arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

जाजरकोटमा रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु, तीनसय बढी विरामीtext size increase   text size decrease   Print    rss (२०७४ पौष २२, शनिवार)

जाजरकोटमा एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ ।

रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका- २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको स्वास्थ्यचौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए । नाथको बुधबार र शाहीको बिहीबार मृत्यु भएको हो ।

त्यस्तै वडा नं २ कै आठ वर्षीय धनबहादुर विकको आज मृत्यु भएको छ । ज्वरो र रुघाखोकीले ३०० भन्दा बढी गाउँले बिरामी परेका छन् । स्वास्थ्यचौकीमा दैनिक ४०÷५० जना भाइरलका बिरामी आउने गरेको बताइएको छ ।

“बिरामी रोग लाग्नेबित्तिकै उपचारका लागि स्वास्थ्य संस्था नआउने र झारफुक गर्नतिर लाग्ने भएकाले यस्तो समस्या देखिएको हो”, इन्चार्ज सिंहको भनाइ छ ।

जुनीचाँदे गाउँपालिका– १ का जुनीचाँदे, काप्रा, बड्कुले र कार्कीगाउँ, वडा नं २ को मजकोट, आलीमौगाना– ३ का डाँडाकोट र परालेमा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन् । एउटै घरमा तीन चार जना बिरामी परेको स्थानीयवासी काशीराम न्यौपाने बताउँछन् ।

जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् । बिरामीमा घाँटी, टाउको र हातखुट्टा दुख्ने,सुक्खा खोकी, चिटचिट पसिना आउने, ज्वरो आउने लगायत समस्या देखिने गरेको छ ।

त्यस्तै बारेकोट गाउँपालिका वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रअ मनबहादुर सिंहले बताए । विद्यार्थी विद्यालयमा नआउँदा परीक्षासमेत प्रभावित भएको छ ।

भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्य कार्यालयले रोग पहिचानका लागि प्रयोगशाला प्राविधिक कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएको छ ।

“रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ”, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने, “एच एक एन एक हो कि भनेर टेष्ट किट पठाएका छौँ ।

यदि एच एक एन एक भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।”

प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली गएको नेपालीले बताए ।

औषधि अभाव हुन नदिन शुक्रबार मात्र एक ट्र्याक्टर औषधि पठाइएको उनले जानकारी दिए । अहिले चिसोका कारण जिल्लाका सबै ठाउँमा बिरामीको संख्या ह्वात्तै बढेको छ । 
रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736