arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राजनिती

कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन text size increase   text size decrease   Print    rss (२०७४ आषाढ २९, विहीवार)


कांग्रेसका पुराना नेता रामहरि जोशीको निधन भएको छ ।

२००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशीको ९२ वर्षको उमेरमा बिहीबार साँझ ग्रान्डी अस्पतालमा उपचारकोक्रममा निधन भएको हो । उनका भतिज विष्णुले नेता जोशीको साँझ साढे ७ बजे निधन भएको पुष्टि गरे ।

स्वासप्रस्वासको समस्या देखिएपछि असार ७ गते अल्का अस्पताल भर्ना गरिएका जोशीलाई २१ गते ग्रान्डी रिफर गरिएको थियो । उनीमा उच्च रक्तचापको समस्या पनि थपिएको थियो ।

ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले भने- रामहरि जोशीलाई निमोनिया भएको थियो, त्यसले मृगौला र फोक्सोमा असर पुगेको थियो । निमोनियाका कारण संक्रमण बढेपछि भेन्टिेलरमा राखेर उपचार सुरु गर्‍यौं । उमेरका कारण ब्लड प्रेसर मेन्टेन हुन सकेन । दुई वर्षअघि लडेर उहाँको हिप बोन फ्याक्चर भएको थियो, त्यसले निमोनियाको संक्रमण शरीरभरी भएको थियो । डायलसिस गरेर हर सम्भव प्रयास गरे पनि बचाउन सकिएन ।

जोशी गान्धीवादी नेताकोरुपमा परिचित छन् ।

सर्लाही क्षेत्र नम्बर ३ बाट २०४८ र २०५१ सालको निर्वाचनमा निर्वाचित जोशी शिक्षा र पर्यटन मन्त्री भएका थिए । 

राजनीतिमा आउनुअघि सर्लाहीमा एक विद्यालयको प्रधानाध्यापक रहेका जोशीले जिल्लाको शैक्षिक उन्नयनमा योगदान दिएका छन् । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
भारतबाट पनि होस्टेमा हैंसे
लडाकु संख्या मुद्दाको खाका तयार गरेर ल्याउन भनिरहेका बेला माओवादी दाहालले आफ्ना सेनाको संख्या तोक्न नसकिने अडान
सरकारले एक्कासी हिउँदे अधिवेशन अन्त्य गराएर आफुहरुको मनमा चिसो पसेको माओवादी भनाइ
प्रमुख तीन दलबीच तीन बुदाँबाहेक 'गोप्य' सम्झौता नभएको एमाले ओलीको दाबी
नेपाली सेनाको रिक्त पदपूर्तिमा पूनः भर्ना प्रक्रिया सुरु गर्न प्रतिनिधि खटाएकोबारे माओवादीले आपति
संविधानसभाको नयाँ कार्यतालिका बनाउन संवैधानिक समितिद्वारा मझौला र साना दलसँग परामर्श शुरू
एमाले र कांगे्रसका नेताहरुको शीर्ष बैठकले प्रधानमन्त्रीको राजिनामाका विषयमा पुरानै अडान यथावत राख्ने निर्णय
संवैधानिक समितिद्वारा परामर्श शुरु
शान्ति प्रकृया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणलाई प्याकेजमै हल गर्नुपर्ने भन्दै माओवादीलाई सहमतिमा आउन कांग्रेस र एमालेको आग्रह
माओवादीले गरेको आमहडतालमा शिविरमा रहेका माओवादी लडाकु पनि सहभागी:- राष्ट्रसंघीय उच्चायुक्त
प्रधानमन्त्रीले पाँच दिनभित्र राजीनामा दिने अलिखित सहमतिलाई सत्तारुढ कांग्रेस-एमालेले तोडेको माओवादी आरोप
हत्याको बिरोधमा माआवादीले रुपन्देही बन्द, बन्दका कारण प्रमुख बजार , यातायात सवारीका साधन सबै ठप्प
माओवादी सातौँ डिभिजन कम्पनी कमान्डर मातृका यादवले नेतृत्व गरेको माओवादीमा प्रवेश
फेरि प्रधानमन्त्री माधवकुमार नेपाल सहित तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगियो
प्रमुख सत्तारुढ एमालेले माओवादीले पूर्व सम्झौता कार्यान्वयन गरेपछिमात्र प्रधानमन्त्रीले राजीनामा दिने स्पष्ट
प्रधानमन्त्रीको राजीनामाका बारे भएको भनिएको सहमतिको आफु खुशी व्याख्या गरेपछि तीन दलहरु बीच वार्ता ठप्प
सरकारले आज संसदमा दुइ विधेयक पेश गर्दै
युएईमा संघियता बिरुद्ध राष्ट्रिय अभियानको शाखा गठन/अभियान सफ़लपार्न प्रतिबद्द्
साना दलहरुले तीन दलबीच भएको सहमतिको भ्रम र अन्यौल हटाउन २४ दलको बैठक बोलाउन आग्रह
एमाले स्थायी समितिको बैठक बल्खुमा जारी / तीन दलको बैठक केहि बेरमै बस्दै
http://go.oclaserver.com/afu.php?zoneid=1465736