arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो (भिडियो, तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिने युवायुवतीको जिल्ला प्रहरी कार्यालयमा घुइँचो लागेको छ ।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार म्यादी प्रहरीमा युवाको आकर्षण बढी देखिएको छ । अर्घाखाँचीमा बिहीबार सम्म तीन दिनमा ४०० जनाले भरेका छन् । भीडले जिल्ला प्रहरी कार्यालयको हाता भरिभराउ छ ।


आवेदन दिन स्थानिय निर्वाचन र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएका पनि आएका छन् । मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सूचनामा उल्लेख छ । म्यादी प्रहरीको भर्ना दरखास्त जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बुझाउन सकिने छ ।


आवेदनको अन्तिम दिन असोज ३० गतेसम्म जति आवेदन दर्ता हुन्छन, प्रक्रिया र विवरण पुगेकालाई छनोट परीक्षामा सहभागी गराइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै आवेदकको संख्या बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएस्पी एकनारायण कोइरालाले बताए ।


सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।


यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।

उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

Image result for जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा मतदातालाई पैसा बाँड्ने प्रतिस्पर्धा शुरु
नेपाली सेनाको रामवाण गुल्मद्दारा खनमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न (तस्बिर सहित)
जलुकेको लामातालवासी मतदाताको गुनासो चुनावका बेला मात्रै नेता देख्न पाइन्छ- जताततै विकास भएपनि आफ्नो गाउँ ओझेलमा
अर्घाखाँचीका संवेदनशील क्षेत्रमा सुरक्षा कडा, सिद्धारा, जलुके, सिमलपानी लगायतका मतदातालाई निर्धक्क मतदान गर्न आउन आयुक्त ईश्वरीप्रसादको आग्रह
छत्रदेब गाउँपालिका ३ र ५ वार्डका बिभिन्न स्थानमा बाम गठबन्धनको चुनाबी सभा सम्पन्न, बामगठन्धनले दुई तिहाई बढी स्थानमा जित्ने बाम नेताहरुको दावी (तस्बिर सहित)
मालारानी बामरूक, खनदह र धारापानीको राईखन्ने खिलुमा राष्ट्रिय जनमोर्चाको चुनाबी सभा सम्पन्न
सन्धिखर्कको रेन्बो मन्टेश्वरी परिसरमा एक दिने निशुल्क दन्त शिबिर सम्पन्न
हंसपुरका १६ वर्ष देखि दाम्लोले बाँधेर राखिएका एक युवालाई आर्थिक तथा लत्ताकपडा सहयोग (तस्बिर सहित)
त्रिशुली नदीमा बस दुर्घट्नापछि अर्घाखाँचीका जनता शोकमा, राजनीतिक दलका नेता, कार्यकर्तालाई खुशीयाली
राष्ट्रिय जनमोर्चाको गोखुङ्गाको पात्ले, तल्लो हल्दे, उपल्लो हल्दे, देउराली खोला र देउराली बजार र पाणिनी गाउंपालिकाको सिम्लेमा चुनाबी सभा सम्पन्न
सन्धिखर्कमा पत्रकारहरुसँग छलफल, सामाजीक न्याय र समृद्धिमा जोड पर्ने डिल्लीराज खनालको भनाई
सन्धिखर्कमा जीपले ठक्कर दिदा २ वर्षिय बालक घाइते
अर्घातोषको चेकनी, पोखेडाँडा, लेडिकाटे, न्युरे, चिदिपानीमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनाबी सभा सम्पन्न (तस्बिर सहित)
त्रिशुली नदीमा खसेर दुर्घटना अर्घाखाँचीको बसका मृतक र घाइतेहरुको नामावली यस्तो छ ( घाइतेहरुको उपचार हुँदै गरेको अस्पतालको विवरण सहित)
सन्धिखर्कका बिभिन्न होटलहरुमा छापा, ५०० लिटर अबैध मदिरा बरामद गरि नष्ट (तस्बिर सहित)
सन्धिखर्कको कुडुले फाटमा परालमा आगलागी, नगरपालिकाका दमकल काममा आउन सकेनन् (भिडियो तस्बिर सहित)
काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुली नदी खस्दा मृत्‍यु हुनेको संख्या ८ पुग्यो, कयौ घाइते ( मृत्‍यु, घाइते हुनेको नामावली - तस्बिर सहित)
भगवतीको मुसामारे, मडेलचौर, ढिकुरा, भुस्कात, बाईगाउँमा बाम गठवन्धनको चुनावी सभा सम्पन्न, गठवन्धनले दुई तिहाई स्थानमा बिजय जित्ने चन्द्र खड्काको दावी (तस्बिर सहित)
खिल्जीको वेलवोटमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न (भिडियो-तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736