arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा चुनाबी कार्यक्रमलाई तिब्र, सन्धिखर्क- ८ को भेला सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ६, बुधवार)

world news

श्याम घिमिरे

सन्धिखर्क, अर्घाखाँची । स्थानिय निर्बाचनको मिति नजिकिदै जाँदा अन्य दलहरुभन्दा फरक एजेन्डा संघियताको खारेजी र बिखण्डनबादका बिरुद्ध एकताबद्ध हुन आव्हान गर्दै निरन्तर संघर्षको अभियान चलाइरहेको राष्ट्रिय जनमोर्चाले पनि देशैभर चुनाबी कार्यक्रमलाई तिब्र पारेको छ ।

जस अन्तरगत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पनि यतिबेला स्थानिय तहको चुनाबी कार्यक्रम अन्तरगत जिल्लाका ६ वटै निकायका टोल टोलमा पुगेर भेला प्रशिक्षण छलफल तथा अन्तरक्रियालाई ब्यापक बनाएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । यसैबिच राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को भेला आज सम्पन्न भएको छ ।

गणेश बन्जाडेको अध्यक्षता र लेखनाथ भुसालको संचालनमा सम्पन्न भएको भेलाले स्थानिय तह निर्बाचनको निम्ती वडा समितिका उम्मेद्धारहरुको टुङ्गो लगाएको छ । भेलाले चयन गरेका अध्यक्ष पदको उम्मेद्धारमा चन्द्र प्रसाद बन्जाडे, दलित महिला र खुला महिला सदस्यमा क्रमशः लक्ष्मी सुनार र लिला भुसाल, खुला सदस्यमा डिल बहादुर कुवर र लेखनाथ भुसाल पर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चा सन्धिखर्क वडा नम्बर आठका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षण मुलक मन्तब्य राख्दै बक्ताहरुले चुनाबी माहोलमा गाउँमा आएर गुलिया कुरा गर्ने भन्दापनि काम गर्ने ब्याक्तिलाई जिताउन राष्ट्रिय जनमोर्चालाई भोट हाल्नुको बिकल्प नभएको दाबी गर्नुभएको छ । उहाँहरुले नेपाली जनताले पटक-पटक गरेको गल्तीले देश र जनताको दयनिय स्थिति भएकोमा चिन्ता ब्यक्त गर्दै राष्ट्रिय  स्वाधीनताको रक्षाको निम्ती सबै पक्ष जिम्मेवार भएर संघर्ष गर्नुपर्ने बताउनुभयो ।

भेलाले साजन वलीको अध्यक्षतामा ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समिति र पुस्कर बन्जाडेको अध्यक्षतामा ११ सदस्यिय निर्बाचन परिचालन समितिको गठन गरेकोे पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ  ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिकामा कांग्रेस, माओवादी केन्द्र गठबन्धनले सजिलै चुनाव जित्ने
अर्घाखाँची जनप्रतिनिधि चयनपछि विकासमा अघि बढ्ने
सिद्धाराका गाउँमा बिजुली पुगेको छैन, मोटरबाटो छैन ! सधैं आश्वासन मात्र
पाणिनी गाउँपालिकाकाे केन्द्र दुर्गाफाटमा: कांग्रेस उम्मेदवार
अर्घाखाँचीमा तालमेलले खोसिए नेत्रीका अवसर
अर्घाखाँची पुरै चुनाव केन्द्रीत, आफु २४ सै घण्टा ड्युटीमा रहेको मुख्य निर्वाचन अधिकृतको भनाई
नरपानीका जुम्ल्याहा दाजुभाई सन्धिखर्क नगरपालिका - ६ को वार्ड अध्यक्षमा प्रतिस्पर्दा
गोरसिंगेमा १९ बर्षिया युवतीलाई अर्घाखाँचीका दुई युवाद्वारा सामूहिक बलात्कार, दुवै एमाले, कांग्रेस कार्यकर्ता
अर्घाखाँचीका कृष्ण ३ बर्षपछि विदेशबाट घर फर्किदा न श्रीमति साथमा न पैसा हातमा
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३ डाक्टर, औषधिको कमि छैन
पाणिनीको मैदानमा कांग्रेसको चुनावी प्रसारमा गएको जिप दुर्घट्ना हुँदा १ जनाको मृत्‍यु, कयौ घाइते
शीतगंगा नगरपालिकाको सिमलपानीमा चुनावी नारा भोट दिनुस् तपाईंको पुर्जा बनाइदिन्छौं
बल्कोट र केरुंगामा खानेपानी सहज बनाइदिने आश्वासन बाँडेर मत तान्ने होडबाजी
एमाले भूमिकास्थानका उम्मेदवारहरुद्वारा उम्मेदवारी दर्ता, विपक्षी तालमेलका बावाजुत कार्यकर्ता उत्साहित
अर्घाखाँचीमा विप्लव नेपाल कम्युनिस्ट पार्टीेका जिल्ला सचिवालय सदस्य चौहान गिरफ्तार
अर्घाखाँचीमा द्वन्द्वकालमा बन्दुक बोकेका उम्मेदवार
१८ हजार मतदाता रहेकाे भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा ठुलो शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता, ७ हजार बढीको उपस्थिती
अर्घाखाँचीमा शान्तीपुर्ण तवरमा उम्मेद्धारी दर्ता सम्पन्न, दुई तहमा कांग्रेस माओवादीले प्रमुखमा उम्मेद्धार उठाएन (उम्मेदवारको नामावली सहित)
एमाले सन्धिखर्कका उम्मेदवाहरुद्वारा उम्मेद्वारी दर्ता, आकाशमा पनि फहरायो सुर्य चिन्ह अंकित झण्डा
भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा आफ्नो उम्मेदवारी दर्ता, हजारौं समर्थकहरुको उपस्थिती (तस्बिर सहित)