arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो (भिडियो, तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिने युवायुवतीको जिल्ला प्रहरी कार्यालयमा घुइँचो लागेको छ ।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार म्यादी प्रहरीमा युवाको आकर्षण बढी देखिएको छ । अर्घाखाँचीमा बिहीबार सम्म तीन दिनमा ४०० जनाले भरेका छन् । भीडले जिल्ला प्रहरी कार्यालयको हाता भरिभराउ छ ।


आवेदन दिन स्थानिय निर्वाचन र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएका पनि आएका छन् । मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सूचनामा उल्लेख छ । म्यादी प्रहरीको भर्ना दरखास्त जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बुझाउन सकिने छ ।


आवेदनको अन्तिम दिन असोज ३० गतेसम्म जति आवेदन दर्ता हुन्छन, प्रक्रिया र विवरण पुगेकालाई छनोट परीक्षामा सहभागी गराइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै आवेदकको संख्या बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएस्पी एकनारायण कोइरालाले बताए ।


सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।


यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।

उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

Image result for जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
विज्ञ सहित सेना, प्रहरीको टोलीद्वारा सन्धिखर्क, खाचिकोट, ढिकुराका जंगलमा बाघको खोजी कार्य जारी, बाख्रा राखी एम्बुस थापियो (तस्बिर सहित)
ठाडाको डमरु ताल प्रचारप्रसारको अभावमा ओझेलमा
मैदानको बहखोर बजार सफा राख्न सरसफाइ समिति गठन
पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्रको ११ औ अधिवेशन सन्धिखर्कमा सम्पन्न, अध्यक्षमा हरी खड्का निर्बाचित
छत्रदेव गाउँपालिकाका ८ वटै वार्डहरुमा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिने
शितगंगा नगरपालिकाको भेडामारेमा सुपा देउराली दर्शन गर्न आएकी एक महिलाको बसले किचेर मृत्यु
अर्घाखाँचीमा बाघ मार्न-नियन्त्रण गर्न चितवनबाट विषेश टाेली सन्धिखर्क आईपुग्यो, रातको समयमा पनि बाघको खोजी कार्य जारी राखिने
निर्माण ब्यबसायी संघ अर्घाखाँचीको साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुन: ऋषिराम अधिकारी
सन्धिखर्कमा रिपार्टर्स क्लबको साक्षात्कार कार्यक्रम, सुदर्शनद्वारा माओबादी केन्द्र एमालेमा बिलय भएको आरोप
खनदह सापडाडाँ बस दुर्घटनाका आठ जना गम्भिर घाइतेलाई काठमाण्डौ रिफर, ३७ जना घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा
मालारानी गाउँपालिकाको खनदह साबडाँडामा बस दुर्घट्ना, २ जना मृत्यु, ४६ जना घाईते (सम्पूर्ण विवरण सहित)
सन्धिखर्क फुदवाङकी एक महिला दसैं टिकाको दिन देखि बेपत्ता
अर्घामा पुर्णिमाको अवसरमा भव्य सराय मेला सम्पन्न (भिडियो-तस्बिर सहित)
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अर्घाको रानीगैरामा विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
अर्घाको मसुरपाटामा नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
खनको लुटिपोखरिमा दशैँ बिशेष बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न ( भिडियो - तस्बिर सहित)
मालारानी गाउँपालिकाको राँगामारे मेलाभरेर घर फर्कने क्रममा कुटपिट गरेर एक जना गम्भिर घाइते
मालारानी गाउँपालिकाको बागी आरुखोरमा फ्रेन्डस युथ एण्ड स्पोर्ट्स क्लबको वार्षिकोत्सव तथा बृहत सास्कृतिक सम्पन्न (तस्बिर सहित)
भुमिकास्थान नगरपालिकाकाे हिलेमा ट्याक्सी दुर्घटना, चालक सहित ४ जना घाईते
अर्घाखाँचीमा कृषि विकास कार्यालय कसको विकास गर्न लागेको छ ?