण अरु पनि । दुइ जनाले यौटा घर खरीद बिक्री को कुरा गरेछन् । कुरा मिल्यो बिक्रेता  र बिक्रेता  घरमा बसेर यल ष्लिभ बिक्री  फार्म भरेर मालपोत कार्यालयमा इमेल गरे । कार्यालयले बिक्रेता संंग जग्गा धनी प्रमाण पत्रको "सील" पठाउन भन्यो उसले हुलाकबाट शील पोस्ट गरी दियो । दोश्रो दिन खरीद कर्ताको नाममा हुलाक मार्फत  नयाँ सिल आयो । रजिष्ट्र्ेशन दस्तुर अनलाइन पठाई दिए पुग्यो ।  न्यूयोर्क राज्यको एक जना मानिसले चालीस करोड भन्दा माथिको कारोबार टेक्सस राज्य मा गर्ने भन्ने कम्पनी दर्ता गर्न टेक्ससमा रजिष्ट्रर को कार्यालयमा विनियम सहित अनलाइन निवेदन पठायो । रजिष्ट्रर ले तपाई को विनियम तपाईको वकीलले प्रमाणित गर्ने हो कि ? कम्पनी को वकीलले ? भनेर सोधि पठायो । सेवाग्राहीले कम्पनीबाट गराई दिनुस भन्यो र चौथो दिन उसलाई कम्पनी दर्ता भएको इमेलमा प्रमाण पत्र हुलाक बाट आउदै छ भनेर जानकारी आयो । सेवाग्राही ले टेक्सस को यौटा  साथीको घर को ठेगाना मात्र देखाउनु परेको थियो । काम सकियो ।

वकीलको फीस बाहेक एक पैसा हुँदा रेजिस्ट्रेशन दस्तूर  पठाउन परेन । कार्यालय जानु परेन नमस्ते गर्नै परेन । दस्तुर किन लागेन भनेर मैले जिज्ञासा राखें । कर त उत्पादनमा लागने नै हो । तर शुरु मै दस्तुर लिने हो भने त उद्योग स्थापनाको काम दुरुत्सहित हुन्छ भन्ने जानकारी पाइयो ।

कस्तो नीति ? कति फरक ? हामीले सेवाग्राही हामी संग आई रहोस नमस्ते नटुटोस भन्छौेँ, तर सभ्य र उन्नत देशले उद्योगहरुको अधिकतम स्थापना होस,कुनै पनि काममा सेवाग्राहीको भरसक मुख देखन नपरोस भनेर लचीलो नीति अपनाउँछन, सेवाग्राही लाई त कार्यालय कहाँ छ भन्ने कुरा पनि थाह हुँदैन ।

एक पटक ह्वीस्टनमा हुँदा मेरो प्लेन टिकट को डेट सार्न भनेर एयरलाइन्समा फोन गरें कस्टुमर केयर को फोन त क्यनाडामा पो रिसीभ भएछ । म त काम नहुने भनेर आत्तिएं तर तुरुन्तै काम भयो । अर्काे मितिको अनलाइन टिकट आयो ।

यसो हेर्दा हामी कहाँ प्रशासनिक सूत्रहरु साह्रै पारम्परिक छन् र आजको युगमा नसुहाउँदा त छन् नै दुखदाई पनि छन् । मनोगत काम, तजवीजी निर्णय र हाकिमका सनक हाम्रा विशेषता छन् र भानुभक्तको भोली भोली को अनुभवलेखनका मिति देखि आज सम्म पनि हामीले आफनो सुधार गर्न चाहेका छैनौं ।  हामी दिन रात तालीम गोष्ठी र सेमिनारहरु मा मीटिंग, सिटिंग, इटिंग, फिटिंगमा व्यस्त रहेर पनि उपलब्धिहीन छांै । यसको प्रमुख कारण हो सरुवाको गलत सिस्टम अर्थात आज हुलाकमा ,भोली शिक्षा,पर्सी माल, निकपर्सी प्रशासन आदि कार्यालयहरुमा चहार्नु वा चहार्न पठाउनु । यसले गर्दा एक ठाउँको ज्ञान, अनुभव शिक्षा र तालीम अर्काे ठाउँमा गएपछि निष्प्रभावी हुनु र नयाँ कार्यालयमा कर्मचारी को अनुभवहीनता कानूनी ज्ञान र विशेषज्ञताको जीवन भर अभाव रहनु, कार्यालयको प्रकृति अनुसारको मानिस कार्यालयले नपाउनु, तर विशेषज्ञताको स्थितिमा रहेका विभाग र कार्यालयहरुमा त झन् अभिजाततन्त्रीय हुकुमी शासनकै अवशेष र त्यसैको आडमा उभिएको भ्रष्टाचार रुपी कालो नागको डसाईले जनता त्राहिमाम छ । परिणामस्वरुप सेवा ग्राहीले दुख पाउनु संभवतः आजको नेपालीको प्रारब्ध नै हो ?


लेखक अयोध्या प्रसाद श्रीवास्तव  नेपाल सरकार गृह मन्त्रालय का अवकाश प्राप्त अधिकृत, त्रिभुवन विश्वविद्यालय सम्बद्ध बबई बहुमुखी कयाम्पसका संस्थापक तथा राजनीति शास्त्र का उपप्राध्यापक र उमा वेन्चर कम्पनीका कानुनी सल्लाहकार तथा चर्चित लेखक र विचारक हुन् ।   वहाँले शीलवतीकर्म फलको सुनिश्चित सिद्धान्तकर्मकाण्ड भास्करमेरो अख्तियारी र उत्तराधिकारभगवान कहाँ छन् र कस्ता छन् नामक पुस्तक हरु लेखनु भएको छ ।   लेखक लाई www.ayodhyashrivastav.com मा सम्पर्क गर्न सकिन्छ ।    

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
चुनावका जनता: एक संस्मरण र आगामी निर्वाचन
कस्तो सोंचलाई सकारात्मक मान्ने?
बाम गठबन्धनका मुख्य संयोजक प्रचण्ड र केपी ओलीलाई कोरियाबाट खुल्ला पत्र
के दिएका छैनन नेपालीहरुले भारतलाई ?
"सुपादेउराली युथ नेटवर्क; परिवर्तन आफैबाट" स्थापना कालको छोटो समयमै विभिन्न सामाजिक कार्यहरु गर्न अग्रसर
अर्घाखाँचीकी १३ वर्षमा माओवादी जनयुद्धमा होमिएकी अरुणा रायमाझीको प्रेरणादायी जीवनकथा
कपिलवस्तु प्रयटकिय जिल्ला, शिवगढि मन्दिरमा केवुल कार कहिले ? शिवगढि मन्दिरमा केवुल कार कहिले ? शिवगढि मन्दिर ओझेलमा
स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको विजयको राजनीतिक महत्व
स्थानीय निकायको निर्वाचनमा हुन सक्ने षड्यन्त्र र पत्रकारको भूमिका
निर्वाचन आयोगको ध्यानाकर्षण होस
चुनावमा हराएछ मेरो राष्ट्रिय झण्डासंगै राष्ट्रियता पनि
नेताहरुले बुझ्नुपर्ने कुरा
टाढाको सोचाइ
कम्युनिस्ट अनेकता नै नेपालीको दुर्भाग्य !
देशको राजनीति कुन मोडमा मोडिदै छ
आजका युवाहरुमा राष्ट्रियताको कमी
जातिय राजनीति, संघीयता र अहिलेको परीबेश
पश्चिमको अन्दोलन र अबको निकास !
हाम्रो पार्टीका लागि गुटबन्दी सबैभन्दा ठूलो आन्तरिक समस्या हो ।
दुनियाँसामु पागल घोषितहुदै जेलनेलको मनोवलबिना असम्भव सामाजिक क्रान्ति
http://go.oclaserver.com/afu.php?zoneid=1465736