arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो (भिडियो, तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिने युवायुवतीको जिल्ला प्रहरी कार्यालयमा घुइँचो लागेको छ ।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार म्यादी प्रहरीमा युवाको आकर्षण बढी देखिएको छ । अर्घाखाँचीमा बिहीबार सम्म तीन दिनमा ४०० जनाले भरेका छन् । भीडले जिल्ला प्रहरी कार्यालयको हाता भरिभराउ छ ।


आवेदन दिन स्थानिय निर्वाचन र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएका पनि आएका छन् । मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सूचनामा उल्लेख छ । म्यादी प्रहरीको भर्ना दरखास्त जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बुझाउन सकिने छ ।


आवेदनको अन्तिम दिन असोज ३० गतेसम्म जति आवेदन दर्ता हुन्छन, प्रक्रिया र विवरण पुगेकालाई छनोट परीक्षामा सहभागी गराइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै आवेदकको संख्या बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएस्पी एकनारायण कोइरालाले बताए ।


सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।


यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।

उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

Image result for जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
फोरमको दुई दिने मधेश बन्दका कारण अर्घाखाँची लगायतका जिल्लाहरु प्रभाबित
नेपाल रेडक्रस सोसाईटी उपशाखा गुल्मीको तेस्रो अधिवेशनमा ज्ञवाली निर्विरोध निर्वाचित
धारापानी गाविसका बासिन्दाले अठ्ठाईस वर्षपछि खानेपानी पाए - (तस्बिर सहित)
माओवादी भट्टराई सन्धिखर्कमा, सहमति सहर्काय र एकताले नै निकास पाउने भनाई
सिद्धारामा स्थानीय गाउँले र माओवादीले बनाए काठे पुल - (तस्बिर सहित)
सदरमुकाममा एक रोपनी जग्गाको मुल्य डेढ करोड भन्दा बढी
सिद्धारा गाविसस्थित एक वनमा लागेको आगो अझै नियन्त्रणमा आएन
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको जिल्ला अधिवेशन सम्पन्न
सन्धिखर्कमा जनआन्दोलन दिवस,सत्ता कब्जा गर्ने माओवादीको चेतावनी - (तस्बिर सहित)
सन्धिखर्कमा श्री १०८ पन्च्यान मन्दिर ब्यबस्थापना समितीको बैठक सम्पन्न
जनताको विरुद्धलागे राजालाई माओवादीले बाकी नराख्ने-सन्धिखर्कबाट प्राप्त थप समाचार
अर्घाखाँचीको सन्धिखर्कमा २१ औ ऐतीहासीक जनआन्दोलन दिबस मनाइदै
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
सिद्दारामा माओवादीद्दारा द्धन्दकालमा कव्जा गरिएको जग्गा फिर्ता, पिडीतद्धारा गुनासो
अर्घाखाँचीको ठाडामा ट्टिप्परको ठक्करवाट मोटरसाईकलमा सवार एक वृद्धको मृत्यु
अर्घाखाँचीका हरेक गाउँमा घरैपिच्छे विमा गर्नेहरुको सख्या बढदै
अर्घामा प्रहरीले ६० किलो सुगन्धवाला सोमेलता नामको जडीबुटी बरामद
नयाँ संविधान सम्बन्धी एमालेको अवधारणा विषयक कार्यक्रम सन्धिखर्कमा सम्पन्न
जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजनामा नेत्रहिन तालिम सुरु
ब्राम्हण समाज नेपाल अर्घाखाँचीको आयोजनामा पाणेना ब्राम्हणहरुको भेला सम्पन्न