arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि जारी छ । ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ । 


 दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । 


संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय संसद र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन लागेको हो । प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्यसंख्या फरक छन् । दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै हुने हो । कान्तिपुरमा समाचार छ । 


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
स्थानीय दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी
स्थानीय दोस्रो चरणको निर्वाचनअन्तर्गत विभिन्न जिल्लाका स्थानीय तहहरुमा मतगणना
तीन वटा प्रदेशका सबै जिल्लामा निर्वाचन मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचन उत्साहजनक शन्तिपूर्ण रुपमा सम्पन्न, तीन वटा प्रदेशको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो
दोस्रो चरणको स्थानीय निर्वाचनको मतदान जारी
आज दोस्रो चरणको स्थानीय निर्वाचन
http://go.oclaserver.com/afu.php?zoneid=1465736