arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

आगामी चैत ३ गतेभित्र तोकिएको स्थानमा कर्मचारी पुग्ने गरी कर्मचारी खटनपटनको व्यवस्था गर्न निर्देशन text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २८, शनिवार)

निर्वाचन आयोगले आगामी चैत ३ गतेभित्र तोकिएको स्थानमा कर्मचारी पुग्ने गरी कर्मचारी खटनपटनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगको शनिबार बसेको पदाधिकारी बैठकले हाल कायम रहेका ७४४ ओटा एकाइमा कर्मचारी खटाउने कार्य तत्काल अगाडि बढाउन निर्देशन दिएको हो ।

साथै, आयोगले यसरी कर्मचारी खटनपटन हुनुअघि तत्कालैबाट निर्वाचनसम्बन्धी कार्य गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा कायममुकायम वा निमित्त मुकरर गरी सोको जानकारी यथासम्भव छिटो निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको छ ।

बैठकले स्थानीय तहमा स्वीकृत दरबन्दीबमोजिमको कर्मचारी खटाउँदा सम्भव भएसम्म सम्बन्धित सेवा/समूहका कर्मचारी खटाउन र सो सम्भव नभएमा अन्य उपयुक्त सेवा/समूहबाट कर्मचारी व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचन अवधिभर निर्वाचन कार्यमा हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनैपनि तालिममा कर्मचारी नखटाउन निर्देशन दिएको छ ।

आयोगको निर्णयमा भनिएको छ- कुनैपनि मन्त्रालय/निकाय/विभागबाट गोष्ठी, तालिम, सेमिनार आदि सन्चालन गर्ने तर एकै जिल्लाभित्रका कर्मचारीहरु सहभागी हुने अल्पकालीन अवधि वा यस्ता कार्यक्रम सन्चालन गर्नुपरेमा निर्वाचन कार्यक्रममा असर नपर्ने गरी सन्चालन गर्न सकिने छ ।

बैठकमा आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, सुधीरकुमार शाह उपस्थित थिए ।

यस्तै, नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी, आयोगका सचिव गोपीनाथ मैनाली, सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायतको सहभागिता रहेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रधानमन्त्री देउवाद्वारा तीनै तहको निर्वाचनपछि संविधान कार्यान्वयन हुने उल्लेख
मिति नजिकिँदै तेह्रथुममा चुनावी माहोल उत्कर्षमा, मुख्य तीन दलबीच मुख्य प्रतिस्पर्धा
त्रिशूली नदीको चितवन खण्डमा एक वर्षको अवधिमा १९ जना बेपत्ता
प्रदेश न ५ को कपिलबस्तुमा चुनावको रौनक
बाजुराका स्थानीय निर्वाचनमा जिल्लाका चार गाउँपालिका सन्चारको पहुँचबाट टाढा
सुडान घोटालामा सर्वोच्चबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई जेल चलान
भरतपुर महानगर- १९ मा पुनः मतदान गराउने विषय अझै लम्बियो
मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने, रोपाइँ सुरु हुन सकेन
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
सुनसरीका १२ स्थानीय निकायमा आइतबार शान्तिपूर्ण मनोनयन दर्ता
बाँकेको बैजनाथमा गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच झडप, प्रहरीद्वारा हवाई फायर
बाजुराको डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु
बुटवलमा माओवादीका पूर्व जिल्ला सदस्यसहित ५० युवा एमालेमा प्रवेश
विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल
काठमाडौंको गोकर्णेश्वरमा गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरे
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १.५० घट्यो
राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने, आन्दोलनलाई जारी राख्ने
असार १४ गते हुने स्थानीय निर्वाचनलाई लिएर अछामका उम्मेदवारहरुको घरदैलो कार्यक्रम तीब्र
सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित