बर्मामा आज उपनिर्वाचनको लागि मतदान (२०६८ चैत्र २१, आइतवार) बर्मामा आज उपचुनावको मतदान भइरहेको छ । ४५ सीटका लागि भएको उपचुनावमा प्रजातन्त्रबादी नेतृ आङसाङ सुकी पनि चुनावी मैदानमा रहेकोले यो उपचुनावलाई महत्वपूर्णका साथ हेरिएको छ । उनको पार्टी नेशनल लीग फर डेमोक्रेसीले मृतक ब्यक्तिको नाम मतदाताको सूचीमा रहेको र आफना समर्थकहरुमध्ये १ सय ब्यक्तिको नाम हटाइएको दाबी गर्दै चुनावको निष्पक्षतामा शंका गर्दै आएको छ । सुकीले बर्माको दक्षिण पश्चिम स्थित कावमु क्षेत्रबाट जित्ने सम्भावना रहेको बिश्लेषण गरिएको छ । बर्मामा सेना समर्थित सरकार सत्तामा आएको एक बर्षपछि उपचुनाव भएको हो । चुनाव सुपरीबेक्षणका लागि बिदेशी पर्यवेक्षकहरुलाई अवलोकनका लागि अनुमती दिईएको छ । यसका लागि आसियान,युरोपियन संघ लगायतका देशका पर्यबेक्षक बर्मा पुगीसकेका छन् ।