arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि दक्षिण कोरियाको जवाफी मिसाइल प्रहारtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ३०, शुक्रवार)

उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

उत्तरले गरेको परीक्षणको केही समयपश्चात् प्रतिक्रियास्वरुप दक्षिणले दुईओटा ह्युन्मू-२ नामक ब्यालेस्टिक मिसाइल निर्धारित् लक्ष्यमा सफलतापूर्वक प्रहार गरेको जोइन्ट चिफ्स अफ स्टाफको कार्यालयले बताएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रहार गरेको मिसाइल हावामै रहँदा दक्षिण कोरियाले प्रतिक्रियास्वरुप दुईओटा ब्यालेस्टिक मिसाइल पूर्वी सामुद्रिक द्वीपमा प्रहार गरेर कडा जवाफ दिएको बताएको छ ।

उक्त मिसाइल २५० किलोमिटर पार गरेर सफलतापूर्वक निर्धारित् लक्ष्यमा पुगेको उल्लेख छ ।

उत्तर कोरियाले शुक्रबार सुनान जिल्लाबाट जापानतिर दोस्रोपटक हानिएको मिसाइल ७७० किलोमिटरको उचाईसम्म पुगेको र झन्डै ३७०० किलोमिटर टाढा पुगेको दक्षिण कोरियाको सेनाले जनाएको छ । मिसाइल जापानको होकाइदो द्वीपलाई नाघेर गएको थियो ।

उत्तर कोरियाको परीक्षणलगत्तै जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तेजित बनाउने यस्तो कार्य उत्तर कोरियाले बन्द नगरे त्यसको दूष्परिणाम व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।

उनले यस्तो दुष्कार्य कुनै हालतमा पचाउन नसकिने भन्दै यही बाटो हिँडिरहे उत्तर कोरियाको भविष्य नरहने चेतावनी दिए । जापानले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

त्यस्तै, अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सनले उत्तरको यो कार्यप्रति चीन र रुसले सही जवाफ दिनुपर्ने बताएका छन् ।

दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपत्कालीन बैठक पनि बोलाएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप कडा नाकाबन्दी लगाएपछि जवाफमा यो परीक्षण गरेको बताइएको छ ।

सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाविरुद्ध थप नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको थियो ।

आफ्नो अर्थतन्त्रमै असर पार्नेगरी लगाइएको नाकाबन्दीको विरोधमा कडा जवाफ दिने उत्तर कोरियाले जनाएको थियो । नाकाबन्दीको प्रस्ताव गर्ने अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उत्तरले दिएको थियो ।

संयुक्त राष्ट्रसंघसहित विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले सन् २००६ देखि नै निरन्तररुपमा आणविक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । (एजेन्सी) 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
भियतनाममा भारी बर्षापछि आएको बाढीपहिरोमा परी ३७ जनाको मृत्यु
क्यालिफोर्नियामा भीषण डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
नयाँदिल्लीमा दिपावलीभर पटका विक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध
यमनमा हैजाबाट २ हजारभन्दा बढी बिरामीको मृत्यु
कीर्गिस्तानकाका उपप्रधानमन्त्रीको कार दुर्घटनामा परी निधन
अमेरिकाको एक भब्य कन्र्सटमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५८ भन्दा बढीको मृत्यु
भारतको मुम्बईस्थित एक रेलवे स्टेसनमा भागदौड मच्चिँदा कम्तीमा २२ जनाको मृत्यु
थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रालाई पाँच वर्षको जेल सजाय
भारतको झारखन्ड राज्यमा पटाका कारखानामा आगलागी, आठ जनाको मृत्यु
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर २४८ जनाभन्दा बढीको मृत्यु
लन्डनको दक्षिण-पश्चिम क्षेत्रमा भुमिगत रेलमार्ग विस्फोटमा १८ जना घाइते
हरियाणातर्फ जाने क्रममा यमुना नदीमा डुंगा पल्टियो, २० जनाको मृत्यु, कयौं बेपत्ता
नयाँदिल्लीको जीबी रोडस्थित देहव्यापार अखडामा भारतीय केन्द्रीय मन्त्री कै संलग्नता
इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा ३ हजार ९९ जना कैदीलाई जेलमुक्त
अमेरिकामा अर्धचेत बिरामीको रगत तान्न अस्वीकार गर्दा नर्सलाई पक्राउ गर्ने प्रहरीमाथि छानबिन सुरु
म्यानमारमा रोहिंज्या मुसलमानको एउटा गाउँमा ७ सयभन्दा धेरै घर जलाएर नष्ट
मुम्बईमा भारी वर्षाका कारण डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित
भारतीय आध्यात्मिक गुरू बलात्कारमा दोषी ठहरपछि हिंसामा मारिनेको संख्या ११ जना पुग्यो
यमनमा हवाई कारबाहीमा ४२ सर्वासाधारण मारिए
सिरियाली शहर राक्वामा गरिएको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु