arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश ५ को मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल नियुक्तtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन २, बुधवार)


 प्रदेश ५ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल बुधबार नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कान्तिपुरमा समाचार छ । 

उनलाई माओवादी केन्द्रका २० सांसदको समर्थन छ । प्रदेशका ८७ सांसदमध्ये एमालेका मात्र ४१ छन् ।

एकल बहुमत नभएकाले एमाले र माओवादी गठबन्धनले संयुक्त सरकार गठनका लागि आग्रह गर्दै माघ २८ गते प्रदेश प्रमुखसमक्ष पत्र दर्ता गरेका थिए । मुख्यमन्त्रीको सपथग्रहण भने बिहीबार सडक डिभिजन कार्यालय परिसरमा हुने प्रदेश प्रमुखको कार्यालय सचिव सनदकुमार दवाडीले बताए । डिभिजन कार्यालयमा आइतबारदेखि नै सुरक्षा र व्यवस्थापनको काम भइरहेको छ ।

मुख्यमन्त्रीमा नियुक्ति भएलगत्तै पोखरेलले बिहीबार नै ३ सदस्यीय मन्त्रिमण्डल गठन तयारी गरेका छन् । मन्त्रिमण्डलमा एमालेबाट नवलपरासीका बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसीको सम्भावना छ । चौधरीको टुंगो लागे पनि माओवादीको भने बुधबार साँझसम्म टुंगो लागेको छैन । संसदीय दलका नेता केसी आफैं जान खोजेपछि विवाद भएको छ ।

संसदीय समितिबाट टुंगो नलागेकाले प्रदेश इन्चार्ज वर्षमान पुन बुधबार नै बुटवल आउने कार्यक्रम थियो । तर आएनन् । बिहीबार बिहानसम्म मन्त्रीमा को जाने भन्ने टुंगो लगाउने केसीले बताए । ‘भोलि नै निधो हुन्छ,’ उनले भने, ‘दलकै नेता जाने सम्भावना पनि छ ।’ माओवादीले पहिलो चरणमा अर्थ र आन्तरिक मामिला मन्त्रालयमध्ये एकमा दाबी गरेको छ ।

मुख्यमन्त्रीको कार्यकक्ष चिटिक्क पारिएको छ । सपथलगत्तै ३ सदस्यीय मन्त्रिपरिषद बैठक बस्ने छ । त्यसपछि मुख्यमन्त्रीले बुटवलको दरबारमार्गस्थित ६ तले भूकम्प प्रतिरोधी भवनको पाँचौं तलामा पदबहाली गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्र काफ्लेले बताए । ‘हामीले मुख्यमन्त्रीको कार्यालय र कार्यकक्ष सबै तयारी सकेका छौं,’ उनले भने, ‘सुरुमा तीन सदस्यीय मन्त्रिमण्डलका बनाउने भन्ने तयारीअनुसार व्यवस्थापन गरिएको छ ।’

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पहिलो चरणमा तीन सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति भए पनि मन्त्रालयको टुंगो नलागेको बताए । ‘हामी अहिले पनि छलफलमै छौं,’ उनले भने, ‘सके आजै, नभए बिहीबार बिहानसम्म टुंग्याइने छ ।’ साँझसम्म एमाले संसदीय दलको बैठक जारी छ । कान्तिपुरमा समाचार छ । 

सभामुखमा घर्ती
मुख्यमन्त्री नियुक्तिसँगै प्रदेश ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । माओवादीबाट पूर्वी रुकुमको प्रदेश क बाट निर्वाचित घर्तीले बुधबार नै प्रदेश प्रमुख उमाकान्त झाबाट देश र जनताका नामबाट सपथ लिए । प्रदेश प्रमुख कार्यालयमै भएको सपथग्रहण कार्यक्रममा सांसद, सचिव, प्रदेश प्रमुखको कार्यालय, मन्त्रिपरिषद र मन्त्रालयका सचिव, जिल्लास्थित सरकारी कार्यालय प्रमुख, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति थियो । घर्तीले सपथ लिएलगत्तै संसद भवनमा पदवहाली गरेका छन् ।

घर्तीलाई बुधबार दिउसो १ बजे बसेको संसदको दोस्रो बैठकले निर्विरोध निर्वाचित गरेको थियो । सभामुखमा अन्य कसैको उम्मेदवारी नपरेकाले उनी संविधानको धारा १८२ को उपधारा २ अनुसार निर्विरोध भएका हुन् । प्रदेशसभा संचालन अन्तरिम कार्यविधि ०७४ को दफा ६ को उपदफा ३ अनुसार माओवादीको प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक ढकालको समर्थनमा बैठकका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्ती निर्वाचित भएको घोषणा गरेका थिए । बैठक १६ मिनेट चलेको थियो । कान्तिपुरमा समाचार छ । 

उपसभामुखको निर्वाचन फागुन ६ मा
संसदको फागुन ६ गते आइतबार बस्ने बैठकले उपसभामुखको निर्वाचन गर्ने सचिवालय सचिव सुरेन्द्र अर्यालले बताए । उपसभामुख भने नेकपा एमालेले बनाउने सहमति छ । एमालेबाट उपसभामुखमा बर्दियाकी कृष्णी थारुको चर्चा छ । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दाङमा हात्तीपाइले रोग विरुद्धको औषधी पढे लेखेका र जान्ने बुझ्नेहरुले नै खान नमान्ने
प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसले संसदमा छाँया सरकार बनाउने
दैलेखमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन
अब प्रदेश-६ को नाम कर्णाली, राजधानी सुर्खेत
ताप्लेजुङमा आठ वर्षदेखि अलपत्र तमोर नदीको मोटरेबल पुल निर्माणले बल्ल गति लियो
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने
नेपाल औषधि लिमिटेडद्दारा पुनः सन्चालनमा आएको ११ महिनामा बल्ल सिटामोल उत्पादन सुरु
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
http://go.oclaserver.com/afu.php?zoneid=1465736