arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश २ को चुनावका लागि विशेष सुरक्षा व्यवस्था, ६८ हजार सुरक्षाकर्मी परिचालनtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २०, मंगलवार)


असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि विशेष सुरक्षा व्यवस्था गरिने भएको छ । प्रदेश २ का अधिकांश जिल्लाका मतदान केन्द्रहरु संवेदनशील मान्दै सुरक्षा निगरानी व्यापक बनाइने भएको हो । कान्तिपुरमा समाचार छ । 

संवेदनशील केन्द्रमा ध्यान

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सप्तरीमा तोकिएका मतदान केन्द्रहरु सबै सबेदनशील र अति संबेदनशिलको सुचीमा राखिएको छ । ९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीमा कुल २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र तोकिएको छ । तीमध्ये ३ सय २४ मतदान केन्द्र संबेदनशिल र १ सय ३८ मतदान केन्द्र अति संबेदनशील रहेको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार संबेदनशिल रहेका मतदान केन्द्रहरुमा कम्तीमा ९ र अति संबेदनशीलमा कम्तीमा ११ जना नेपाल प्रहरी परिचालित रहनेछन् । यस्तै प्रत्येक मतदान केन्द्रमा सशस्त्र प्रहरीसमेत परिचालन गरिने प्रजिअ पाण्डेले जनाए ।

यसैगरी नेपाली सेनाले नियमित गस्ती गर्ने गरी सुरक्षा ब्यबस्थापन मिलाइएको छ । भारतीय सिमासित जोडिएको मतदान केन्द्रहरुमा सुरक्षालाइ थप ब्यबस्थित वनाउन भारतीय अधिकारीहरुसित पनि छलफल भइरहेको उनले जनाए । कान्तिपुरमा समाचार छ । 

६८ हजार सुरक्षाकर्मी परिचालन

आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश २ मा निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि प्रदेश २ का ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको आयुक्त सुधिरकुमार शाहले बताए ।

निर्वाचनमा भित्री घेरा नेपाल प्रहरी, मध्यम घेरा सशस्त्र प्रहरी र अन्तिम सुरक्षा घेराका लागि नेपाली सेना परिचालन गरिएको छ । मतदानकेन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सुरक्षाकर्मी परिचालन गरिएको  छ । आचारसंहिता अनुगमनका लागि प्रदेश २ का प्रत्येक जिल्लामा दुई जना सहसचिव खटाईएको उनले जानकारी दिए । सिरहामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ३ हजार जनशक्ति खटाइएको सिरहाका प्रहरी उपरिक्षक कोइरालाले जनाए । कान्तिपुरमा समाचार छ । 

सुरक्षा व्यवस्था कडा बनाइयो 

निर्वाचनका लागि धनुषामा स्थानीय सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । मंगलवार जिल्ला प्रहरी कार्यालयमा बसेको समितिको बैठकले सुरक्षा अवस्था कडा बनाउने निर्णय गरेको हो ।

बुधबार हुने उम्मेदवारी दर्ता प्रक्रृयाको क्रममा राजनीतिक दलहरुबीच हुन सक्ने हो-हल्ला तथा मुठभेडआदिलाई दृष्टिगत गरी जिल्लास्थित राजनीतिक दलहरुको लागी फरक फरक समय छुट्याइएको छ । उम्मेदवारी दर्ताका लागी प्रत्येक दललाई वेग्ला वेग्लै एक घन्टाको समय दिइएको छ ।

प्रहरी नायव उपरीक्षक प्रवीण धितालका अनुसार-निर्वाचन अवधि भरि मादक पदार्थको सेवन तथा बिक्री वितरणमाथि कडाई गर्ने निर्णय भएको छ । यसैगरी निर्वाचनको क्रममा अवैध सवारी साधनको प्रयोग गरी आपराधिक घटना घटाउन सक्ने हुदा मोटरसायकल,जीप,कारआदिको संचालनमाथि कडाई गरिएको छ ।

डिएसपी धितालका अनुसार– नम्बर प्लेट केरमेट भएका वा विना नम्बर संचालनमा आएका मोटरसाइकल तथा जीप कारआदिलाई कडाईका साथ नियन्त्रण गर्ने निर्णय भएको छ । यसै गरी मोटरसाइकल चालकले लगाउने कालो रंगको सीसा भएको हेलमेट तथा जिप कारआदिमा जडान गरिएको कालो रंगको सीसामाथि रोक लगाइएको छ ।

बुधवार हुने उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा जिल्लाका १८ वटै स्थानीय तहको निर्वाचन स्थल तथा केन्द्रमा सुरक्षाकर्मीहरु परिचालन गरि सकिएको छ । जिल्लामा कति सुरक्षाकर्मी परिचालन गरिएको भन्ने विषयमा उनी केही बताउन नचाहे पनि जिल्लामा रहेका सुरक्षार्मी भन्दा चारा दोब्बर सुरक्षाकर्मी परिचालन भएको बताए । यसैगरी यस क्षेत्रमा कृयाशील सशस्त्र तथा आपराधिक समूहका व्यक्तिहरुलाई विशेष निगरानीमा राखिएको डिएसपी धितालले बताए । उनले भने 'घटना हुनुभन्दा पहिले यस्ता शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने योजनामा हामी छौं । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मतपत्र खसालिएको ३२ जिल्लाका मतपेटिकाको सुरक्षामा भित्र प्रहरी, बाहिर सेना
संघीयताले वार्षिक ८२० अर्ब दायित्व बढाउँदै, राजश्व संकलनबिना केही हुन नसक्ने
पहिलो चरण अन्तर्गत भोलि रातिदेखि दलहरुले चुनाव प्रचार गर्न नपाउने, मौन अवधि सुरु
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आचारसंहिता उल्लंघनका घटना बढे
दोस्रो चरणको ४५ जिल्लामा हुने निर्वाचन अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो
बागलुङमा कांग्रेसको प्रचार टोलीमाथि बम प्रहार
बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय
पहिलो चरणमा हुन लागेको निर्वाचन लक्षित नेपाल-भारत सीमा ७२ घण्टा बन्द गरिने, मतगणनासम्म मदिरा निषेध
माओवादी केन्द्रले प्रचण्ड पुत्र प्रकाशको सम्झनामा सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने
प्रधानमन्त्री देउवाले पुत्रशोकमा रहेका प्रचण्डलाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरे
उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी
बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
चितवनमा 'प्रचण्ड'का पुत्र प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त
प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टी, प्रचण्ड आफैँले दिए प्रकाशलाई दागबत्ती
पूर्व राजा ज्ञानेन्द्र शाहद्दारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन
निर्वाचन आयोगद्दारा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि एकपछि अर्को गर्दै भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त
रौतहटमा वाम गठबन्धनको भेला भेला भईरहेको स्थानमा बम विस्फोट, ८ जना घाइते
मंसिर १० गते हुने पहिलो चरण निर्वाचन सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन
http://go.oclaserver.com/afu.php?zoneid=1465736