arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो (भिडियो, तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिने युवायुवतीको जिल्ला प्रहरी कार्यालयमा घुइँचो लागेको छ ।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार म्यादी प्रहरीमा युवाको आकर्षण बढी देखिएको छ । अर्घाखाँचीमा बिहीबार सम्म तीन दिनमा ४०० जनाले भरेका छन् । भीडले जिल्ला प्रहरी कार्यालयको हाता भरिभराउ छ ।


आवेदन दिन स्थानिय निर्वाचन र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएका पनि आएका छन् । मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सूचनामा उल्लेख छ । म्यादी प्रहरीको भर्ना दरखास्त जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बुझाउन सकिने छ ।


आवेदनको अन्तिम दिन असोज ३० गतेसम्म जति आवेदन दर्ता हुन्छन, प्रक्रिया र विवरण पुगेकालाई छनोट परीक्षामा सहभागी गराइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै आवेदकको संख्या बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएस्पी एकनारायण कोइरालाले बताए ।


सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।


यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।

उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

Image result for जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
प्रसिद्ध मन्दिर अर्घा भगवती देबि मन्दिरको एतिहासिक चिनारी सार्वजनिक (भिडियो, तस्बिर सहित)
एमाले शितगंगा नगर कमिटीको आयोजनामा नगर स्तरीय कार्यकर्ता भेला ठाडामा सम्पन्न
शितगंगा सेवा समाजद्वारा बरे र सिद्दारामा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
मैदानका हरिप्रसाद भट्टराई सन्धिखर्कबाट बेपत्ता, प्रहरीले जंगलमा खोज्दै
भुमिकस्थान नगरपालिकाको ठुलाखर्कका टोलहरुमा पूर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न (तस्बिर)
एकीकृत ग्रामीण विकास समाज सन्धिखर्कको भगवतीमा स्थानीय सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाकाे धारापानीमा वार्ड स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्य दल र अनुगमन समिति गठन (तस्बिर सहित)
सन्धिखर्क ७ र ढिकुरामा निषेधित क्षेत्र घोषणा, यस्तो छ बाघ निषेधित क्षेत्र र समय
शीतगंगा नगरपालिकाको विक्रमसोतामा सिँचाइ अभावले धानबाली सुक्यो, दुई सय हाराहारी कृषक चिन्तित
अर्घाखाँचीमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुल्यो
अर्घाखाँचीका सरकारी कार्यालयमा हाजिरी छड्के जाँच गर्दा ६८ जना कर्मचारी अनुपस्थित भेटिए
युकेबाट अर्घाखाँचीका पहिरोपिडित परिवारलाई आर्थिक सहयोग
भुमिकास्थान नगरपालिकाको नुवाकोट चिदिचौरमा भलिवल प्रतियोगिता सम्पन्न
रातदिन सन्धिखर्क, खाचिकोट, ढिकुराका सबै जंगलमा एम्बुस थापेर बाघ खोजी कार्य जारी, गाउँलेहरु झाडी काटेर सरसफाई अभियानमा (तस्बिर सहित)
धातिवाङ्गका मृगौला पिडितद्धारा सहयोगको अपिल
छत्रदेव गाउपालिकाका ८ वटै वार्डमा नि:शुल्क स्वास्थ्य परिक्षण तथा अौषधी वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा शिक्षा क्षेत्रमा १ अर्व ९ करोड ७७ लाख रुपैयाँ विनियोजन
सन्धिखर्क, खाचिकोट, ढिकुराका सबै जंगलमा बाघ मार्न एम्बुस पोइन्ट खडा, यस्तो छ बाघ मार्ने रणनीति (तस्बिर- विवरण सहित)
अर्घाखाँचीमा गाउँ रित्तिदै जाँदा विधार्थी घटे, ११ बिधालयलाई गाभिने
बुटवलमा २१ बर्षिया युवती अपहरण गरी २ करोड फिरौती माग्ने अर्घाखाँचीका एक युवा पक्राउ