arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो (भिडियो, तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिने युवायुवतीको जिल्ला प्रहरी कार्यालयमा घुइँचो लागेको छ ।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार म्यादी प्रहरीमा युवाको आकर्षण बढी देखिएको छ । अर्घाखाँचीमा बिहीबार सम्म तीन दिनमा ४०० जनाले भरेका छन् । भीडले जिल्ला प्रहरी कार्यालयको हाता भरिभराउ छ ।


आवेदन दिन स्थानिय निर्वाचन र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएका पनि आएका छन् । मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सूचनामा उल्लेख छ । म्यादी प्रहरीको भर्ना दरखास्त जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बुझाउन सकिने छ ।


आवेदनको अन्तिम दिन असोज ३० गतेसम्म जति आवेदन दर्ता हुन्छन, प्रक्रिया र विवरण पुगेकालाई छनोट परीक्षामा सहभागी गराइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै आवेदकको संख्या बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएस्पी एकनारायण कोइरालाले बताए ।


सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने भएको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराउने भएको छ । निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।


यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ । सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि भएको छ ।

उता सरकारले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

Image result for जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पाणिनी बहुमखी क्याम्पस सन्धिखर्कमा शैक्षिक शुल्कबृद्धि गरेको बिरोधमा अनेरास्वबियुद्धारा कडा आपत्ती, शुल्कबृद्धि तत्काल फिर्ता लिन अखिलको माग (ज्ञापन पत्र सहित)
अर्घाखाँचीलाई सरसफाइको नमुना जिल्ला बनाउने पत्रकारहरुले सामुहिक प्रतिबद्धता (भिडियो तस्बिर सहित)
सन्धिखर्कको ओख्रे बिहारमा एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनाबी कार्यक्रमलाई तिब्रता दियो, धारापानीमा ठुलाखर्क,रातामाटा, फलामखिल्ली र असुरकोटमा जोगिटारी, बुदुनमारा, पौवा, थाम्कामा चुनावी सभा सम्पन्न
अर्घाखाँचीमा कार्तिक महिनामा १,२५० जनालाई नागरिकता प्रमाण-पत्र वितरण
शेर बहादुर बि.सीद्दारा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बाम गठबन्धनका उम्मेद्धार टोप बहादुर रायमाझीलाई मतदान गर्ने स्पष्ट (भिडियो सहित)
राष्ट्रिय जनमोर्चाको ढाकावाङ्गका राज्मे, फुलवारी, हाट र खिल्जीका खमारीबास, धारीचौर, डांडागाउं, वेल्बोटमा चुनाबी सभा सम्पन्न
सन्धिखर्कको मसाल बजारमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको चुनावी भेला सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोटमा सामाजीक स्वास्थ्य सुरक्षा विमा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
बाम गठबन्धनको चुनावी सभा मरेङ्ग र अर्घातोसको लामापोखरा, घडेरी, गहतेरा, छत्रदेब, गर्ता, कुबिण्डे, ढाडमा सम्पन्न
सन्धिखर्कको बिहारमा दुई युवाद्दारा विदेश जान छोडेर व्यावसायिक कुखुरा र हाँस पालन शुरु ( भिडियो रिपोर्ट,तस्बिर सहित )
अर्घाखाँचीका एक वृद्धको बुटवल बेलबासमा ट्रकको ठक्करबाट मृत्यु
सन्धिखर्क, तुमकोट, छापडाँडा, हटारीमा वाम गठबन्धनको चुनावी सभा सम्पन्न , निर्वाचन पछि मूलुकमा नयाँ युगको थालनी हुने टोप बहादुर रायमाझीको भनाई (भिडियो तस्बिर सहित )
वामगठबन्धनको खन, पँधेरा,बडाचौर देउराली, अँधेरीपोखरी, खनदह, खनार, साबडाँडामा चुनावी सभा सम्पन्न, बेरोगारीको अन्त्य र रोजगारीको ग्यारेन्टीको लागि वामगठबन्धन (तस्बिर सहित)
सानडेभा, खांचिकोटको गच्छेखोला र नुवाकोटको च्युरामाटीमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
सन्धिखर्कको कुरमा फेरि बाघले बालिका माथि अाक्रमण गर्‍यो (तस्बिर सहित)
सन्धिखर्कको गच्छेखोला बटुवामा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
खन र खनदहमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न, पार्टी परित्याग गरि दर्जनौ कांग्रेस कार्यकर्ता बाम गठबन्धनमा प्रबेश (तस्बिर सहित)
अर्घाखाँचीमा बाम गठबन्धनका उम्मेद्द्वारहरुलाई भ्याई नभ्याई, अाफु उपस्थित हुन नसकेपछि पत्र मार्फत सन्देश पठाए चेतनारायण आचार्यले (तस्बिर भिडियो सहित )
गाउँ - गाउँमा पैदल हिडेर भाेट माग्दै बाम गठबन्धन अर्घाखाँचीका उम्मेद्द्वार चेतनारायण आचार्य
http://go.oclaserver.com/afu.php?zoneid=1465736