arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो (भिडियो, तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिने युवायुवतीको जिल्ला प्रहरी कार्यालयमा घुइँचो लागेको छ ।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार म्यादी प्रहरीमा युवाको आकर्षण बढी देखिएको छ । अर्घाखाँचीमा बिहीबार सम्म तीन दिनमा ४०० जनाले भरेका छन् । भीडले जिल्ला प्रहरी कार्यालयको हाता भरिभराउ छ ।


आवेदन दिन स्थानिय निर्वाचन र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएका पनि आएका छन् । मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सूचनामा उल्लेख छ । म्यादी प्रहरीको भर्ना दरखास्त जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बुझाउन सकिने छ ।


आवेदनको अन्तिम दिन असोज ३० गतेसम्म जति आवेदन दर्ता हुन्छन, प्रक्रिया र विवरण पुगेकालाई छनोट परीक्षामा सहभागी गराइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै आवेदकको संख्या बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएस्पी एकनारायण कोइरालाले बताए ।


सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।


यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।

उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

Image result for जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा मतगणना जारी, बामगठबन्धन एमालेको अग्रता
अर्घाखाँचीमा बाम गठबन्धन प्रतिनिधि सभा उम्मेद्वार टोप बहादुर रायमाझी जीतको नजिक, विजयी जुलुश मनाउने तयारी (तस्बिर सहित)
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर १,२ को मतगणना जारी (तस्बिर सहित)
अर्घाखाँचीमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान (तस्बिर सहित)
अर्घाखाँचीमा प्रदेशसभाको मतगणना शुरु हुँदै
अर्घाखाँची वाङ्लाका मेघराज अधिकारीको युएईमा हृदयाघातका कारण निधन
अर्घाखाँचीमा मत गणना जारी, टोप बहादुर रायमाझीको ५२९७ मतले अग्रता
मतदाताले गरे छत्रदेव गाउँपालिकाको डिही-ठाँटीपोखरीको सफाई (तस्बिर सहित)
अर्घाखाँचीमा टोप बहादुर रायमाझीको २,९१७ मतले अग्रता
अर्घाखाँचीमा मत गणना जारी, टोप बहादुर रायमाझीको १७१७ मतले अग्रता
अर्घाखाँचीमा टोप बहादुर रायमाझीको ६८५ मतले अग्रता
अर्घाखाँचीमा कडा सुरक्षाका साथ मध्यरातबाट मतगणना शुरु (भिडियो-तस्बिर सहित)
वाङ्ला मथुरामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, १,२७२ मत खस्यो
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता अर्घाखाँचीका २ जनाको शब फेला
वाङलाको मथुरामा उच्च सुरक्षा सतर्कता साथ आज पुन: मतदान हुँदै, आज साँझ देखि मतगणना शुरु गरिने (भिडियो तस्बिर सहित)
वाङलाको मथुरा मतदान केन्द्रमा भाेली शनिबार पुन: निर्वाचन हुँदै, भोली देखि मतगणना शुरु गरिने
सन्धिखर्कमा एक युवाको करेन्ट लागेर मृत्यु
किमडाँडाको भलाडाँडामा बस दुर्घटना, ठूलो दुर्घटनाबाट जोगियो
अर्घामा अचेत अवस्थामा भेटिएका रामबहादुर बिकको भैरहवामा अस्पतालले उपचार गर्न नमानेपछि निधन (भिडियो सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736